फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०४
- A
- A-
- A+
रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुकुम
पश्चिमबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा सादा पोशाकमा खटीएको प्रहरी टोलीले
सम्मानित अदालतबाट फैसला भई जरीवाना तोकिएको लागत असुल गर्नुपर्ने बहुबिबाह
मुद्दाको फरार प्रतिबादी फैसला मिति २०७२।०३।३१ गते लगत नं.७०२/४४० मा ५०००
रूपैयाँ जरीवाना र ११ महिना १३ दिन कैद तोकिएको जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-७
बस्ने बर्ष ३३/३४ को सुकलाल दमाईलाई आफ्नै घरमा बसेको अवस्थामा फेला पारी पक्राउ
गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याईएको छ।