प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकलले ठक्कर दिंदा बालिका घाईते ।

२०७९-०९-३०

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।३० गते अं. १८:२० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.३ हिलेखाली चोक नजिक एरिचोक बाट टेम्पुपार्क तर्फ आउँदै गरेको भे. ७ प ५९९५ नं. को मोटरसाईकलले बाटो क्रस गर्न लागेको पैदल यात्री ऐ.ऐ. बस्ने लक्ष्मण देबकोटाको छोरी बर्ष ३ की प्रतिभा देबकोटा लाई ठक्कर दिँदा टाउकोमा चोट लागि घाईते भई कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको, उक्त स्थानमा टोली खटिगई मोटरसाईकल र मोटरसाईकल चालक ऐ.ऐ.बस्ने बर्ष ३५ को भिम शेर्पालीलाई नियन्त्रणमा आवश्यक कारवाही भईरहेको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।