प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.३२४० चेक अनादर मुद्धामा २ महिना कैद र रु २०००/-(दुई हजार मात्र) जरिवाना तोकीएको जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ बाबियाचौर बस्ने बर्ष २९ की सुनिता ढकाल फरार प्रतिबादी लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो शाखा सुर्खेत बाट खटिएका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेत मा लिई राखेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।