प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ मेहलकुना बजार स्थित ऐ.ऐ.बस्ने बर्ष २८ को प्रविन नेपाली लागूऔषध कारोबार गरी कोठामा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रविन नेपालीको साथबाट लागूऔषध व्राउन सुगर जस्तो देखिने रातो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित २.१२० मिलिग्राम शुद्द (नापतौल गर्दा ०.८४० मिलिग्राम)  सहित निजलाई नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।