प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु ।

२०७९-१२-०८

  • A
  • A-
  • A+
Share

दैलेख, जिल्ला दैलेख गुराँस गाउँपालिका-४ तालपोखरी स्थित सुर्खेत दैलेख सडक खण्डमा नेपालगंज बाट दैलेख तर्फ आउदै गरेको मनकामना ग्यासँ सिलेण्डर बोकेको भे.१क.२२०१ नम्बरको ट्रक एक्कासी माथिल्लो मोड बाट अ.१५० मिटर तल्लो  मोडमा खस्दा उक्त ट्रकमा सवार चालक सहित ३ जनाको घटना स्थलमा मृत्यु भएको,बाटो अवरोध भएको उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट घोडाबास बाट प्रहरी टोली खटि गएको र  प्रहरी चौकी रानिमताबाट प्रहरी सहायक निरीक्षक को कमाण्डमा  ५ जनाको टोलि खटिई गएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।