प्रहरी कार्यालय
दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत न. ३६०६ को चेक अनादर मुद्धामा ३ महिना कैद र ३,०००/- ( अक्षरुपि तिन हजार ) जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चुबजार स्थित बस्ने बर्ष अन्दाजी २८ को सुरेन्द्र खत्रीलाई ईलाका प्रहरी कार्यालय छिन्चुवाट खटिएको २ जनाको प्रहरी टोलीले बजारमा हिडिरहेको अवस्थामा फेलापारी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानले कुटपिट सम्बन्धी मुद्धामा जनही ५ हजार जरिवाना र १० दिन कैद सजाय तोकिई फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका जिल्ला सल्यान शारदा नगरपालिका-१२ बस्ने बर्ष ५६ को भोला प्रसाद डाँगी र निजकै श्रीमती ऐ. बस्ने बर्ष ५२ की लक्ष्मी डाँगीलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ६ जनाको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई राखिएको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत न.३५९२ घरेलु हिंसा मुद्धाको रु १०,०००/- (दश हजार मात्र) जरिवाना र १००००/- (दश हजार) क्षतिपुर्ति तोकिएको फरार प्रतिबादी जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष ४२ की बसन्ती ढकाललाई निजको घर वतनबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ स्थित लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३७ को कमल मल्लको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल ४० मिलिग्राम सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-७ मेहलकुना बस्ने लागूऔषध ब्राउन सुगर मुद्दामा सम्मानित जिल्ला अदालत सुर्खेतको लागत न.३१४५/७८-०७९-०००४१ को फरार प्रतिवादी बर्ष अन्दाजी १९ को बिकास बादी लाई प्रहरी चौकी मेहलकुनाबाट खटिएको ४ जनाको प्रहरी टोलीले ऐ.ऐ.स्थित गोचेखोला गाउँमा फेला पारी नियन्त्रणमा लिई प्रहरी चौकी मेहलकुनामा ल्याई राखिएको ।
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लागत नं ११५४ को २ बर्ष ११ महिना ५ दिन कैद र १५,०००/- ( पन्ध्र हजार ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला रूकुम पश्चिम आठबिसकोट नगरपालिका-८ दाँजे बस्ने बर्ष ३३ को हरि बहादुर बुढालाई ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत रूकुम पश्चिम उपस्थित गराईएकोमा सम्मानित जिल्ला अदालतबाट कारागारको लागी पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ सहिदपार्क स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ. ऐ. बस्ने बर्ष २९ को लक्ष्मण भनिने तारा बि.क.लाई सम्मानित जिल्ला अदालत सुर्खेतको मिति २०७९/१२/२२ गतेको फैसलाले लगत नं ३६८४ बमोजिम लागूऔषध (ब्राउन सुगर) मुद्दामा ७ महिना ११ दिन कैद सजाय तोकिएको फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष ३५ की पुनम कोहरी बैंकिङ कसुर मुद्धा ( चालु मुद्धा) की फरार प्रतिवादि लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक पोईन्टमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगञ्ज देखि जाजरकोट तर्फ जादै गरेको बा.२ ख. १४०० न. को. फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको निम्न अनुसारको मालसामानहरु बरामद गरी गाडि गन्तब्य स्थान तर्फ छाडिएको । निम्न:- १)कुर्ता सुरुवाल-२३ पिस । २)अलादिन -१० पिस । ३) कुर्ति -१५ पिस । ४) धोति ८ पिस । ५) पेटिकोट रेडिमेट – १२ पिस । ६) सल – ६ पिस । ७) पाईन्ट – २ पिस । ८) टिसर्ट – १६ पिस । ९) साडी – ६ पिस ।१०) काचो कपडा थानको – ३ रोल ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगगां नगरपालिका-१० स्थित रत्न राजमार्ग सडक खण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा नेपालगञ्ज बाट जाजरकोट तर्फ जादै गरेको भे.१ज.५३५६ नं.को फोर्स गाडिमा बिल भरपाई नभएको १ कुइन्टल २५ के.जि. चामल र १ कुइन्टल ५० के.जि. चिनी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको गाडिलाई गन्तव्य स्थान तिर छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-११ रामघाट स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलिले सम्मानित सुर्खेत जिल्ला अदालको लागत नम्बर ३७४७को कैद सजाय १ बर्ष तोकिएको खाना खर्च मुद्दाको फरार प्रतिवादि ऐ. बस्ने बर्ष २९ को हरि नाराण सिंह ठकुरी लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक स्थित धुलायाबिट बाट बजार तर्फ आउदै गरेको भे.७ प. ७७४६ न. को मोटरसाईकलले ऐ. स्थित पिपिरा चोकमा रोकि राखेको क.प्र.०२०० प ४००४ न.को स्कुटर लाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष ४१ को धर्म राज सापकोटाको टाउको र छातीमा चोटलागी उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाऊ सुर्खेतमा लिई उपचारको क्रममा मोटरसाईकल चालक धर्म राज सापकोटाको मृत्यु भएको ।
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लगत नम्बर १५२/९१ मा ८ बर्ष ७ महिना कैद सजाय तोकिएका जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ७ साँख बस्ने बर्ष ४२ को हरिश चन्द्र पाण्डे हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका १६ लेटार भन्ने स्थानमा लुकीछिपी बस्दै आएको अवस्थामा निजलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिई गएको प्रहरीले तालुक जिल्ला प्रहरी कार्यालय घोराही दाङसंग समन्वय गरी पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा सम्मानित अदालतले निजलाई आजै कैद भुक्तानिको लागि जिल्ला कारागार कार्यालय रुकुम पश्चिममा पठाएको ।
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लागत न. १२३० को १८ बर्ष कैद र ८,००,०००/- ( आठलाख ) जरिवाना तोकिएको लागु औषध (अफिम) मुद्वाको फरार प्रतिवादी जिल्ला जाजरकोट नलगाड नगरपालिका-२ बस्ने बर्ष ३५ को टेक बहादुर रावललाई मुसिकोट नगरपालिका-१ खलंगा बजार स्थित लुकिछिपि हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी निजलाई सम्मानित रुकुम जिल्ला अदालत पश्चिममा उपस्थित गराई सम्मानित अदालतले निजलाई लागेको कैद सजाय र जरिवाना असुल उपरको लागि कैद भुक्तानको लागी जिल्ला कारागार रुकुम पश्चिममा पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला पुल स्थित रत्नराजमार्गमा नेपालगञ्जबाट दैलेख तर्फ आउदै गरेको क.प्र.०२००१च०३७०न.को फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा बिल नभएको अवैध २०० पोका (३६०० पिस) सुपर पावर सुर्ति बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको गाडि गन्तव्य स्थान तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-४ बराइचे भन्ने स्थानमा लागूऔषध कारोबार भईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको ७ जनाको प्रहरी टोलीले उक्त स्थानमा पुगी जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-४ बस्ने बर्ष अन्दाजी २७ को मोहन शाहीलाई चेकजाच गर्दा नापतौल गर्दा शुद्द तौल १८० मिलिग्राम रहेको लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको ८ जनाको प्रहरी टोलीले दाङ बाट जुम्ला तर्फ आउदै गरेको क १ ख १० न.को ट्रक चेक जांच गर्ने क्रममा उक्त ट्रक चालक जिल्ला दैलेख गुरासँ गाउँपालिका-३ बस्ने बर्ष २७ को हरि खत्री र सह-चालक ऐ.ऐ. बस्ने बर्ष २२ को टोप्रेन्द्र शाहि लाई शंका लागी चेकजाचं गर्दा ट्रक चालक बस्ने सिट माथि मिटर बोर्ड भित्र लुकाई छिपाई राखेको १ पुडिया (नापतौल गर्न बाँकी) अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख ०१०२ न.को फोर्स गाडिलाई चेक जाच गर्ने क्रममा उक्त फोर्स गाडी भित्र सवार जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने बर्ष २८ को युवराज अधिकारी लाई शंका लागी चेकजाच गर्दा निजले कम्मरमा बाधेको मनि पर्स भित्र लुकाई छिपाई राखेको ३ पोका, नापतौल गर्दा शुद्ध ११ ग्राम ७७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ बेवारे स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले सम्मानित सुर्खेत जिल्ला अदालतको लागत न. २४७६ को १ महिना ६ दिन कैद सजाय र रु. २०००० ( बिस हजार) जरिवाना तोकिएको ऐ. बस्ने बर्ष ३० को करण मछिमल चोरी मुद्दाको फरार प्रतिबादीलाई ऐ. स्थित घरबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक स्थित रहेको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलीरहेका निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नगद रु २,१९,९००/- ( दुई लाख उन्नाईस हजार नौ सय ), तास गड्डि थान-५, मोबाईल थान-१५ सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । निम्न मानिसहरू:- १) जिल्ला दैलेख दुल्लु नगरपालिका-७ बस्ने बर्ष अन्दाजी ४६ को दिनेश हमाल ।२) ऐ.ऐ. १३ बस्ने बर्ष अन्दाजी ३१ को जगत भण्डारी । ३) ऐ.ऐ. ६ बस्ने बर्ष अन्दाजी ४९ को थिर बहादुर खड्का । ४) ऐ.ऐ. ८ बस्ने बर्ष अन्दाजी ३४ को लक्ष्मण सिंह । ५) ऐ.ऐ. ८ बस्ने बर्ष अन्दाजी २५ को अमृत सिंह । ६) ऐ.ऐ. ६ बस्ने बर्ष अन्दाजी ३७ को शेर ब. खड्का ।७) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ३४ को सन्तोष थापा । ८) ऐ. डुङगेश्वर गाउँपालिका २ बस्ने बर्ष अन्दाजी २९ को नेत्र बिष्ट । ९ ऐ. भैरबि गाउँपालिका ५ बस्ने बस्ने बर्ष अन्दाजी ४६ को रत्न ब. थापा । १०) जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष अन्दाजी ४० को जनक ब. सुनार ।११) ऐ.ऐ.३ बस्ने बर्ष अन्दाजी ४० को ओम खड्का । १२) ऐ.ऐ.६ बस्ने बर्ष अन्दाजी ४८ को सरोज बराल । १३) ऐ.ऐ.४ बस्ने बर्ष अन्दाजी ३० को हर्क थापा ।
सुर्खेत, सम्मानित उच्च अदालत सुर्खेतको लागत न. २९९३ मा १ महिना कैद र रु.२०००/- , लागत न. ००१२३ मा ३ महिना कैद र रु.३०००/- लागत न. ००२३७ मा रु.२०००/-) जरीवाना तोकिएको चेक अनादर मुद्दाको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ४६ को धर्मराज सिंहलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको लागत नं १२५५को १ महिना कैद र ५,०००/- ( पाँच हजार ) जरिवाना तोकिएको कुटपिट तथा घरेलु हिंसा मुद्वाको फरार प्रतिवादी जिल्ला सल्यान दार्मा गाउँपालिका-५ बस्ने बर्ष ४०को टेक बहादुर के.सी.लाई मुसिकोट नगरपालिका-१ खलंगा बजार स्थित लुकिछिपि हिडि रहेको अबस्थामा निजलाई फेला पारी पक्राउ गरी सम्मानित रुकुम जिल्ला अदालत पश्चिमा उपस्थित गराई सम्मानित अदालतले निजलाई लागेको जरिवाना असुल गरी कैद भुक्तानको लागी जिल्ला कारागार रुकुम पश्चिममा पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-१३ बस्ने बर्ष १९ को सनिम सिरिषलाई शंका लागि चेकजाचँ गर्दा निजले मुख भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्द २ ग्राम ४२ मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको थप अनुसन्धान जारी रहेको ।
जुम्ला । जिल्ला जुम्ला पातारासि गाउँपालिका-५ बस्ने शक्त बुढाको श्रीमती बर्ष अन्दाजी ३५/४० की पन्मीकला बुढालाई ऐ.५ स्थित रहेको घट्टे खोला नजिकै घट्ट गएको अवस्थामा एक्कासी खोला उर्लेर आई खोलाले पन्मीकला बुढा , एक घट्ट र एक घर वगाई वेपत्ता भएको भनि रण ब.बुढाले टेलिफोन मार्फत प्रहरी चौकी डिल्लीचौर जुम्ला मा खवर हुनासाथ प्रहरी चौकी डिल्लिचौरबाट प्रहरी टोली खटिएको, अन्दाजी ५०० मिटर तल घट्टे खोलाको किनारमा लास पानिमै फेला परेको ।
रूकुम पश्चिम । जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ६ छिमि बस्ने बर्ष ४६/४७ को आसे बोहरा आफ्नो घर देखि अं.५००/७०० मिटर पश्चिम दक्षिण ऐ.६ झोडेनि डाँडा स्थित भिर नजिकै सडी गलेको जस्तो देखिने उत्तानो अवस्थामा मृत अवस्थामा फेला परेको, थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय आठबिसकोट बाट ७ जना प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट SOCO सहित ३ जनाको प्रहरी टोली खटि गएको । मृतक आसे बोहरा मिति २०८०।०४।२२ गते देखि हराई बेपत्ता रहेको ।
रूकुम पश्चिम , जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ भलक्चा बस्ने बर्ष ५९ को पिताराम नेपाली मिति २०८०।०४।१७ गते घर बाट निस्किएकोमा हालसम्म सम्पर्कमा नआएकोले आज मिति २०८०।०४।३२ गते १४:३० बजेको समयमा खोजतलास गर्दै जाँदा ऐ. स्थित सिस्नेखोलि जंगलमा मृत अबस्थामा सडिगलेको छ भनि मृतकको छोरा बर्ष ३० को बिशाल परियारले जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा जानकारी गराए पश्चात तत्काल उक्त स्थानमा प्रहरी चौकी सोलावाङ बाट ४ जनाको प्रहरी टोलि घटनास्थलमा खटि गएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट SOCO सहित ८ जनाको प्रहरी टोलि खटिगएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज देखि सुर्खेत तर्फ जादै गरेको भे.१ ख.३०४४ न.को फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको निम्न सामानहरु फेला पारी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडी लाई गन्तव्य स्थान तर्फ छाडिएको । निम्न सामानहरू:- १) चिनि अन्दाजी १ क्विन्टल २० के.जी, २) कोटपाईन्ट कपडा ९ पिस,३) कुर्ता सुरुवाल सेट १० पिस, कुर्ता २० पिस४) जाली वाला प्लाष्टिक बाटा २४ पिस ।
सल्यान, जिल्ला सल्यान त्रिबेणी गाउँपालिका वडा नं.-१ सल्लेरी स्थित सल्लेरी सामुदायिक वनमा नाम थर वतन नखुलेको वर्ष अ.५५।५६ को कालो पाईन्ट,कलेजी रङको टिसर्ट र कालो चप्पल लगाएको पुरुष व्यक्ती उत्तानो परि मृत अवस्थामा छ भनि ऐ.बस्ने स्थानिय रमेश घर्ती घाँस काट्न गएको समयमा देखी टेलिफोन मार्फत प्रहरी चौकी काभ्रामा खबर गरेपश्चात उक्त स्थानमा प्रहरी चौकी काभ्राबाट ४ जनाको प्रहरी टोली र थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट Soco सहित ६ जनाको प्रहरी टोली खटिई गएको ।
सुर्खेत, जिल्ला अदालत सुर्खेतको लगत न. ३७२० को चेक अनादर मुद्दामा जिल्ला अदालत सुर्खेतबाट १ वर्ष कैद तोकिएको फरार प्रतिबादि जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ ईत्राम बस्ने मनिराम शर्माको छोरा अन्दाजी वर्ष २३ को निर्देशन शर्मा लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले निजलाई वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ नयाँ गाउँ बस्ने बर्ष ५५को कालि बहादुर खत्री ऐ.४ सोलाबाङ बजार बाट घर तर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटो देखि अं. २०० मिटर तल खसि मृत्यु भएको भन्ने ऐ बस्ने स्थानिय ठान बहादुर के.सी. ले प्रहरि चौकि सोलाबाङ रूकुम पश्चिममा जानकारी गराउन साथ तत्काल उक्त चौकी बाट ३ जनाको प्रहरी टोली खटि घटनास्थलमा पुगी घटनास्थल सुरक्षित गरेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट SOCO सहित ८ जनाको प्रहरी टोली खटिगएको र १३:१० बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरि लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले तर्फ पठाईएको ।
हुम्ला, जिल्ला हुम्ला ताजाकोट गाउँपालिका वडा नंं.४ बस्ने भुमिनन्द ढकालको छोरा बर्ष २२ को कर्ण ढकाल ऐ.१६:००बजे पुनलोटे भिरमा घाँस काट्न गएकोमा सोही भिर बाट लडी भिरमै अड्की मृत्यू भएको भन्ने आफन्तले अस्थायी प्रहरी पोष्ट गोठलवाडामा जानकारी गराए पश्चात उक्त पोष्ट बाट ५ जनाको प्रहरी टोली खटी गएको ।
मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-७ चिप्लेगौडा स्थित सोरुकोट बाट सदरमुकाम गमगढि तर्फ आउदै गरेको ऐ.पिप बस्ने दिनेश बि.क.ले चलाएको ग १ ज ७७६२ नं.को बोलेरो जिप सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त गाडिमा सवार ९ जनामध्ये पाँच जनाको मृत्यु भएको र चार जना घाईते भएको र घाईतेको उपचार भईरहेको । निम्न घाइतेहरु:- १:-जिल्ला मुगु सोरु गाउँपालिका-६ बस्ने बर्ष अन्दाजी २५।२६ को शेर बहादुर रोकायको टाउको, हात, खुट्टामा चोट, अवस्था बोल्न सक्ने । २:-ऐ.७ बस्ने बर्ष २० को दिनेश लावड (चालक) को छाति, दाया खुट्टामा चोट ,अवस्था बोल्न सक्ने । ३:-ऐ.५ बस्ने बर्ष अन्दाजी ४५ को गोबिन्द शाही दाहिने आखा र खुट्टामा चोट, अवस्था बोल्न सक्ने । ४:-जिल्ला हुम्ला अदान्चुली गाउँपालिका-२ श्रीनगर बस्ने बर्ष अन्दाजी २२ को उजिर बोहरा कम्मर र आखामा चोट ,अवस्था बोल्न सक्ने ।मृतकको नामावली १) जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने बर्ष २२ को राम परियार घटना स्थलमा मृत्यु भएको लाश मुगु सिप स्वास्थ्य चौकीमा राखिएको । २) जिल्ला हुम्ला सिमिकोट गाउँपालिका-२ ठेह बस्ने बर्ष अन्दाजी २०/२२ को प्रकाश बोहोरा सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सोही स्थानमा रहेको ।३) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २० को राम परियार सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सिप स्वास्थ्य चौकी मा रहेको ४) जिल्ला हुम्ला खापुनाथ गाउँपालिका प्युस बस्ने बर्ष २०/२२को मिन परियार घटना स्थलमा मृत्यु लाश सिप स्वास्थ्य चौकीमा राखिएको । ५) सोरु गाउँपालिका-५ बस्ने बर्ष ३७ को लोकजंग नेपाली जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु लाश जिल्ला अस्पतालको शब गृहमा राखिएको ।
जुम्ला । जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै रहेको एक होटलमा खाजा खादै गरेको अवस्थामा ऐ.४ बस्ने बर्ष २४ को लुमन चौलागाई र ऐ.ऐ.४ बस्ने बर्ष २० को राजेश हमाललाई शंकास्पद रुपमा बसीरहेको अबस्थामा फेला पारी शंका लागी चेकजाँच गर्दा निज चौलागाईले लगाएको ट्रयाकको बाँया खल्तीमा लुकाई छिपाई राखेको लागु औषध चरेस जस्तो देखिने १८ मिलिग्राम फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।
जाजरकोट, जिल्ला जाजरकोट भेरी नगरपालिका-७ पुन्मा बस्ने वर्ष अन्दाजी ४७ को नरु चन्द ऐ.शिवालय गाउँपालिका-१ छेडाचौर बजारबाट घर तर्फ पैदल जाने क्रममा ऐ.छेडागाड नगरपालिका-१३ गारातारा स्थित सुर्खेत छिन्चु जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासी चिप्लीन गई भेरी नदिमा खसेको भन्ने खबर निजको छोरा बिक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरे पश्चात उक्त चौकिबाट ११ जनाको टोलि खटिगएको र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरीटोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोलि,चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोलि खटिगएको । हुलिया:- सेतो टी-सर्ट,निलो जिन्स पेन्ट,कालो जुत्ता लगाएको,शरिर पातलो जुँगा दाह्रि पालेको भेरी नदिमा खस्न गई वेपत्ता भएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ स्थित जुम्ला सडक खण्डमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध व्युरो सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका-७ बस्ने बर्ष २३ को इथान अनसारीलाई चेकजाचँ गर्दा लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध ३४० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. १६,५००/(स्रोह हजार पाँच सय ) सहित मानिस नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
मुगु, जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका वडा न.१४ बाम बस्ने बर्ष अन्दाजी ५५ को मन बहादुर बडुवाल च्याउ खोज्न जान्छु भनी ऐ.ऐ.स्थित घर देखि माथि रहेको बयभिर भन्ने जङ्गलमा गएको र निज घर फर्कि नआएकोले खोजतलास गर्दै जाने क्रममा निज मृत अवस्थामा फेला परेको छ भनि निजको भाइ नाता पर्ने ऐ.ऐ.बस्ने रतन बहादुर बडुवालले अस्थायि प्रहरी पोष्ट बाम मुगुमा जानकारी गराए पश्चात उक्त पोस्टबाट ५ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट ६ जनाको प्रहरी टोलि खटि गएको । घटना स्थल कार्य पुरा गरी लास पोष्टमाटम को लागी जिल्ला अस्पताल मुगु तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-१२ शुभाघाट बस्ने ईमानसिंह राजीको छोरा बर्ष २७ को राजेश राजी लगत न.३६५३ मिति २०७८।११।०८ गते सम्मानित जिल्ला अदालत सुर्खेतले लागूऔषध ब्राउन सुगर मुद्दामा ३ महिना कैद तोकेको फरार प्रतिवादिलाई ऐ. स्थित मेहलकुना बजार बाट ईलाका प्रहरी कार्यालय छिन्चुबाट र तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरि कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ रातोपुल स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सम्मानित सुर्खेत अदालतको लगत न. ३४४६ को १ वर्ष कैद सजाय तोकिएको वैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष ३९ की टिका वस्याल लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-५ स्थित ईलाका प्रहरी कार्यालय हिल्साबाट खटिएको ५ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा चाईना नाकाबाट नेपालको हिल्सा तर्फ ल्याउदै गर्ने क्रममा चेकजाँच गर्दा अन्य समान भित्र लुकाई छिपाई ल्याएको ६६ काटुन झीनि (रक्सी) र लाशा बियर ४ काटुन गरी अन्दाजी मुल्य ४,००,०००।- (चार लाख) बराबरको नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय हिल्साको नियन्त्रणमा राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ खोलिगाउँ स्थित जंगलमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने अस्थायि प्रहरी बिट लाटिकोईलीमा खबर भएपश्चात उक्त बिटबाट ३ जनाको प्रहरी टोली खटिगई ऐ.१२:३० बजे घटनास्थल पुगि बुज्दा जिल्ला बाँके जानकी गाउँपालिका घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढीमा सडकको काम गर्ने बर्ष १८/१९ को बिष्णु रैदास आज मिति २०८० ।०४।२४ गते विहान ०९:०० बजे आफु संगै काम गर्ने अन्य ८ जना साथिहरु संगै च्याउ टिप्न भनि गएकोमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा रहेको साथमा गएका मृतकका ८ जना साथिहरु घटनास्थलमा नै रहेको, थप अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ६ जनाको प्रहरी टोली खटिएको ।
सल्यान, जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -१ सल्ली बजार स्थित ऐ.बस्ने खिमलाल बस्नेतले संचालन गरेको बिकाश एग्रोभेटमा अबैध रूपमा मलखाद बिक्री बितरण भई रहेको भनि गोप्य सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बाट खटिएको सहायक प्रमुख जिल्ला अधिकारिको अनुगमन टोली र ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको ६ जनाको प्रहरी टोलीले उक्त एग्रोभेटमा चेकजाँच गर्दा निम्न अनुसारको अबैध मलखाद फेला पारी बरामद गरी ईलाकाप प्रहरी कार्यालय देवस्थल सल्यानमा ल्याई राखेको ।निम्न:१) युरिया मलखाद :- १६ बोरा२) डि.ए.पि. मलखाद:- ३ बोरा ३) पोटास:- ३३.५ के.जी
सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने दल ब.भण्डारीको छोरा वर्ष २३ को नबिन भण्डारी घरमा आमाबुवासँग बस्दै गरेकोमा एक्कासी शरिरमा देउता चढी आमाबुवा सुत्ने कोठामा गई वर्ष ४८ की शारदा भण्डारीलाई पैँयाको लठ्ठीले टाउकोमा हानि घटनास्थलमै मृत्यु भएको भनि ऐ.बस्ने स्थानिय ओपेन्द्र भण्डारीले ऐ.०६:०० बजे टेलिफोन मार्फत अस्थायी प्रहरी पोष्ट स्यानिखालमा खबर गरे पश्चात उक्त स्थानमा स्यानिखाल पोष्टबाट ४ जनाको प्रहरी टोली खटि गएको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट Soco सहित ६ जनाको प्रहरी टोली खटिई गएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने बर्ष अन्दाजी ४२ को केशव घर्तिको घरमा प्रहरी चौकि सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी टोलिले २(दुई) नाल भरूवा बन्दुक बरामद गरि निज केशब घर्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा ऐ. १३ सिडेनि बस्ने बर्ष अन्दाजी ४८ को जंग बहादुर राईको घरमा लुकाई छिपाई राखेको अवस्थामा थप १ नाल भरुवा बन्दुक फेला पारेको र निज जंग बहादुर राई बिगत १ बर्ष देखि घरमा नभएको भनि श्रीमति बर्ष अन्दाजी ४० की बिमला राईबाट बुझीन आएको घरमा अरू कोही नभएको, बिमला राईलाई भोलि उपस्थित हुने गरी जिम्मा लगाई छाडिएको ।
मिति २०८०।०४।२२ गते अं. १६:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका ५ सेरिगाउँ स्थित मुसिकोट खलंगा देखि सोलावाङ तर्फ जाने क्रममा मुसिकोट नगरपालिका ११ बस्ने बर्ष २१ को सन्तोष लम्सालले चलाएको रा.६ प ४८२१ नं. को २२० पल्सर मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन गई दुर्घटना हुन जाँदा घाईते भई निजलाई उपचारको लागि बागबजार स्थित रहेको मनकामना अस्पतालमा ल्याई उपचार भईरहेको, घाईतेको टाउको,अनुहार,जिब्रो काटिएको अवस्था सिरियस रहेको ।
मिति २०८०।०४।२२ गते १३:४० बजे जिल्ला कालिकोट खाडाचक्र नगरपालिका २ सुनार खोला बस्ने बर्ष अं.८१ की लाईशोभा जैसी ऐ.स्थित नैनामाण्डु कालमोड भन्ने स्थानमा गोरेटोबाटोबाट अं.२०० मिटर तल भिरमा अड्किएको अबस्थामा रहेको भनी ऐ.बस्ने बसन्त शाहीले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा (SOCO) सहित ५ जनाको टोली खटि गएको हेर्दा निज मृत अवस्थामा रहेको र मृतक महिला छोरी जवाई संग बस्दै आएको, छोराहरु नभएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ विजयनगर स्थित ऐ.१० बस्ने बर्ष १८ को आवेग भण्डारी र ऐ.७ बस्ने बर्ष १८ को निशान कठायतलाई शंकास्पद हिडीरहेको अबस्थामा फेला पारी चेकजाँच गर्दा निज कठायतले लगाएको सेतो सर्टको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ ३ पुडिया फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित पोस्टमा खटिएका ४ जनाको प्रहरी टोलिले नेपालगंज देखि छिन्चु तर्फ आउँदै गरेको बा.१६ च. २१२० नं. को कार चेकजाँच गर्दा कुनै पनि बिल नभएको निम्न कपडाहरु बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको । निम्न कपडाहरू:१. कुर्ता सुरुवाल – २४७ पिस । २. धोती – ३६ पिस । ३. तन्ना – ८ पिस ।४. थानको लुङ्गी– ५ रोल ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ बस्ने बर्ष २८ को भिमराज रावल, ऐ. बस्ने हिक्मत रावल र अमिर के.सी.को साथबाट जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले शंका लागी चेकजाँच गर्दा भिमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ १ पुरीया र ऐ.बस्ने हिक्मत रावल र अमिर के.सी. को घरमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट SOCO सहित खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा निज भिम रावलको घरको कोठामा ५०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र ५ ग्राम ४० मिलीग्राम चरेस जस्तो देखिने कालो पदार्थ र अमिर के.सि. को घरमा खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३५० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारी रित पुर्वक बरामद गरी निज हिक्मत रावल र भिमराज रावल प्रहरी नियन्त्रणमा रहेको र अमिर के.सी फरार रहेको खोजतलास कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट ऐ.२ बस्ने बर्ष २४ को तिर्थ रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले शंका लागी चेकजाचँ गर्दा निजको साथबाट नापतौल नगरेको १८ पुडिया (नापतौल गर्दा शुद्ध तौल ५८० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित फेला पारी मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित बुटवल बाट सुर्खेत तर्फ आउँदै गरेको क.प्र.०२-००१ ख ७०१ न. को बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको ७६ जोर कुर्ता सुरुवाल अन्दाजी मूल्य रु.१,१४०००/(अक्षररुपि एक लाख चौध हजार ) बराबरको बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको गाडी गन्तव्य तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-४ तोलीखोला पुल स्थित नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको ना ३ ख २६५४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको ७५ जोर कुर्ता सुरुवाल बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडि गन्तब्य तर्फ छाडिएको । उक्त बरामद गरेको सामानको अन्दाजी मुल्य रु.१,१२,०००/(अक्षररुपि एक लाख बाह्र हजार ) रहेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ जुगार्डपुल नजिकबाट लागूऔषध ( ब्राउन सुगर ) मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्ला को मिति २०७९।०१।२२ गतेको फैसला अनुसार ९ महिना १ दिन कैद र रु १००००(दश हजार) जरिवाना तोकिएको फरार प्रतिबादी ऐ ऐ बस्ने बर्ष २९ को डम्बर ध्वज खाणलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको लु.१.ज.३५७१ न.को फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको अवैध ३३ जोर कुर्ता सुरुवाल , ४ जोर लेडिज पाइन्ट वरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको । उक्त सामानको अन्दाजी मुल्य रु.४१,६००/- रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ जुम्ला रोड स्थित बराहाताल गाउँपालिका-२ बस्ने बर्ष ३१ को लिल ब.सुनारलाई लागूऔषध ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट १४ पुडिया (नापतौल गर्दा शुद्ध तौल २१० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पद्धार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१०तोलीखोला पुल स्थित नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००ख८१६नं.को फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट ड्युटीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको ३७ पोका सुपर पावर सुर्ति बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडि गन्तब्य तर्फ छडिएको ।
जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटबाट २ महिना कैद र रु १६६७।- जरीवाना तोकिएको अपराधिक उपद्रव मुद्दाको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिका-९ बस्ने वर्ष २५ को मिलन परियारलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय आठविसकोट रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले निजलाई निजकै घर वतन बाट नियन्त्रणमा लिई जिल्ला अदालत जाजरकोटमा पेश गरि आजै जिल्ला कारागार कार्यालय जाजरकोट चलान गरिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको भे८प६७६१ न.को मोटरसाईकल लाई ईलाका प्रहरि कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडि सवार जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष २१ को सागर के.सि.ले बोकेको लेदर झोलाको साईड गोजिमा लुकाएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मोटरसाईकल चालक जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष अन्दाजी २२ को सन्दिप गुरुङ सहित दुबै जनालाई नियन्त्रणमा लिएको । प्लाष्टिक सहित ६६० मिलिग्राम नापतौल गर्दा शुद्ध ४३० मिलिग्राम लागूऔषध रहेको ।
रूकुम पश्चिम, सबारी ज्यान मुद्दामा फरार रहेका जिल्ला बर्दिया बाँसगढी नगरपालिका ७ हरैया बस्ने बर्ष ३६ को जनतारे चौधरीलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिगएको प्रहरी टोलिले मुसिकोट नगरपालिका-१ खलंगाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्निममा राखिएको ।
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-५ स्थित ईलाका प्रहरी कार्यालय हिल्सा बाट खटिएको ५ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा चाईना नाका बाट नेपालको हिल्सा तर्फ ल्याउदै गरेको अवैध २० काटुन झीनि (रक्सी) अन्दाजि मुल्य १,६८,०००।–(एक लाख अठ्सठ्ठि हजार) बराबरको ६/७ जनाले बोकी आउने क्रममा प्रहरी गस्ति टोलीलाई देख्न साथ छाडी भागेको हुदा उक्त अबैध मदिरा नियन्त्रणमा लिई ईलाका प्रहरि कार्यालय हिल्साको नियन्त्रणमा लिई राखेको ।
हुम्ला, जिल्ला हुम्ला नाम्खा गाउँपालिका-५ स्थित ईलाका प्रहरी कार्यालय हिल्सा बाट खटिएको ६ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा चाईना नाका बाट नेपालको हिल्सा तर्फ ल्याउदै गर्ने क्रममा चेकजाच गर्दा अन्य सामान भित्र लुकाई छिपाई ल्याएको १० काटुन झीनि (रक्सी) अन्दाजी मुल्य ८४,०००।- बराबरको नियन्त्रणमा लिईएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगन्जबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०४२३न. को फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा कुनै पनि बिल भरपाई नभएको १८ पोका सुपर पावर सुर्ति बरामद गरी गाडिलाई गन्तब्य स्थान तर्फ पठाईएको ।
सल्यान, जिल्ला अदालत सल्यानबाट निम्न मुद्धामा जरिवाना तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ३ जनाको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यालनमा ल्याई राखेको आवश्यक कारवाहीको लागी जिल्ला अदालत सल्यानमा लैजाने पहल भईरहेको ।निम्न:- १) अभद्र व्यबहार मुद्धामा ५ हजार जरिवाना तोकिएको जिल्ला सल्यान शारदा नगरपालिका-१५ बस्ने वर्ष २१/२२ को करन वादी । २) लुटपाट मुद्धाको फरार प्रतिवादी ऐ.ऐ.५ बस्ने वर्ष ३५/३६ को राजेन्द्र बहादुर महतरा
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१४ राम्चे बस्ने बर्ष ४० को गोविन्द दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारी मानिस सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको ।