प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेेको अवस्थामा ५ जना पक्राउ ।

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-६ बस्ने किशोर कुमार के.सी.को घरमा जुवा तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट  ७ जनाको प्रहरी टोली खटी गई निम्न स्थान बस्ने निम्न मानिसहरु लाई रु-२४,२८५ (चौबिस हजार दुई सय पचासी रुपैया ) र ३ गड्डी तास सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको।

 १) ऐ,ऐ-५ बस्ने वर्ष ४३ को धुव्र पुरी ।

 २) ऐ,ऐ बस्ने वर्ष ५३ को प्रकाश गुरुङ ।

 ३) ऐ,ऐबस्ने वर्ष ५७ को तप ब.राना ।

 ४) ऐ,ऐ-६ बस्ने वर्ष ४६ को खड्क ब.रावत ।

 ५) जि.दैलेख दुल्लु न.पा.११ घर भई हाल विरेन्द्रनगर नगरपालिका-३ बस्ने वर्ष ४६ को अमर भण्डारी ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।