प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अटो रिक्सा र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा १ जना घाईते ।

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०२ गते अं २०:३० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ९ पातिहाल्ने नजिक भित्री सडक खण्डमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौर बाट गुर्भाकोट नगरपालिका वडा नं. ५ पोख्रे तर्फ जाँदै गरेको क.प्र.०२ ०० १ प ५४३९ नं. को मोटरसाईकल र बिपरीत दिशा बाट आउदै गरेको क.प्र.२००१ ह ०३३६ नं. को अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष ६३ की डम्मर कुमारी वलीको वाँया खुट्टामा चोट मेहेलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको मोटरसाईकल प्रहरीको नियन्त्रणमा अटो घटनास्थलमा नै रहेको

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।