प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डबल क्याप जिप दुर्घटना हुदा ३ जनाको मृत्यु ।

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडक खण्डमा ऐ.८चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको लु१ च ८४९८ नं.को डबल क्याप जिप सडकदेखी अं.१५० मिटर तल खसेको भनि ऐ.वडाका वडा अध्यक्ष दिप बहादुर शाहीले प्रहरी चौकी हाउडी कालिकोटमा जानकारी गराउनासाथ उक्त चौकीबाट ४ जनाको प्रहरी टोली खटिई गएको ।

मृत्यु हुने निम्न व्यक्तिहरू :

१.जिप चालक ऐ.२ भर्ता बस्ने बर्ष अंन्दाजी ३० को हर्के कामी ।

२.जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-८ बस्ने बर्ष ३१ को राम बहादुर शाही (साहु) ।

३. जिल्ला दैलेख नौमुले घर भई हाल  भे.१.क ६५५ न.को स्काईभेटर अप्रेटर बर्ष अन्दाजी २५ को गोपाल सलामी मगर ।

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।