प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ सम्बन्धी ।

२०७९-११-१९

  • A
  • A-
  • A+
Share

सम्मानित सुर्खेत जिल्ला अदालतको चोरी मुद्धामा ६ महिना कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ भगवती टोल बस्ने बर्ष ३० को समिर शर्मालाई तालुक कर्णाली प्रदेश ब्युरो शाखा, सुर्खेत बाट खटिएका प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित घण्टाघर चोक नजिक बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई राखिएको फैसला कार्यनवयनको लागी जिल्ला अदालत तर्फ पठाउने पहल भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।