प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो जिपले ठक्कर दिँदा मानिस घाईते ।

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा नं. १ सल्लि बजार स्थित सल्लि-चौरजहारी सडक खण्डमा ऐ.ऐ. २ बस्ने बर्ष ३२ को चालक  दिपक पुन मगरले चलाई ऐ. सल्लि बाट बामे तर्फ जाँदै गरेको ना.१ ज. ८१०० नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा ऐ.ऐ. १ सल्लि बजार बस्ने बर्ष ५४ की पैदल यात्री सुशिला पुनलाई ठक्कर दिदा घाईते भई टाउको ,मुख, खुट्टामा चोट लागी औषधीउपचारको लागी एम्बुलेन्सद्धारा नेपालगंज बाँके तर्फ पठाईएको साथमा घाईतेको छोरा बर्ष २४ को लक्ष्मण पुन मगर र चालक गएको, अबस्था मध्यम बोल्न सक्ने जिप प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।