प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ राधाकृष्ण मन्दिर स्थित लागूऔषध  कारोबार भईरहेको अवस्थामा वीरेन्द्रचोक पिकेट डिउटिमा खटिएको २ जनाको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई नापतौल नगरेको ५ पुडिया( नापतौल गर्दा शुद्द २८० मिलिग्राम) रहेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको ।

१)जिल्ला सुर्खेत वी.न.पा. ५ बस्ने बर्ष २६ को अम्मर बि.क. ।

२)ऐ.ऐ. बस्ने बर्ष २२ को राजन के.सी.।

३)ऐ.ऐ. बस्ने बर्ष ३२ को ढकेन्द्र बि.क । 

सम्बन्धित समाचार
अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन ।
२०८१-०२-३१

सुर्खेत,मिति २०८१।०२।३० गते बिहान अन्दाजि ०८:३० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं. ५ कोटिहोम खोलाबाट प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधी, ठेक्काको शर्त विपरीत खोला जन्य पदार्थ ग्राबेल उत्खनन् गरिरहेको अवस्थामा लु. ४ त ७३७३ र भे १ त ७९२५ नम्वरका २ वटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय, बाबियाचौरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमा, पञ्चपुरी नगरपालीकाको कार्यालयबाट जरिवाना प्रति ट्याक्टर रु १०,०००/- (दस हजार) गरि जम्मा २ वटा टेक्टरको जरिवाना रु २०,०००/-(बीस हजार) बुझाई उल्लेखित ट्याक्टरहरुलाई ११:२५ बजेको समयमा छाडिएको ।

फरार प्रतिबादी प्रकाउ ।
२०८१-०२-२९

जुम्ला,मिति २०८१।०२।२९ गते अन्दाजि १२:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका-५ बस्ने लागत नं.४९४ मिति २०८०।०६।०९ गतेको फैसला भएका लागु औषध (ब्राउन सुगर) र लागत नं. ४६६ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्धाका फरार प्रतिवादी बर्ष ३२ को तेजेन्द्र भण्डारीलाई लागेको रु २५,५००।–जरिवाना हुने गरी फैसला भएको र जिल्ला जुम्ला गुठिचौर गाउपालिका-५ बस्ने लागत न.४६६ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्दाका फरार प्रतिबादी बर्ष २१ को भोटे भन्ने दन्द भण्डारीलाई रु.२५,०००।–जरिवाना हुने गरी फैसला भएको प्रतिबादी र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने लागत न.४५४ मिति २०८०।०३।२४ गतेको फैसलाले लागु औषध (चरेश ) मुद्धामा १ महिना ५ दिन कैद हुने गरी फैसला भएको फरार प्रतिवादी बर्ष ४२ को पदम बहादुर धरालालाई समेत प्रहरी चौकी झारज्वाला जुम्लाबाट खटि गएको प्रहरी टोलीले निजहरुको घर वतनबाट फेला पारी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाईएको ।

लागुऔषध सहित मानिस नियन्त्रण ।
२०८१-०२-२९

सुर्खेत,मिति २०८१।०२।२८ गते अन्दाजि १७:२० बजे जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-८ ईगरब्रिज स्कुल नजिकै गोप्य सुचनाको आधारमा अस्थाइ प्रहरी बिट बसपार्कको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कालिकोट तिलागुफा नगरपालिका-३ बस्ने बर्ष २७ को बिरेन्द्र शाहीलाई चेकजाँच गर्ने क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल गर्दा शुद्ध तौल १२० मिलिग्राम) फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।