प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी घाईते गर्ने व्यक्ति पक्राउ

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

जिल्ला दैलेख नारायण नगरपालिका-१ पुरानो बजार स्थित बस्ने बर्ष ३६को राज बहादुर सिंह घर अगाडि बसिरहको अबस्थामा बर्ष २२ को गौरब योगीले एक्कासी आई घाटी तिरको दाहिने भागमा धारिलो हतियार प्रहार गरि घाईते बनाई घाईतेको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतको लागी रिफर गरेको अवस्था सिरियस घारिलो हतिया प्रहार गर्ने गौरब योगी जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।