प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कार्पियो अनियन्त्रित भई पल्टिन जाँदा ३ जना घाईते।

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२६ गते अं. १८:२५ बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  २ बागचौर बाट थारमारे तर्फ आउदै गरेको लु. ३ च. ७८४ नं. को स्कारपियो जिप बागचौर बसपार्क नजिकै सडकमा अनियन्त्रित भई पल्टिन जाँदा उक्त जिपमा सवार ३ जना  घाईते भई स्थानिय जनप्रिय पोलिक्लिनिक थारमारे सल्यानमा उपचार भईरहेको ।

1=  जिल्ला सल्यान बागचौर न.पा. ४ सिमखोली बस्ने बर्ष २५ को दिपेन्द्र बस्नेत , भित्री चोट अबस्था मध्यम ।

2=  ऐ.३ ठाडाचौर बस्ने बर्ष २३ को प्रेम बि.सी. भित्री चोट अबस्था सामान्य ।

3=  ऐ.९ कुईया पानी बस्ने बर्ष २४ को प्रभाकर ओली , अबस्था सामान्य । 

सम्बन्धित समाचार
जिप दुर्घटना हुदा दुई जनाको मृत्यु, एक जना घाईते ।
२०८०-०६-०८

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा.१ च.१०२५ नं.को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष अन्दाजी ३५ को नारायण योगी सिरियस घाईते भएको, उक्त स्थानमा प्रहरी चौकी सल्यानबाट ८ जनाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय लुहामबाट ८ जनाको प्रहरी टोली खटिई गएको । मृतकहरुको नामावलीः-१)चालक जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका-१८ बस्ने बर्ष अन्दाजी २५।२६ को भक्त बहादुर घर्ती ।२) साहु ऐ.ऐ. बस्ने बर्ष अं.५१ को गणेश बुढा ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-०५

रूकुम पश्चिम, जिल्ला रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका वडा नं.५ बस्ने सवारी ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजी बर्ष ३३ को देवराज शाही र जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ९ बस्ने बर्ष अन्दाजी ३५ को टेकेन्द्र परियार मुसिकोट नगरपालिका वडा नं. १ खलंगा बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद, सजाय र जरिवाना अशुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा कारागार कार्यालय रुकुम पश्चिममा चलान गरेको ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०६-०५

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने बर्ष ३६ को झगेन्द्र भण्डारीको घरमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको ११ जनाको प्रहरी टोलीले सम्बन्धीत व्यक्तिको घरमा पुगी खानतलासी गर्दा निजले आफ्नै घरको माथिल्लो तलाको पुर्व पट्टिको कोठामा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक, पुरानो नाल थान १, नाल बनाउन प्रयोग हुने पाईप थान १, सट्गनको कार्टिज ५ राउण्ड, मध्ये २ वटा प्रयोग गरेको ,३ राउण्ड प्रयोग नगरेको, बारुद बनाउन प्रयोग हुने गन्धक अन्दाजी १ मुठि, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोलि जस्तो बनाएको फलामको टुक्रा १५ वटा क्यापमा प्रयोग हुने पट्का २० रोल र बारुद २ डिब्बा मध्ये (१ डिब्बाको आधा डिब्बा प्रयोग गरेको र अर्को डिब्वा मध्ये ४ भागको १ भाग बाँकी रहेको) बारुद रित पुर्बक बरामद गरी निज झगेन्द्र भण्डारी लाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई राखिएको ।