प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित १ जना पक्राउ

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०८ गते अं. १४:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएका ४ जनाको प्रहरी टोलीले जिल्ला कालिकोट सान्नीत्रिबेणी गाँउपालिका २ घर भई हाल वीरेन्द्रनगर नगरपालिका १२ तिनकुने बस्ने बर्ष २४ को प्रकाश बुढालाई वीरेन्द्रनगर नगरापालिका १० स्थित बजारमा हिडिरहेको अबस्थामा शंका लागी चेक जाँच गर्दा निजको साथ बाट शुद्व १०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद ४१७०/- ( चार हजार एक सय सत्तरी ) रुपैयाँ बरामद भएको थप अनुसन्धानको हिरासत राखी अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध रुपमा ल्याएको सामान बरामद।
२०७९-१०-२२

सुर्खेत, माघ २१ गते । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० टोलीखोला स्थित रत्न राजमार्गमा हाईवे चेकिङमा खटिएका १३ जना प्रहरीको डग टोली समेतले नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ख४०९८ नं. को फोर्स गाडीलाई चेक जाच गर्दा कुनैपनी बिल नभएको कुर्ता सुरुवाल ठुलो पिस ५९ अङ्किल मुल्य (८८,५००/-), कुर्ता सुरुवाल सानो पिस अङ्कित मुल्य (७,०००/-), र अन्य  विभिन्न कस्मेटिक सामानहरू अङ्कित मुल्य (५०,०००/-) (जम्मा :- १,४५,५००/-) बराबरको अबैध रुपमा ल्याएको सामान बरामद गरी सामान ईलाका प्रहरी कार्यालय को नियन्त्रणमा राखी गाडी गन्तव्य तर्फ छाडिएको छ ।