प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कुटीमा आगो लाग्दा मानिस घाईते

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

सुर्खेत बीरेन्द्रनगर नगरपालिका ७ लालुपाते चोक स्थित ऐ.बस्ने भक्त सोमईले बोतलमा पेट्रोल ल्याई आफ्नै स्कुटीमा राख्ने क्रममा निजको श्रीमती बर्ष ४० की लक्ष्मी सोमईले जलाएको अगरबत्ति लिई स्कुटि नजिकै आएकोमा एक्कासी आगलागी हुदा निज भक्त सोमईको दुबै हातमा जलेको र निजको श्रीमती लक्ष्मी सोमईको मुखमा जलि दुबै जना घाईते भई सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ तर्फ पठाएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।