प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०८-२३

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० चौखेढुङगा स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.ऐ.४ बस्ने बर्ष २७ को निशान्त खत्री र ऐ.ऐ.बस्ने बर्ष २५ को राजन गिदेललाई खानतलासी गर्ने क्रममा निज राजन गिदेलको साथबाट लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नभएको १ पोका (नापतौल गर्दा तौल ५ ग्राम ५२ मिलिग्राम लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०८-१२

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली र लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला दैलेख गुरास गाउँपालिका-७ बस्ने बर्ष २२ को बखत बि.क. बाटोमा हिडिरहेको अवस्थामा शंका लागी चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २१ पुडिया नाप तौल गर्दा (१ ग्राम ९९० मिलिग्राम ) फेला पारी निज संगै साथमा रहेको ऐ.चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ बस्ने बर्ष ३६ को लोकेन्द्र थापालाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।