प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतिको मृत्यु ।

२०८०-०८-२०

  • A
  • A-
  • A+
Share

सल्यान,

जिल्ला सल्यान सिद्द कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने बर्ष अन्दाजी ४० की सितला सार्कीलाई निजको श्रीमान बर्ष ४५ को डम्मर सार्कीले धारिलो हतियार बन्चरोले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनि स्थानियले प्रहरी चौकी ढोरचौर सल्यानमा खबर भए पश्चात उक्त प्रहरि चौकिबा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिई गएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट SOCO सहित ८ जनाको टोली खटिएको, मृतकको पति डम्मर सार्कीलाई अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।