अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन ।
२०८१-०२-३१
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०२।३० गते बिहान अन्दाजि ०८:३० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं. ५ कोटिहोम खोलाबाट प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधी, ठेक्काको शर्त विपरीत खोला जन्य पदार्थ ग्राबेल उत्खनन् गरिरहेको अवस्थामा लु. ४ त ७३७३ र भे १ त ७९२५ नम्वरका २ वटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय, बाबियाचौरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमा, पञ्चपुरी नगरपालीकाको कार्यालयबाट जरिवाना प्रति ट्याक्टर रु १०,०००/- (दस हजार) गरि जम्मा २ वटा टेक्टरको जरिवाना रु २०,०००/-(बीस हजार) बुझाई उल्लेखित ट्याक्टरहरुलाई ११:२५ बजेको समयमा छाडिएको ।