प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङको झील्का लाग्न गई घाईते ।

२०७९-१२-०३

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका वडा न.५ बस्ने यज्ञ बहादुर बुढा की छोरी बर्ष १३ की जिबनज्योति मा. बि. रिम कक्षा ७ मा पढ्ने एमुना बुढा र त्रिबेणी गाउँपालिका वडा न.१ काभ्रा बस्ने ज्ञान बहादुर राम्जा की छोरी कपुरकोट गाउँपालिका वडा न.५ स्थित जिबनज्योति मा.बि. रिममा कक्षा ९ मा पढ्ने बर्ष १४ कि प्रतिभा राम्जा स्कुल बाट घर फर्क्ने क्रममा चट्याङ को झिल्का लागन् गई घाईते भई राप्ति प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा लगी उपचार भईरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।