प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भेरी नदिमा पौडी खेल्ने क्रममा दुईजना वेपत्ता ,खोजी कार्य जारी ।

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

 सुर्खेत, २०७९।१०।२६ गते १३:३० । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-८ लोदे स्थित भेरी नदीको किनारमा पौडी खेल्ने क्रममा जिल्ला डोल्पा ठुलीभेरी नगरपालिका बस्ने बर्ष २२ को मकर रोकाय, वर्ष २१ को बि.बि. रोकाय, बेपत्ता भएको र  सोहि ठाउँ बस्ने वर्ष १८ को धर्मजित रोकाय सकुस  ईलाका प्रहरी कार्यालय छिन्छु आएर खबर गरे पश्चात प्रहरीद्धारा उक्त बेपत्ता भएका मानिसको खोजी कार्य भईराखेको  छ ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।