प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

सल्यान,

मिति २०८१।०२।२९ गते अन्दाजि १२:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका-१ श्रीनगर बजार बाट सल्यान जिल्ला अदालतको मिति २०७६।१०।१५ गतेको फैसला आदेशले दिन १५( पन्ध्र) कैद र रु १,८००।– (एक हजार आठ सय ) सजाय तोकिएको चोरी मुद्धाको फरार प्रतिवादी लगत नं.११३४ जिल्ला सल्यान छत्रश्वरी गाउपालिका-६ बस्ने बर्ष २८ को राजेन्द्र कुवरलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई आवश्यक कारवाहीको लागि सल्यान जिल्ला अदालत बुझाईएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।