प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-२१

   सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्नराजमार्गमा अस्थायी प्रहरी पोष्ट बबई र लागूऔषध ब्यूरो कर्णाली प्रदेशबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख ४११४ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ वस्ने वर्ष २२ को मदन वादी लाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट लुकाइ छिपाइ राखेको नाप तौल नगरेको लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया फेला पारी नियन्त्रण लिई  थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-१५

  सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि  आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

अवैध सामान वरामद ।
२०८०-१२-०७

सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक प्वाईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलिले निम्न सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याएको निम्न मालसामानहरु बरामद गरि उक्त पोष्टमा ल्याई राखीएको, सवारी साधनहरु लाई गन्तव्य तर्फ पठाईएको ।निम्नः- १) बा. ५ख ६२०६ नं. को फोर्स बाट चिनि १२५ के.जी.,  २) लु.२ख ५७ ८४ नं. को फोर्स बाट चिनि २५ के.जि. प्याज ३० के.जि., ३) ना. ३ख. ४२७५ नं. को फोर्स बाट चिनि ११० के.जि.,केराउ ३० के.जि., सुपर पावर ७५ पोका,४) भे.१ज. ९२१ जीप बाट चिनि ४० के.जि., सुपर पावर २५ पोका,५) ना.४ख. ४६३९ बस बाट कुर्ता सुरुवाल ११५ पिस,६) ना. ५ ख. ५६०८ फोर्स बाट प्याज १०० के.जि., ७) लु. २ख. ४९७८ हाईस बाट चिनि ७५ के.जि. । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-२५

सुर्खेत,    जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ ऐरि चोक स्थित लागूऔषध ब्युरो सुर्खेत बाट र  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बाके खजुरा गाउँपालिका-८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ ऐरीचोक स्थित पान पसल गरी बस्ने बर्ष ३१ को राज खान र ऐ. खजुरा ४ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ पान पसल गरी बस्ने बर्ष २१ को कलिङ खान लाई शंका लागी चेक जाँच गर्दा कलिङ खानको साथ बाट सेतो खैरो धुलो पदार्थ नापतौल गर्दा (तौल २ ग्राम ३३० मिलिग्राम ) ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल  र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१३

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा देखि गाग्रेताल जाने सड्क खण्डमा चन्द्रा ईन्जिनियरिङ वर्कसापको कामदारहरू बस्ने कोठामा ऐ.ऐ. बस्ने बर्ष २८ को प्रवेश सापकोटा, जिल्ला दैलेख भैरवी गाउँपालिका-३ बस्ने बर्ष १७ र ऐ.ऐ. बस्ने वर्ष १८ को बालकलाई लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकको थैला काटि प्याक गरी रहेको छन भन्ने सुचनाको आधारमा  प्रहरी चौकी सुब्बाकुनाबाट  खटिएको प्रहरी टोलीले निजहरुलाई चेक जाँच गर्ने क्रममा निजहरुले बनाई रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया (नापतौल गर्दा ७७० मिलिग्राम) बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-२४

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ स्थित बस्ने वर्ष अ.२३ की बिन्दु धिताल (मल्ल) र निजको श्रीमान बर्ष अ.२४ को योगेन्द्र मल्लले लागूऔषध (ब्राउन सुगर) सेवन गरी बिक्री बितरण गरि रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोशाकमा खटीएका  प्रहरी टोलीले निजहरुलाई ऐ. स्थान बाट फेला पारी रित पुर्वक खान तलासी गर्दा निजहरुको साथ बाट ३ (तिन) पुरिया र सेतो पलाष्टिक भित्र १ (एक) पुरिया गरि जम्मा ४ (चार) पुरिया (नापतौल गर्दा शुद्ध ६ ग्राम ६९ मिलिग्राम) लागूऔषध (ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारि दुबै जना लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।  

घरमा आगलागी हुदा २ जनाको मृत्यु ।
२०८०-१०-२२

मुगु, जिल्ला मुगु खत्याड गाउँपालिका-२ गाडेखोला बस्ने लाले संज्यालको श्रीमती बर्ष ३० की सरस्वती सन्ज्यालले आफ्नै घरको ३ तले ६ कोठे जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा एक्कासी आगलागी भई घरभित्र रहेका निजको छोरा बर्ष १४ को बिशाल संज्याल र छोरी बर्ष १२ की झरना संज्याल फेला नपरेको, ४ वटा गाई गोरुको मृत्यु भएको भनि स्थानियले प्रहरी चौकि खत्याडमा टेलिफोन मार्फत जानकारी गराए पश्चात उक्त चौकीबाट प्रहरी टोलि खटिई गई स्थानियहरुको सहयोगमा आगो पुर्ण रूपमा नियन्त्रणमा लिईएको र निज दुवै जना दाजु बहिनि आगोले जलि नचिनिने अवस्थामा फेला पारी घटनास्थलमै  डाक्टर टोलि लगी चेकजाच गर्दा मृत घोषणा गरी पोष्टमार्टम गरेको, मृतकको आमाले लाश बुझिलिएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-२१

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ जुगार्ड खोला सडक खण्डमा जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ छिनागाउँ बस्ने वर्ष १८ को शुबास थापा र ऐ.ऐ.१ बस्ने वर्ष १८ को टेगेन्द्र थ्याईतले लागुऔषध (चरेस) जस्तो देखीने कालो पदार्थ साथमा बोकी संकास्पद रुपमा हिडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीएको  प्रहरी टोलीले दुबै जनालाई रितपुर्वक खानतलासी गर्दा शुबास थापाले माथी तिर लगायको खैरो रंगको हुटको बायाँ हातको बाउलामा भयको गोजी भित्र लागूऔषध (चरेस) जस्तो देखिने सानो ३ (तिन) वटा डल्ला र टेकेन्द्र थ्याईतले तल लगायको कालो रंगको ट्राउजरको दाईने गोजि भित्र लागूऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ सानो १ (एक) वटा डल्ला फेला पारी दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-२१

सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित नेपालगन्ज बाट बोटेचौर सुर्खेत तर्फ आउदै गरेको बा ५ ख ७७०३ न. को फोर्स गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने गर्दा ऐ. गाडिमा सवार निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ७ पुडिया ( नाप तौल गर्दा शुद्द ६ ग्राम ३३ मिलि ग्राम)  बरामद गरी थप अनुसन्धानको लगी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखीएको, गाडी गन्तब्य तर्फ छाडिएको ।निम्नः १. जिल्ला सुर्खेत गुर्भाकोट न.पा. १० बस्ने बर्ष अ. २५ को यमराज गिरी । २. ऐ.ऐ. ८ बस्ने बर्ष अ. १८ को विबेक बि.क. । ३. ऐ.ऐ. बस्ने बर्ष अ. २५ को महेश के. सी. । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-०९

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे स्थित लागूऔषध व्युरो कर्णाली प्रदेश बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला झापा भद्रपुर ३ स्थायी घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने बर्ष १९ को अनमोल लामा घर नजिकैको बाटोमा हिडिरहेको अबस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथ बाट खैरो हिरोईन जस्तो देखिने २ पुडिया लागूऔषध फेला परेको र जिल्ला दैलेख नौमुले गाउँपालिका-५ स्थायी घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने बर्ष अन्दाजी १८ को निश्‍चल चन्द समेत लाई सोधपुछ गर्दा निजको घर बाट १ पोका लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ समेत फेला पारि (नापतौल गर्दा शुद्ध तौल २ ग्राम २६० मिलिग्राम ) सहित बरामद गरी निज दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-०७

जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.१४ साउनेपानी मोड स्थित सुर्खेत-दैलेख सडक खण्डमा सुर्खेतबाट दैलेख तर्फ जादै गरेको जिल्ला दैलेख नारायण नगरपालिका वडा ८ बस्ने बर्ष अन्दाजी ३३ को लक्ष्मण कुमार थापाले चलाएको बा.प्र. ०२-०१५ प ५८८३ नं. को मोटरसाईकलमा सोहि मोटरसाईकलमा पछाडी सवार ऐ.१ बस्ने बर्ष अन्दाजी २४ को प्रबिण तारामी समेत लाई अस्थायी प्रहरी पोष्ट, गोठिकाँडा सुर्खेतबाट खटिईएको प्रहरी टोलीले शंका लागि रोकी चेकजाँच गर्दा निज चालकको हेल्मेट भित्र लुकाई छिपाई राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ १७ पुरिया लागुऔषध (शुद्ध ११ ग्राम ४० मिलिग्राम ) फेला पारि निज दुबै जना, उक्त मोटरसाइकल र लागुऔषध समेत बरामद गरि जिल्ला प्रहरी कार्यालयमा, सुर्खेतमा पठाई थप अनुसन्धान भईरहेको ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-०७

 जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका वडा नं.५ स्थित अस्थायी प्रहरी पोष्ट, बबईबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट सल्लिबजार तर्फ जाँदै गरेको लु २ ख ६८६२ नं. को फोर्स गाडी लाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार गुर्भाकोट नगरपालिका वडा नं. ७ बस्ने बर्ष अन्दाजी वर्ष २५ को अबिसेक बादी संकास्पद मानी चेकजाँच गर्दा निजले लगाएको हुकको दाहिने साईडको गोजिमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नगरेको) १ पुरिया (शुद्ध ३२० मिलिग्राम) ब्राउन सुगर सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय, छिन्चु  पठाई आवश्यक अनुसन्धान भईरहेको ।

३ जना फरार प्रतिबादी पक्राउ सम्बन्धमा ।
२०८०-१०-०७

सम्मानित दैलेख जिल्ला अदालतको लागत नं. १२८२ मिति २०७९।११।१६ गतेको फैसलाले चेक अनादर मुद्धामा जरिवाना रू. २०००।- तोकिएका फरार प्रतिबादी जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं. ०४ बस्ने कपिल खनाल, लागत नं. १२२३ मिति २०७९।०५।१३ गतेको फैसलाले चेक अनादर मुद्धामा  जरिवाना रू ५००।– तोकिएका फरार प्रतिबादी जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं.०८ बस्ने हरिष खत्री र लागत नं. ६८८ मिति२०७१।०७।१९ गतेको फैसलाले कुटपिट मुद्धामा जरिवाना रु.१०।- तोकिएका फरार प्रतिबादी जिल्ला सल्यान कुमाख मालिका गाउँ पालिका वडा नं. ०४ बस्ने महेन्द्र नाथ योगि गरि ३ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट सादा पोसाकमा खटिएका प्रहरी टोलिले निजहरुलाई विभिन्न स्थान बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, दैलेखमा ल्याई सम्मानित जिल्ला अदालत दैलेखमा उपिस्थत गराई आवश्यक कारवाही भएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१०-०४

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ गैरी टोल स्थित लागुऔषध ब्राउनसुगरको कारोवार भइरहेको  भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध व्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर वडा नं. ४ गैरी टोल बस्ने बर्ष २२ को अभिशेक बस्याल ऐ.ऐ. बस्ने बर्ष १८ को अनिल बस्याल र ऐ.ऐ. बस्ने बर्ष १८ कि एलिना बस्याललाई चेक जाँच गर्ने क्रममा नापतौल गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्घ २ ग्राम २० मिलिग्राम बरामद गरि निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको, थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०९-२२

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने बर्ष ३२ को हिमाल कार्की र बर्ष २१ को डिल्ली कार्की संकास्पद अवस्थामा हिडिरहेकोमा निजहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ५ जनाको प्रहरी टोलीले रितपुर्वक खानतलासी गर्दा निज हिमाल कार्कीले लगाएको कालो ज्याकेटको बायाँ खल्तिमा लुकाई छिपाई राखेको सेतो प्लाष्टिकको टुक्राभित्र लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया बरामद गरी  तौल गर्दा शुद्ध २ ग्राम ९३० मिलि ग्राम रहेको, निज दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०९-१७

जुम्ला,जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ स्थित जिल्ला प्रशासन कार्यालय जुम्लाको गेट अगाडि रोड सड्क खण्डबाट चोरी मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको मिति २०८०।०२।२३ गते को फैसला अनुसार ५महिना ९दिन कैद र रु ५,२००।- जरिवाना तोकिएको फरार प्रतिबादी ऐ.ऐ.२ भण्डारीवाडा बस्ने खड्क बहादुर भण्डारीको छोरा बर्ष अन्दाजी १८ को पंकज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाँदा फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी  कार्यालय जुम्लामा ल्याई राखिएकोमा मिति २०८०।०९।१६ गते जिल्ला अदालत जुम्लाको आदेशले जिल्ला कारागार कार्यालय जुम्लामा पठाईएको ।  

मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यू ।
२०८०-०९-१७

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका-१ नाखिरा स्थति एयरपोर्ट बाट चौरजहारी बजार तर्फ आउदै गरेको जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १० बस्ने वर्ष २२ को बिनोद वलीले चलाएको कर्णाली प्रदेश ०२-००१ प ९०७४ न.को मोटरसाईकलले ठक्कर दिँदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते भई मिसन अस्पताल चौरजहारीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगञ्जको लागी रिफर गरी नर्सिङ होम नेपालगञ्जमा उपचार भईरहेको र १ जनाको उपचारको क्रममा मृत्यु भएको, चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय रूकुम पश्चिमको नियन्त्रणमा रहेको ।मृतकको नामावली१) जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालीका १ बस्ने बर्ष ४० को संगम प्रकाश गिरीको थप उपचारको लागी नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको घाईतेको नामावली१) ऐ.ऐ. बस्ने वर्ष ३२ कि निर्मला बुढाथोकी टाउको, दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने । २) ऐ.ऐ. बस्ने स्वीकृति गिरीको ९ महिनाको छोरा गौरव गिरी टाउकोमा चोट, अवस्था मध्यम । ३) मो.सा.पछाडी सवार चौरजहारी न.पा.१ बस्ने वर्ष १८ को खुलस्त गिरी दाहिने हातमा चोट, अवस्था सामान्य ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०९-१३

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ हरियालीटोल बाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने बर्ष अन्दाजी १९ को रोहित घिसिङ र निजको श्रीमति बर्ष अन्दाजी २६ की धना थापा घिसिङ बस्ने कोठा बाट नापतौल नगरेको २ पोका , १९ पुडिया र ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १९ को देबराज रोकायको कोठाबाट नापतौल नगरेको ९ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको ।  

सवारी दुर्घटना हुदा ५ जनाको मृत्यू, ९ जना घाईते ।
२०८०-०९-०५

रूकुम पश्चिम,जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१० पिरिकोट स्थित भित्री सडक खण्डमा आठबिसकोट नगरपालिकाकोको कार्यालय राडी बाट भुकम्प पिडितहरुको अस्थाई घर टहरा निर्माणको लागी जस्तापाता (राहत सामाग्री) लगी ऐ.८ घर्तिगाऊ तर्फ जादै गरेको चालक जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-०९ जाल्देन बस्ने बर्ष २१ को गोपाल बि.क. ले चलाई ल्याएको (आठबिसकोट नगरपालिकाको) रा १ त १४ नं.को ट्रयाक्टर राती अन्दाजी २२:१५ बजेको समयमा घुम्तिमा मोड्ने क्रममा एक्कासी दुर्घटना हुदाँ सडक देखी अन्दाजी ३० मिटर तलको मोडमा खस्न गई दुर्घटना हुदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते तथा मृत्यु भएको,मृतकको नामावली १. जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका -१० नाउला बस्ने बर्ष ४६ को लोक बहादुर शाही । २. ऐ.ऐ.बस्ने निज लोक बहादुर शाहीको श्रीमती बर्ष ४२ की चुकी शाही । ३. ऐ.ऐ. भईडाँडा बस्ने बर्ष ५२ को भद्र सार्की । ४. ऐ.ऐ.८ सार्कीवाडा बस्ने बर्ष ४८ को धनराम सार्की । ५. ऐ.ऐ.बस्ने बर्ष ४७ की निर्मला सार्की । घाईतेहरुको नामावली१. जिल्ला रुकुम पश्चिम आठबिसकोट न.पा-८ बस्ने बर्ष ४१ को खडक बहादुर पुन, ढाडमा चोट, अवस्था बोल्न सक्ने । २. ऐ.ऐ.१० बस्ने बर्ष ३८ को रमेश सार्की, वाँया हातमा चोट, अवस्था बोल्न सक्ने । ३. ऐ.ऐ.८ बस्ने बर्ष १४ को दल बहादुर पुन, दुबै हात र घाँटिमा चोट, अवस्था बोल्न सक्ने । ४. ऐ.ऐ.बस्ने बर्ष ५६ को कुमार घर्ती, ढाडमा चोट, अवस्था बोल्न सक्ने । ५. ऐ.ऐ.बस्ने बर्ष ३४ की रमा गुरुङ (सार्की), टाउको,ढाट र पेटमा चोट, अवस्था बोल्न सक्ने । ६. ऐ.ऐ.बस्ने बर्ष ५१ को जगविर सार्की, छाति र कोखामा भित्री चोट, अवस्था बोल्न सक्ने । ७. ऐ.ऐ.बस्ने बर्ष ३६ को जय बहादुर घर्ती, छाति र दुवै खुट्टामा चोट, अवस्था बोल्न सक्ने । ८. ऐ.ऐ.बस्ने बर्ष ५८ को मने सार्की, मुखबाट रगत बगिरहेको, अवस्था बोल्न सक्ने ।९. ऐ.ऐ.बस्ने बर्ष ४२ को मदन पुन, दुबै खुट्टामा चोट, अवस्था बोल्न सक्ने । घाईतेहरुको नगर अस्पताल आठबिसकोटमा उपचार भईरहेको साथै ट्रयाक्टर घटनास्थलमै रहेको, चालक प्रहरी नियन्त्रणमा रहेको ।

अवैध सामान वरामद ।
२०८०-०९-०५

सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१० तोलिखोला पुल स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलिले नेपालगन्ज देखी सुर्खेत तर्फ आउदै गरेको भे १ ख २६५४ न.को बसलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अबैध रूपमा ओसारपसार भई आएको  १) मिठासुपारी ६० प्याकेट, २) सुपर पावर सुर्ती ३०० प्याकेट, ३) पान मसला २५ प्याकेट, ४) रेडिमेट कुर्तासुरुवाल २७ पिस, ५) उलन कुर्तासुरुवाल ८ पिस, ६) पातलो कुर्तासुरुवाल १६० पिस ( जम्मा अन्दाजी मुल्य रू: २ लाख ३० हजार बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।

सवारी दुर्घटनामा एकजनाको मृत्यु ।
२०८०-०९-०१

सुर्खेत, सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ सुब्बाकुना बाट ३०० मिटर अगाडी सुर्खेत तर्फ सुर्खेत बाट नेपालगञ्ज तर्फ जादै गरेको युनाईटेड एजुकेशन एकेडेमी नेपालगंज उपमहानगर पालिका १२ बाँकेको शैक्षिक भ्रमणमा आएको भे १ क ११२२ न. को बसले बिपरित दिशा तर्फ आईरहेको भे ३ प ९७४० न.को मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिट बस्ने बर्ष २६ को मनोज सुनार को खुट्टा, टाउकोमा चोट लागी अवस्था सिरिय भई प्रदेश अस्पताल कालागाउ सुर्खेतमा पठाईएकोमा डाक्टरले मृत घोषण गरेको, बस चालक जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका- ८ त्रिभुवनचोक बस्ने बर्ष ५२ को रमेश बर्मा, बस र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०८-२०

सुर्खेत,जिल्ला सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१२ पदमपुर स्थित तालुक कर्णालि प्रदेश प्रहरी लागूऔषध ब्युरोबाट  खटिएको ५ जनाको प्रहरी टोलिले ऐ.बस्ने बर्ष २५ को ललित खत्रिको घरमा शंका लागी चेक जाँच गर्दा निज सुत्ने कोठाको खाट मुनि लुकाई छिपाई राखेको ४ पुरिया र सँगै रहेको ऐ.बस्ने बर्ष ३२ को बिकाश खड्काको साथबाट १ पुरिया गरी जम्मा ५ पुरिया (नापतौल गर्दा शुद्ध ७ ग्राम ६८० मिलिग्राम) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी माथि उल्लेखित २ जना ब्यक्ती सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको  बरामद ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०८-२०

जुम्ला,जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बिजयनगर स्थित नेपाल टेलिकमको कार्यालय पछाडी ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २८ को शिशिर महतले लागुऔषध सेवन गरी हो-हल्ला गरीरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालु जुम्लाबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलिले निज महतको घ रवतनमा गई निजको शरीर र घरमा रितपुर्वक खानतलासी गर्दा निजले धुने भनि राखेको खैरो रङको सटको बाँया तर्फको खल्ती ( गोजी ) मा लागु औषध (ब्राउन सुगर र गाँजा) जस्तो पदार्थ लुकाई छिपाई राखेको अबस्थामा १ पुडिया बरामद गरी मानिस सहित जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।  

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतिको मृत्यु ।
२०८०-०८-२०

सल्यान, जिल्ला सल्यान सिद्द कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने बर्ष अन्दाजी ४० की सितला सार्कीलाई निजको श्रीमान बर्ष ४५ को डम्मर सार्कीले धारिलो हतियार बन्चरोले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनि स्थानियले प्रहरी चौकी ढोरचौर सल्यानमा खबर भए पश्चात उक्त प्रहरि चौकिबा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिई गएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट SOCO सहित ८ जनाको टोली खटिएको, मृतकको पति डम्मर सार्कीलाई अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०८-११

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ स्थित बिजयनगर नजिकै जिल्ला जुम्ला तातोपानि गाउँपालिका वडा न.१ बस्ने बर्ष २४ को दिपक कठायत र ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ को हेमराज रावल शंकास्पद रुपमा वसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादापोशाकमा खटिईएको प्रहरी टोलीले निज हरुलाई खानतलासी गर्दा, दिपक कठायत ले लगाएको खैरो निलो ज्याकेट को दाहिने तर्फ को पकेट बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया फेला पारी बरामद गरी ,माथि उल्लेखित दुबै जनालाई नियन्त्रणमा लिई ,जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको, उक्त लागूऔषध नाप तौल गर्दा शुद्ध ६० मिलिग्राम भएको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०७-३०

जुम्ला,  जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ स्थित जुम्ला गुठीचौर गाउँपालिका-३ बस्ने बर्ष १९ को तपेन्द्र बुढथापा ले लागूऔषध बिक्री बितरण तथा साथमा बोकी हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको  प्रहरी टोलीले निज लाई नियन्त्रण मा लिने क्रममा निज को साथमा भएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने पलाष्टिक मा बेरेको चिज एक्कासी आफ्नो मुखमा हाली निलेको अबस्थामा तत्काल निज लाई प्रहरी टोली ले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला मा लिई उपचार गराउने क्रममा ऐ ऐ १७ : ५० बजे बजेको समयमा निजले बान्ता गर्दा निज को मुख बाट प्लाष्टिक ले बेरेको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ पुरिया निस्केको हुदा उक्त लागूऔषध जस्तो देखिने पदार्थ बरामद गरी निज तपेन्द्र बुढथापा लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।

अवैध सामान वरामद ।
२०८०-०७-१८

सुर्खेत,  जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ बाबियाचौर स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ५ जनाको प्रहरी टोलीले सदरमुकामबाट बिजौरा तर्फ जादै गरेको क.प्र.०२००१ क.०१०९ नं. को मिनिट्रक लाई चेकजाचँ गर्दा कुनै पनि बिल नभएको चिनी ८ क्वीन्टल ५० के.जी. अन्दाजी मुल्य रु. १,०५,४००-/ (अक्षरुपी एक लाख पाँच हजार चार सय मात्र ) र सुपर पावर सुर्ती २६२८ पोका अन्दाजी मुल्य रु.३९,४२०-/ (अक्षरुपी उनान्चालिस हजार चार सय बीस मात्र) बराबरको अन्य खुद्रा सामानको मुल्य नखुलेको मिनिट्रक र चालक जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष २३ को जिवन सापकोटा , सामान बिक्रि गर्ने ऐ.ऐ.बस्ने बर्ष २५ को यामलाल आचार्य र ऐ.ऐ. बस्ने बर्ष १७ को देबराज रावत लाई नियन्त्रणमा राखिएको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०७-१७

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ महतगाउँ स्थित ऐ. ऐ. बस्ने बर्ष २० को लक्ष्मण बम, ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ वर्षको कपिल महत र ऐ. ऐ. १० बस्ने बर्ष ४० को प्रकाश न्यौपाने सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लक्ष्मण बम को कालो झोला भित्र रहेको निज ले लगाउने सर्ट को बायाँ खल्तीमा हरियो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा ४० मिलिग्राम शुद्ध) पुरिया र प्रकाश न्यौपाने को कालो झोलामा हरियो प्लाष्टिक भित्र ३० वटा nitrazepam लेखेको औषधि जस्तो ट्याब्लेट फेला पारी रितपुर्वक बरामद गरी मानिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई आवश्यक अनुसन्धान भईरहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०७-१३

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा देखि गाग्रेताल जाने सड्क खण्डमा चन्द्रा ईन्जिनियरिङ वर्कसापको कामदारहरू बस्ने कोठामा ऐ.ऐ. बस्ने बर्ष २८ को प्रवेश सापकोटा, जिल्ला दैलेख भैरवी गाउँपालिका-३ बस्ने बर्ष १७ र ऐ.ऐ. बस्ने वर्ष १८ को बालकलाई लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकको थैला काटि प्याक गरी रहेको छन भन्ने सुचनाको आधारमा  प्रहरी चौकी सुब्बाकुनाबाट  खटिएको प्रहरी टोलीले निजहरुलाई चेक जाँच गर्ने क्रममा निजहरुले बनाई रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया (नापतौल गर्दा ७७० मिलिग्राम) बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०७-०९

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ गुरुङचोक स्थित ऐ. बस्ने बर्ष २० को अमर देसुवाको घरमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध व्युरोबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा अमर देसुवाको साथबाट २ पुडिया र निज संगै बसेको ऐ. बस्ने बर्ष १८ को निशान भन्ने निर्भिस थापा मगरको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको जम्मा ५ पुडिया लागूऔषध बरामद गरी उल्लेखित २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको, उक्त लागूऔषध नापतौल गर्दा शुद्द ९८० मिलीग्राम रहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-०२

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० तोलीखोला स्थित पुलमा ईलाका प्रहरी कार्यालय, छिन्चुको प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको भे. ७ प. ८८९७ न. को मोटर साइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटर साइकल चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-७, ईत्राम बस्ने बर्ष अन्दाजी १७ को राकेश दाहालको माथि लगाएको ज्याकेटको पाकेटमा सेतो कागज भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको ९ ( नौ ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सेतो प्लाष्टिक भित्र धुलो पद्धार्थ सहित पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १७ को निर्मल बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०७-०१

सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -४ बबई स्थित अस्थायी प्रहरी बिट बबईको चेक पोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे. १३ प. २६९७ न. को स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा स्कुटी चालक जिल्ला जाजरकोट बारेकोट गाउँपालिका-९ बस्ने बर्ष अ. २५ को कमल गौतम र पछाडि सवार ऐ. नलगाड नगरपालिका-७ बस्ने बर्ष २१ को महेन्द्र वलीले पछाडि बोकेको ल्यादरको झोला भित्र रहेको सेतो कलरको बक्स पाईन्टको दाँहिने पट्टिको गोजिमा सेतो कागज भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको ४ ( चार ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०६-१६

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-८ खजुरा स्थित ऐ. बस्ने बर्ष ५५ की बालसरा कार्किको घरमा तालुक कर्णाली प्रदेश सुर्खेत लागु औषध ब्युरोबाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा निज बालसरा कार्कि सुत्ने कोठामा राखेको लेडिज ब्यागबाट नापतौल गर्दा शुद्ध तौल ४४० मिलिग्राम रहेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नगद रु.२१९०००/- (दुई लाख उन्नाईस हजार ), सानो डिजिटल तराजु थान-१ र निज बालसरा कार्कि, निजको छोरा बर्ष १८ को परमेश्वर कार्कि सहित जम्मा २ जना नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०६-१५

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगर टोलस्थित लागु औषध ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २२ को होम बहादुर थापा र ऐ. बस्ने मदन बुढा थापा निज मदन बुढाथापाको घरमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा शुद्ध  तौल ३९० मिलिग्राम बरामद गरी होम ब. थापालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको, मदन बुढा थापा भागी फरार रहेको खोजतलास कार्य भईरहेको ।

६ वर्षीय बालकलाई ठक्कर दिई फरार रहेको व्यक्ति मोटरसाईकल सहित पक्राउ ।
२०८०-०६-१४

मिती २०८०।०६।१३ गते ८:३५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ भैरवस्थान स्थित आमाको भान्साघर अगाडी ऐरिचोकबाट मूलपानी तर्फ जादै गरेको तत्काल नं. नखुलेको मोटरसाईकलले पैदलयात्री जिल्ला दैलेख आठबिस नगरपालिका वडा नं-६ खिड्कीजिउला स्थायी वतन भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.४ बस्ने वर्ष ६ को टेक दर्शन पुरीलाई एक्कासी ठक्कर दिई सख्त घाईते बनाई मोटरसाईकल सहित फरार रहेको र निज घाईतेलाई तत्काल उपचारको लागी कर्णाली केयर अस्पतालमा लगेकोमा उपचारकै क्रममा ८:४५ बजे अस्पतालले मृत घोषणा गरेको । उक्त घटनाको जानकारी हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमाण्डमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय समेतको टोली परिचालित भई तदारूकताका साथ फरार व्यक्ति र मोटरसाईकलको खोजतलास गर्दै जाँदा आज मिती २०८०।०६।१४ गते १७:३० बजेको समयमा गुर्भाकोट नगरपालिका वडा नं. १४ भर्लेनी भन्ने गाउँमा आफ्नै घरमा दुर्घटना गरेको मोटरसाईकल लुकाई आफुसमेत लुकिछिपी बसेको अवस्थामा वर्ष ३१ को अर्जुन पुन र निजले दुर्घटना गराएको SUZUKI कम्पनीको प्रदेश ३ -०२००२ प ९२०३ नं. को मोटरसाईकललाई प्रहरी टोलीले फेला पारी पक्राउ गर्न सफल भएको । निज फरार अभियुक्तलाई मोटरसाईकल सहित थप अनुसन्धान र कानूनी कारवाहिका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याईएको ।

नगद पैसा, सुन र मोबाईल चोरी गरी फरार रहेका २ जना पक्राउ ।
२०८०-०६-१४

जाजरकोट, जिल्ला जाजरकोट कुशे गाउँपालिका-२ टालेगाँउ बस्ने बर्ष ५६ को डिल ब.सिंह को साथवाट ऐ.टालेगाँउ र छेडागाड नगरपालिका-७ टिकाचौरको सिमाना हाडेखोला स्थित वाट जिल्ला दैलेख नौमुले गाउँपालिका वतन भएका बर्ष अं.१८/१९ को अर्जुन रोका र निजको मामा बर्ष अं.३०/३२ को बिषाल भन्ने बिक्रम थापाले निज डिल बहादुर सिंहको साथ वाट नगद रु १२०,०००।-(एक लाख विस हजार),सुनको औठी थान १ र सादा किप्याड मोवाईल थान १ चोरी गरी फरार रहेकोमा निजहरु लाई मिति २०८०।०६।१३ गते ०९:२५ बजे अस्थायी प्रहरी पोष्ट वबई सुर्खेतले नियन्त्रणमा लियको ।  

जिप दुर्घटना हुदा दुई जनाको मृत्यु, एक जना घाईते ।
२०८०-०६-०८

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा.१ च.१०२५ नं.को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष अन्दाजी ३५ को नारायण योगी सिरियस घाईते भएको, उक्त स्थानमा प्रहरी चौकी सल्यानबाट ८ जनाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय लुहामबाट ८ जनाको प्रहरी टोली खटिई गएको । मृतकहरुको नामावलीः-१)चालक जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका-१८ बस्ने बर्ष अन्दाजी २५।२६ को भक्त बहादुर घर्ती ।२) साहु ऐ.ऐ. बस्ने बर्ष अं.५१ को गणेश बुढा ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०६-०५

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने बर्ष ३६ को झगेन्द्र भण्डारीको घरमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको ११ जनाको प्रहरी टोलीले सम्बन्धीत व्यक्तिको घरमा पुगी खानतलासी गर्दा निजले आफ्नै घरको माथिल्लो तलाको पुर्व पट्टिको कोठामा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक, पुरानो नाल थान १, नाल बनाउन प्रयोग हुने पाईप थान १, सट्गनको कार्टिज ५ राउण्ड, मध्ये २ वटा प्रयोग गरेको ,३ राउण्ड प्रयोग नगरेको, बारुद बनाउन प्रयोग हुने गन्धक अन्दाजी १ मुठि, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोलि जस्तो बनाएको फलामको टुक्रा १५ वटा क्यापमा प्रयोग हुने पट्का २० रोल र बारुद २ डिब्बा मध्ये (१ डिब्बाको आधा डिब्बा प्रयोग गरेको र अर्को डिब्वा मध्ये ४ भागको १ भाग बाँकी रहेको) बारुद रित पुर्बक बरामद गरी निज झगेन्द्र भण्डारी लाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई राखिएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-०५

रूकुम पश्चिम, जिल्ला रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका वडा नं.५ बस्ने सवारी ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजी बर्ष ३३ को देवराज शाही र जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ९ बस्ने बर्ष अन्दाजी ३५ को टेकेन्द्र परियार मुसिकोट नगरपालिका वडा नं. १ खलंगा बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद, सजाय र जरिवाना अशुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा कारागार कार्यालय रुकुम पश्चिममा चलान गरेको ।

सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको । 

फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-१२

रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको  लगत नम्बर १५२/९१ मा ८ बर्ष ७ महिना कैद सजाय तोकिएका जिल्ला रुकुम पश्‍चिम मुसिकोट नगरपालिका वडा नं. ७  साँख बस्ने बर्ष ४२ को हरिश चन्द्र पाण्डे हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका १६ लेटार भन्ने स्थानमा लुकीछिपी बस्दै आएको अवस्थामा निजलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिई गएको प्रहरीले तालुक जिल्ला प्रहरी कार्यालय घोराही दाङसंग समन्वय गरी पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा सम्मानित अदालतले निजलाई आजै कैद भुक्तानिको लागि जिल्ला कारागार कार्यालय रुकुम पश्चिममा पठाएको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०५-१०

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र  तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको ८ जनाको प्रहरी टोलीले दाङ बाट जुम्ला तर्फ आउदै गरेको क १ ख १० न.को ट्रक चेक जांच गर्ने क्रममा उक्त ट्रक चालक जिल्ला दैलेख गुरासँ गाउँपालिका-३ बस्ने बर्ष २७ को हरि खत्री र सह-चालक ऐ.ऐ. बस्ने बर्ष २२ को टोप्रेन्द्र शाहि लाई शंका लागी चेकजाचं गर्दा ट्रक चालक बस्ने सिट माथि मिटर बोर्ड भित्र लुकाई छिपाई राखेको १ पुडिया (नापतौल गर्न बाँकी) अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०५-०९

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख ०१०२ न.को फोर्स गाडिलाई चेक जाच गर्ने क्रममा उक्त फोर्स गाडी भित्र सवार जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने बर्ष २८ को युवराज अधिकारी लाई शंका लागी चेकजाच गर्दा निजले कम्मरमा बाधेको मनि पर्स भित्र लुकाई छिपाई राखेको ३ पोका, नापतौल  गर्दा शुद्ध ११ ग्राम ७७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको । 

जुवातास खेलिरहेका मानिस प्रहरी नियन्त्रणमा ।
२०८०-०५-०७

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक स्थित रहेको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलीरहेका निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नगद रु २,१९,९००/- ( दुई लाख उन्नाईस हजार नौ सय ), तास गड्डि थान-५, मोबाईल थान-१५ सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।  निम्न मानिसहरू:- १) जिल्ला दैलेख दुल्लु नगरपालिका-७ बस्ने बर्ष अन्दाजी ४६ को दिनेश हमाल ।२) ऐ.ऐ. १३ बस्ने बर्ष अन्दाजी ३१ को जगत भण्डारी । ३) ऐ.ऐ. ६ बस्ने बर्ष अन्दाजी ४९ को थिर बहादुर खड्का । ४) ऐ.ऐ. ८ बस्ने बर्ष अन्दाजी ३४ को लक्ष्मण सिंह । ५) ऐ.ऐ. ८ बस्ने बर्ष अन्दाजी २५ को अमृत सिंह । ६) ऐ.ऐ. ६ बस्ने बर्ष अन्दाजी ३७ को शेर ब. खड्का ।७) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ३४ को सन्तोष थापा । ८) ऐ. डुङगेश्वर गाउँपालिका २ बस्ने बर्ष अन्दाजी २९ को नेत्र बिष्ट । ९ ऐ. भैरबि गाउँपालिका ५ बस्ने बस्ने बर्ष अन्दाजी ४६ को रत्न ब. थापा । १०) जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष अन्दाजी  ४० को जनक ब. सुनार ।११) ऐ.ऐ.३ बस्ने बर्ष अन्दाजी ४० को ओम खड्का । १२) ऐ.ऐ.६ बस्ने बर्ष अन्दाजी ४८ को सरोज बराल । १३) ऐ.ऐ.४ बस्ने बर्ष अन्दाजी ३० को हर्क थापा ।

मृत अवस्थामा लाश फेला परे सम्बन्धी।
२०८०-०४-३२

रूकुम पश्चिम , जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ भलक्चा बस्ने बर्ष ५९ को पिताराम नेपाली मिति २०८०।०४।१७ गते घर बाट निस्किएकोमा हालसम्म सम्पर्कमा नआएकोले आज मिति २०८०।०४।३२ गते १४:३० बजेको समयमा खोजतलास गर्दै जाँदा ऐ. स्थित सिस्नेखोलि जंगलमा मृत अबस्थामा सडिगलेको छ भनि मृतकको छोरा बर्ष ३० को बिशाल परियारले जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा जानकारी गराए पश्चात तत्काल उक्त स्थानमा प्रहरी चौकी सोलावाङ बाट ४ जनाको प्रहरी टोलि घटनास्थलमा खटि गएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट SOCO सहित ८  जनाको प्रहरी टोलि खटिगएको ।

भिरबाट लडि मानिसको मृत्यु ।
२०८०-०४-३०

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ नयाँ गाउँ बस्ने बर्ष ५५को कालि बहादुर खत्री ऐ.४ सोलाबाङ बजार बाट घर तर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटो देखि अं. २०० मिटर तल खसि मृत्यु भएको भन्ने ऐ बस्ने स्थानिय ठान बहादुर के.सी. ले प्रहरि चौकि सोलाबाङ रूकुम पश्चिममा जानकारी गराउन साथ तत्काल उक्त चौकी बाट ३ जनाको प्रहरी टोली खटि घटनास्थलमा पुगी घटनास्थल सुरक्षित गरेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट  SOCO सहित ८ जनाको प्रहरी टोली खटिगएको र १३:१० बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरि लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले तर्फ पठाईएको । 

जिप दुर्घटना हुदा ५ जनाको मृत्यु ४ जना घाईते ।
२०८०-०४-३०

मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-७ चिप्लेगौडा स्थित सोरुकोट बाट सदरमुकाम गमगढि तर्फ आउदै गरेको ऐ.पिप बस्ने दिनेश बि.क.ले चलाएको ग १ ज ७७६२ नं.को बोलेरो जिप सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त गाडिमा सवार ९ जनामध्ये पाँच जनाको मृत्यु भएको र चार जना घाईते भएको र घाईतेको उपचार भईरहेको । निम्न घाइतेहरु:- १:-जिल्ला मुगु सोरु गाउँपालिका-६ बस्ने बर्ष अन्दाजी २५।२६ को शेर बहादुर रोकायको टाउको, हात, खुट्टामा चोट, अवस्था बोल्न सक्ने । २:-ऐ.७ बस्ने बर्ष २० को दिनेश लावड (चालक) को  छाति, दाया खुट्टामा चोट ,अवस्था बोल्न सक्ने । ३:-ऐ.५ बस्ने बर्ष अन्दाजी ४५ को गोबिन्द शाही दाहिने आखा र खुट्टामा चोट, अवस्था बोल्न सक्ने । ४:-जिल्ला हुम्ला अदान्चुली गाउँपालिका-२ श्रीनगर बस्ने बर्ष अन्दाजी २२ को उजिर बोहरा कम्मर र आखामा चोट ,अवस्था बोल्न सक्ने ।मृतकको नामावली १) जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने बर्ष २२ को राम परियार घटना स्थलमा मृत्यु भएको लाश मुगु सिप स्वास्थ्य चौकीमा राखिएको । २) जिल्ला हुम्ला सिमिकोट गाउँपालिका-२ ठेह बस्ने बर्ष अन्दाजी २०/२२ को प्रकाश बोहोरा सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सोही स्थानमा रहेको ।३) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २० को राम परियार सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सिप स्वास्थ्य चौकी मा रहेको ४) जिल्ला हुम्ला खापुनाथ गाउँपालिका प्युस बस्ने बर्ष २०/२२को मिन परियार घटना स्थलमा मृत्यु लाश सिप स्वास्थ्य चौकीमा राखिएको । ५) सोरु गाउँपालिका-५ बस्ने बर्ष ३७ को लोकजंग नेपाली जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु लाश जिल्ला अस्पतालको शब गृहमा राखिएको । 

भेरी नदीमा खसि बेपत्ता भएको ।
२०८०-०४-२७

जाजरकोट, जिल्ला जाजरकोट भेरी नगरपालिका-७ पुन्मा बस्ने वर्ष अन्दाजी ४७ को नरु चन्द ऐ.शिवालय गाउँपालिका-१ छेडाचौर बजारबाट घर तर्फ पैदल जाने क्रममा ऐ.छेडागाड नगरपालिका-१३ गारातारा स्थित सुर्खेत छिन्चु जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासी चिप्लीन गई भेरी नदिमा खसेको भन्ने खबर निजको छोरा बिक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरे पश्चात उक्त चौकिबाट ११ जनाको टोलि खटिगएको र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरीटोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोलि,चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोलि खटिगएको ।  हुलिया:- सेतो टी-सर्ट,निलो जिन्स पेन्ट,कालो जुत्ता लगाएको,शरिर पातलो जुँगा दाह्रि पालेको भेरी नदिमा खस्न गई वेपत्ता भएको । 

च्याउ खोज्ने क्रममा मानिसको मृत्यु ।
२०८०-०४-२६

मुगु,  जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका वडा न.१४ बाम बस्ने बर्ष अन्दाजी ५५ को मन बहादुर बडुवाल च्याउ खोज्न जान्छु भनी ऐ.ऐ.स्थित घर देखि माथि रहेको बयभिर भन्ने जङ्गलमा गएको र निज घर फर्कि नआएकोले खोजतलास गर्दै जाने क्रममा निज मृत अवस्थामा फेला परेको छ भनि निजको भाइ नाता पर्ने ऐ.ऐ.बस्ने रतन बहादुर बडुवालले अस्थायि प्रहरी पोष्ट बाम मुगुमा जानकारी गराए पश्चात उक्त पोस्टबाट ५ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट ६ जनाको प्रहरी टोलि खटि गएको । घटना स्थल कार्य पुरा गरी लास पोष्टमाटम को लागी जिल्ला अस्पताल मुगु तर्फ पठाईएको ।

पुरूष व्यक्ति मृत अवस्थामा फेला परे सम्बन्धी ।
२०८०-०४-२४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ खोलिगाउँ स्थित जंगलमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने अस्थायि प्रहरी बिट लाटिकोईलीमा खबर भएपश्चात उक्त बिटबाट ३ जनाको प्रहरी टोली खटिगई ऐ.१२:३० बजे घटनास्थल पुगि बुज्दा जिल्ला बाँके जानकी गाउँपालिका घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढीमा सडकको काम गर्ने बर्ष १८/१९ को बिष्णु रैदास आज मिति २०८० ।०४।२४ गते विहान ०९:०० बजे आफु संगै काम गर्ने अन्य ८ जना साथिहरु संगै च्याउ टिप्न भनि गएकोमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा रहेको साथमा गएका मृतकका ८ जना साथिहरु घटनास्थलमा नै रहेको, थप अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ६ जनाको प्रहरी टोली खटिएको । 

छोराले लाठि प्रहार गर्दा आमाको मृत्यु ।
२०८०-०४-२३

सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने दल ब.भण्डारीको छोरा वर्ष २३ को नबिन भण्डारी घरमा आमाबुवासँग बस्दै गरेकोमा एक्कासी शरिरमा देउता चढी आमाबुवा सुत्ने कोठामा गई वर्ष ४८ की शारदा भण्डारीलाई पैँयाको लठ्ठीले टाउकोमा हानि घटनास्थलमै मृत्यु भएको भनि ऐ.बस्ने स्थानिय ओपेन्द्र भण्डारीले ऐ.०६:०० बजे टेलिफोन मार्फत अस्थायी प्रहरी पोष्ट स्यानिखालमा खबर गरे पश्चात उक्त स्थानमा स्यानिखाल पोष्टबाट ४  जनाको प्रहरी टोली खटि गएको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट  Soco सहित ६ जनाको प्रहरी टोली खटिई गएको ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-२३

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने बर्ष अन्दाजी ४२ को केशव घर्तिको घरमा प्रहरी चौकि सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी टोलिले २(दुई) नाल भरूवा बन्दुक बरामद गरि निज केशब घर्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा ऐ. १३ सिडेनि बस्ने बर्ष अन्दाजी ४८ को जंग बहादुर राईको घरमा लुकाई छिपाई राखेको अवस्थामा थप १ नाल भरुवा बन्दुक फेला पारेको र निज जंग बहादुर राई बिगत १ बर्ष देखि घरमा नभएको भनि श्रीमति बर्ष अन्दाजी ४० की बिमला राईबाट बुझीन आएको घरमा अरू कोही नभएको, बिमला राईलाई भोलि उपस्थित हुने गरी जिम्मा लगाई छाडिएको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-१८

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ बस्ने बर्ष २८ को भिमराज रावल, ऐ. बस्ने हिक्मत रावल र अमिर के.सी.को साथबाट जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले  शंका लागी चेकजाँच गर्दा भिमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ १ पुरीया र ऐ.बस्ने हिक्मत रावल र अमिर के.सी. को घरमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट SOCO सहित खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा निज भिम रावलको घरको कोठामा ५०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र ५ ग्राम ४० मिलीग्राम चरेस जस्तो देखिने कालो पदार्थ र अमिर के.सि. को घरमा खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३५० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारी रित पुर्वक बरामद गरी निज हिक्मत रावल र भिमराज रावल प्रहरी नियन्त्रणमा रहेको र अमिर के.सी फरार रहेको खोजतलास कार्य भईरहेको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-०९

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको भे८प६७६१ न.को मोटरसाईकल लाई ईलाका प्रहरि कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडि सवार जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष २१ को सागर के.सि.ले बोकेको लेदर झोलाको साईड गोजिमा लुकाएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मोटरसाईकल चालक जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष अन्दाजी २२ को सन्दिप गुरुङ सहित दुबै जनालाई नियन्त्रणमा लिएको ।  प्लाष्टिक सहित ६६० मिलिग्राम नापतौल गर्दा शुद्ध ४३० मिलिग्राम लागूऔषध रहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०४-०७

सल्यान, जिल्ला अदालत सल्यानबाट निम्न मुद्धामा जरिवाना तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ३ जनाको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यालनमा ल्याई राखेको आवश्यक कारवाहीको लागी जिल्ला अदालत सल्यानमा लैजाने पहल भईरहेको ।निम्न:-                                                                                 १) अभद्र व्यबहार मुद्धामा ५ हजार जरिवाना तोकिएको जिल्ला सल्यान शारदा नगरपालिका-१५ बस्ने वर्ष २१/२२ को करन वादी । २) लुटपाट मुद्धाको फरार प्रतिवादी ऐ.ऐ.५ बस्ने वर्ष ३५/३६ को राजेन्द्र बहादुर महतरा 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-०१

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका ५ स्थित चेक पोष्ट अगाडी नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको भे.५ प २८६६ न. को स्कुटी लाई अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथ बाट शुद्ध तौल १ ग्राम ४२० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी स्कुटि सहित मानिस नियन्त्रनमा लिएको ।निम्न:-१. स्कुटर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ बस्ने वर्ष अ.३० को दिपेन्द्र रोकाय । २. पछाडि सवार ऐ.ऐ ७ बस्ने वर्ष अ. ३० को दिपक गौली निजको साथबाट ला.औ. फेला परेको 

जरायोको मासु सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-२७

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउ स्थित प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी गस्ति टोलीले ऐ.ऐ.बस्ने बर्ष ५२ को डम्मर ब.थारुको घरको कोठाबाट जरायोको जस्तो देखिने अ.६/७ के.जी.मासु र ऐ.ऐ. स्थान नजिकै रहेको बासको झ्याङबाट जरायोको आन्द्रा, भुडि र कलेजो फेला पारी निम्न स्थान बस्ने निम्न मानिसहरुलाई मासु सहित नियन्त्रणमा लिएको, तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ५ जनाको प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको, जिल्ला वन कार्यालयसंग समन्वय गरी वन कार्यालयको टोली उक्त स्थानमा पुगिसकेको ।नियन्त्रणमा लिएका निम्न ब्यक्तिहरु:- १) जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० बस्ने बर्ष अं.५२ को डम्मर ब.थारु ।२) ऐ.ऐ.बस्ने निजको छोरा बर्ष अं.२१ को सुसिल चौधरी । ३) ऐ.ऐ.११ बस्ने बर्ष अं.४१ को मिन ब.वली । ४) ऐ.ऐ.१० बस्ने बर्ष अ.२३ को सुसिल चौधरी ।५) ऐ.ऐ. बस्ने बर्ष २८ को आशाराम चौधरी ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-२७

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोल स्थित लागूऔषध कारोबार भईरहेको अवस्थामा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो सुर्खेतबाट सादा पोशाकमा खटिएका ५ जनाको प्रहरी टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष २२ की राधिका वुढाको साथबाट नापतौल नगरेको १४ पुरिया (नाप तौल गर्दा शुद्ध तौल ६८० मि.ग्रा.) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रू.१,२१,४५०।- (एक लाख एक्काईस हजार चार सय पचास ) सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-२५

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ राधाकृष्ण मन्दिर स्थित लागूऔषध  कारोबार भईरहेको अवस्थामा वीरेन्द्रचोक पिकेट डिउटिमा खटिएको २ जनाको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई नापतौल नगरेको ५ पुडिया( नापतौल गर्दा शुद्द २८० मिलिग्राम) रहेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको ।१)जिल्ला सुर्खेत वी.न.पा. ५ बस्ने बर्ष २६ को अम्मर बि.क. ।२)ऐ.ऐ. बस्ने बर्ष २२ को राजन के.सी.।३)ऐ.ऐ. बस्ने बर्ष ३२ को ढकेन्द्र बि.क । 

सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०३-२४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ शंकर चोक स्थित शंकर चोक देखि धमला चोक तर्फ जादै गरेको क.प्र.०२००१ ह ०४४४ नं. को अटो र इत्राम पुल देखि शिवालय चोक तर्फ आउदै गरेको क.प्र. ०२००१ प ८१३४ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई अस्पताल तर्फ पठाईएको उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ४ जनाको प्रहरी टोली खटिएको, मोटरसाईकल र अटो ट्राफिकको नियन्त्रणमा रहेको, १) मोटरसाईकल चालक जिल्ला सुर्खेत वी.न.पा. १३ बस्ने बर्ष अ.३५ को गेसराम मगर हातमा चोट माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, अवस्था सामान्य । २) मोटरसाईकल पछाडी सवार जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष अ.५६ को पोष्ट बहादुर दर्लामी भित्रि चोट कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको बोल्न सक्ने । ३) अटो चालक जिल्ला सुर्खेत वी.न.पा. ८ बस्ने बर्ष अ.२३/२४ को मान सिँह नेपाली हातमा चोट,सामान्य ।४) अटोमा सवार जिल्ला सुर्खेत वी.न.पा १२ बस्ने बर्ष अ.२३/२४ कि सिता बि.क.भित्रि चोट, बोल्न सक्ने साथमा ७/८ महिनाको बच्चा समेत रहेको बच्चालाई सामान्य भित्रि चोट, कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको । 

अचानक बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु ।
२०८०-०३-२१

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा.१ ख.८३४ न.को बसमा सडकको छेउमा रहेको ३३ के.भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटको लागी छेउमा गाडेको तार (स्टे) मा बस छुईन जाँदा उक्त बसमा सवार १८/२० जना मध्ये २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जना घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगेकोमा उपचारको क्रममा मृत्यु भएको ।निम्न व्यक्तिहरूको मृत्यु भएको । १) जिल्ला रोल्पा गंगा देब गाउँपालिका वडा नं.४ बस्ने बर्ष अं. ७०।७२ को बालराम डाँगी २) ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष अं. ४०।४२ को टोपलाल डाँगी३) बस साहु जिल्ला सल्यान छत्रेश्‍री गाउँपालिका-६ लान्ती बस्ने बर्ष अं.३३।३४ को महेन्द्र ओली 

मोटरसाईकलले पैदलयात्रिलाई ठक्कर दिदा उपचारका क्रममा मृत्यु ।
२०८०-०३-१३

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ स्थित घण्टाघर चोकबाट कपासे तर्फ जादै गरेको जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष ३३ को तेज बहादुर शाहीले चलाएको क.प्र.०२-००१ प ७४६१ न. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अन्दाजी ५० कि टिका सुनारलाई  ठक्कर दिदा टाउको र बाया खुट्टामा चोटलागि अवस्था सिरियस भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लिईएको र उपचारका क्रममा मृत्यु भएको, मोटरसाईकल र मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा रहको । 

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१३

सुर्खेत,  जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-९ नदिकोट बस्ने रुद्र डाँगीको छोरा वर्ष अन्दाजी २९ को गणेश बहादुर डाँगीले मादक पदार्थ सेवन गरी घरपरिवार लाई कुटपिट गरिरहेको भनि निजको बुवाले अस्थायी प्रहरी पोष्ट वोटेचौर सुर्खेतमा जानकारी गराएपश्चात ३ जनाको प्रहरी टोलि खटिई गई निजको घरमा हेर्दा निज सुत्ने कोठामा खाट मुनि लुकाई छिपाई राखेको भरुवा बन्दुक थान १ र ३ वटा सानो पलाष्टिकको बट्टामा राखेको बारुद फेला पारी वरामद गरी निज गणेश बहादुर डाँगीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा लिई राखेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१२

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ भारतीवाडामा ऐ. ४ बस्ने बर्ष अ.४८ को खगेन्द्र भण्डारी, ऐ.कनकासुन्दरी गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी २९ को लाल बहादुर रोकाया, ऐ. ६ बस्ने बर्ष अन्दाजी ४६ को हरे राम खत्रीले लागूऔषध सेवन गरी रहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलि र  लागूऔषध ब्युरो  सहितको संयुक्त प्रहरी टोलिले निजहरुलाई रितपुर्वक खानतलासी गर्दा निज हरे राम खत्रीले लगाएको कोटको माथिल्लो खल्ति बाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ९३० मिलिग्राम सहित ३ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखी थप अनुसन्धान भईरहेको  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१२

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला नजिकै जुगाड खोला किनारा स्थित जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-५ बस्ने बर्ष अन्दाजी १९ को नरेन्द्र सार्की, ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ को बिशाल सार्कीलाई लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलि र लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलि खटिगई, निजहरुलाई फेला पारी रितपुर्वक खानतलासी गर्दा निज नरेन्द्र सार्किको जाकेटको माथिल्लो खल्ति  बाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ८६० मिलिग्राम सहित २ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१०

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु बजार स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउँदै गरेको क.प्र. ०२००२ प ५५४३ न. को मोटरसाईकल लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले शंका मानि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष अन्दाजी २७ को दिनेश रसाईली र पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को सुवास चन्द पहाडी (वि.क.) को साथबाट ५ पुरिया ( नापतौल नगरेको) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको । 

लागूऔषध(ट्यावलेट)सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-०५

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ बस्ने बर्ष २०/२१ को अमृत भक्रीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ऐ. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अगाडि सडकमा संङकास्पद रुपमा हिडिरहेको अवस्थामा फेलापारी तलासि लिदा निजको साथबाट ट्रामाडोल नामक २५ पत्तामा २५० वटा ट्यावलेट फेला पारी सोधपुछ गर्दा निजले ऐ.बस्ने अ.बर्ष २५/२६ को लक्ष्मण भण्डारीबाट ल्याएको हुँ, भनि भनेको हुदा निजको कोठामा गई खानतलासी गर्दा निजको कोठाबाट २५ पत्तामा २४६ वटा ट्यावलेट फेला पारी निज दुबैलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०२-२८

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोक नजिक रहेको हार्दिक होटलमा शंकास्पद रुपमा बसिरहेका २ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट नापतौल नगरेको कालो प्लाष्टिक भित्र डल्लो पारी राखेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ , नेपाली रुपैया ३,०००।–(तिन हजार), भारतिय रुपैया २,६००।–(दुई हजार छ सय) , सादा मोबाईल थान -१ र टच मोबाईल थान-१ सहित बरामद गरी बरामद सामान सहित २ जना मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई राखिएको ।  निम्न नियन्त्रणमा लिएका मानिसहरु:-१. जिल्ला कालिकोट सान्नीत्रिवेणी गाउँपालिका-३ बस्ने अन्दाजी बर्ष ३०को अर्जुन देवकोटा । ( निजको साथबाट ला. औ. फेला परेको ) २. जिल्ला बाँके नेपालगंज उप-महानगर पालिका-११ बस्ने अन्दाजी बर्ष २४ को खिरोज खान । उक्त लागूऔषध नापतौल गर्दा शुद्ध तौल ८ ग्राम रहेको । ‍जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप मद्दतमा खटिएको ६ जनाको प्रहरी टोलिले वीरेन्द्रनगर नगरपालिका-३ माया कर्णाली होटलको कोठा न. १०२ बाट जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १८ बस्ने बर्ष अ. २३ की सारदा सिंह लाई नापतौल गर्दा शुद्ध तौल ११ ग्राम ८२० मिलिग्राम, सादा मोबाईल थान १ सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

डबल क्याप जिप दुर्घटना हुदा ३ जनाको मृत्यु ।
२०८०-०२-२८

कालिकोट, जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडक खण्डमा ऐ.८चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको लु१ च ८४९८ नं.को डबल क्याप जिप सडकदेखी अं.१५० मिटर तल खसेको भनि ऐ.वडाका वडा अध्यक्ष दिप बहादुर शाहीले प्रहरी चौकी हाउडी कालिकोटमा जानकारी गराउनासाथ उक्त चौकीबाट ४ जनाको प्रहरी टोली खटिई गएको ।मृत्यु हुने निम्न व्यक्तिहरू :१.जिप चालक ऐ.२ भर्ता बस्ने बर्ष अंन्दाजी ३० को हर्के कामी ।२.जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-८ बस्ने बर्ष ३१ को राम बहादुर शाही (साहु) ।३. जिल्ला दैलेख नौमुले घर भई हाल  भे.१.क ६५५ न.को स्काईभेटर अप्रेटर बर्ष अन्दाजी २५ को गोपाल सलामी मगर ।  

जिप दुर्घटना हुदा २ जनाको मृत्यु ।
२०८०-०२-२५

कालिकोट,  जिल्ला कालिकोट रास्कोट नगरपालिका-२ सेरा बजार स्थित सेरा बजारबाट मान्मतर्फ आउनको लागि तयार रहेको, ग ३ च ४६१० नं.को डबलक्याप जिप एक्कासी ब्याक हुन गई दुर्घटना भएको भनि ऐ.बस्ने बर्ष ३२ को कृष्ण प्रशाद बरालले प्रहरी चौकि मुम्रामा जानकारी गराए पश्चात प्रहरी चौकि मुम्राबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगई घटना स्थलमा पुगि बुझ्दा सडकबाट अं.३०० मिटर तल खस्न जाँदा उक्त जिपमा बसि रहेका ऐ.१ बस्ने बर्ष ४३ को मन बाहदुर शाही र ऐ.बस्ने बर्ष ३६ की मन कुमारी शाहीको घटनास्थलमा मृत्यु भएको, ऐ.१ बस्ने बर्ष ३० की रिता शाही सिरियस घाईते भई गौत अस्पताल रास्कोटमा पठाईएको, उक्त गाडी भित्र ३ जना सवार रहेको भन्ने बुझिएको, ईलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा (SOCO सहित) ९ जनाको खटिएको, चालक प्रहरी नियन्त्रणमा रहेको । 

अवैध काठ बरामद ।
२०८०-०२-२४

दैलेख,  जिल्ला दैलेख डुङ्गेश्‍वर गाउँपालिका-४ अवलपराजुल भन्ने स्थानमा प्रहरी चौकी डुङ्गेश्वर बाट प्रहरी टोलीले गस्ति गर्ने क्रममा चालक गुराश गाउँपालिका-४ बस्ने विकास न्यौपानेले चलाएको सु.प.प्र.०१-००२ त ५९५९ नम्बरको ट्याकटर लाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको सालजातका थान २४ चिरान कडी फेला पारी नियन्त्रणममा लिई ऐ. ०२:३०बजे प्रहरी चौकी डुङ्गेश्वरमा राखिएको र  आवश्यक कारवाहीको लागि ट्याकटर चालक,ट्याकटर,सहचालक डुङेश्‍वर गाउँपालिका-४ बस्ने शिव बुढा लाई ऐ. १४:३० बजे सव डिभिजन वन कार्यालय माथिल्लो डुङेश्‍वरको जिम्मा लगाईएको । 

भिरबाट लडि मानिसको मृत्यु ।
२०८०-०२-२४

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४ ढुङ्गा खानि भन्ने स्थानमा ऐ.४ गोताम बस्ने बर्ष अन्दाजी ५९/६० को हिरे कामी ,ऐ. बस्ने बर्ष ५८ को मनरुप टमटा र ऐ. बस्ने बर्ष ५५ को लटे कामि घर छाउने ढुङगा निकाल्ने क्रममा उक्त ढुङगाखानि बाट ऐ. बस्ने बर्ष अ. ५९/६० को हिरे कामी भिर बाट लडि बेपता भएको भनि स्थानिय ब्यक्ती डिल्ली के.सी. ले १९:४० बजे प्रहरीलाई जानकारी गराए पश्चात उक्त घटनास्थलमा प्रहरी खटिगई स्थानिय र प्रहरीको सहकार्यमा ऐ. ०८:५० बजेको समयमा उक्त बेपत्ता भएको व्यक्तिको लाश अं. ६००/७०० मिटर तल भिरबाट डोरीको सहायताले माथि निकालिएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२१

दैलेख, जिल्ला दैलेख नारायण नगरपालिका-३ बस्ने बर्ष अं.२५ कि मिना रेग्मी जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखको फैसला मिति २०७४।०८।१९ मा फैसला भई फरार रहेकाले  जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत दैलेखमा पेश गरी जिल्ला कारागार दैलेखमा पठाईएको । जिल्ला दैलेख महाबु गाउँपालिका-४ बस्ने बर्ष अन्दाजी ३० को दिपक प्रसाद पाण्डे जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखको फैसला मिति २०७४।०३।१७ गतेमा फैसला भई फरार रहेकोले जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत दैलेखमा पेश गरेको । 

मानिस मृत्यु भएको ।
२०८०-०२-१९

डोल्पा, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका-८ जुगेना बस्ने ग्वामे भुलको छोरा बर्ष अन्दाजी ३९/४० को जंग ब.भुल मिति २०८०।०१।२२ गते घर देखी यार्सागुम्बा टिप्न भनि जिल्ला डोल्पा डोल्पोबुद्ध गाउँपालिका वडा नं. ३ टाँस्की स्थित रहेको थाङबुचे पाटनमा आएकोमा मिति २०८०।०२।१८ गते एक्कासी श्वास प्रश्वासमा समस्या आई निजलाई उपचारको लागी ऐ. जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ८ बस्ने निजको साला नाता पर्ने बर्ष २९ को तिल बहादुर नेपालीले मोटरसाईकल मा राखी ऐ. डोल्पोबुद्ध गाउँपालिका १ धोमा ल्याई माउण्टेन स्टार होटलमा राखी स्थानिय स्वास्थ्यकर्मी द्धारा उपचार भैरहेकोमा मिति २०८०।०२।१९ गते बिहान अं. ०४:०० बजेको समयमा मृत्यु भएको भनि निज तिल बहादुर नेपालीले प्रहरीलाई ऐ. ०६:१५ बजे जानकारी गराय पश्चात उक्त स्थानमा ६ जनाको प्रहरी टोली खटि गएको ।   

सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०२-१८

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ औद्योगिक क्षेत्रको गेट स्थित पार्किङ बाट निकाल्दै गरेको बा ९ च ९८८१ न. को कार र तिनकुने चोक बाट एयरपोर्ट तर्फ आउदै गरेको क प्र ०२००१ प ५१०५ न. को मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सहित निम्न ब्यक्तिहरु घाईते भई देउति नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, दुबै सवारी साधन र कार चालक जिल्ला ट्राफिक प्रहरीको नियन्त्रणमा ।निम्न घाईते: १.मोटरसाईकल चालक जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका ५ बस्ने बर्ष अ. ४० को तिर्थ शाहको दुबै हातमा चोट ।२. ऐ. मोटरसाईकल मा सवार ऐ.ऐ. बस्ने निजको छोरा बर्ष २ को अनमोल शाह टाउको,अनुहार र छातिमा चोट बोल्न सक्ने । ३. ऐ.ऐ. मोटरसाईकलमा सवार ऐ.ऐ. बस्ने बर्ष ३३ को सागर श्रेष्ठ छातिमा चोट बोल्न सक्ने ।

सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०२-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले स्थित तिनकुनेचोकबाट मंगलगढिचोक तर्फ आउदै गरेको क.प्र. ०२००१ज.०५७३ नं.को जिपमा सोही दिशाबाट आउदै गरेको क.प्र. ०२००१प. ७८७४ नं. को मो.सा. ठोकिन जादा मो. सा. चालक जिल्ला हुम्ला ताजाकोट गा.पा. १ घर भई जिल्ला सुर्खेत बि.न.पा. १२ पिपिरा स्थित कोठा भाडामा लिई बस्ने बर्ष अ.३४/३५ को अकबिर खड्काको निधारमा चोट लागी घाईते भई माया नर्सिङ्ग होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाएको र कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक प्रहरी नियन्त्रणमा । 

जिप दुर्घटना सम्बन्धी।
२०८०-०२-११

मिति २०८०।०२।११ गते अं.०७:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम बाँफिकोट गा.पा.वडा नं.८ दुली दुधार स्थित भित्री सडक खण्डमा दुलीबाट खलङ्गा तर्फ आउदै गरेको लु १ ज १७४७ नं.को मान्छे बोक्ने जिप अनियन्त्रित भई बाटो देखि अन्दाजी ४००/५०० मिटर तल खसी जिप दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली घट्नास्थलमा पुगि उद्दार गरि जिल्ला अस्पताल सल्लेमा पठाएकोमा अस्पतालले ५ जनाको मृत्यू घोषणा, ६ जना थप उपचारको लागी कोहलपुर शिक्षण अस्पतालमा पठाईएको , २ जना  जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको र २ जना जिल्ला अस्पताल सल्लेबाट डिस्चार्ज गरिएको । जिल्ला अस्पताल सल्ले चेक जाच गर्दा १३:५० बजे मृत्यु घोषण गरेको विवरण :(१)   जिल्ला रुकुम पश्चि सानीभेरी गा.पा.५ बस्ने बर्ष ७० को कर्ण बाठा मगर ।(२)   ऐ.सानिभेरी ५ बस्ने बर्ष ४८ को देउचन खत्री ।(३)   ऐ.ऐ.बाँफिकोट गा.पा.८ बस्ने बर्ष २२ की रेखा खनाल  के.सी. । (४)   ऐ.ऐ. बस्ने बर्ष २२ की रेखा खनाल के.सी.को २२ दिने बच्चा रोशन के.सी.। (५)   ऐ.सानिभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारी ।कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचाररत घाईतेहरुको विवरण:-१)              जिल्ला रुकुम पश्चिम सानीभेरी  ५ बस्ने बर्ष २३ को सितला कुसारीको छोरा बर्ष २ को प्रशिद्ध कुसारी ।२)              ऐ.ऐ.बस्ने बर्ष २० की अनिता के.सि.।३)              ऐ.ऐ.बस्ने बर्ष २२ को ललित बाठा मगर ।४)              ऐ.ऐ. बस्ने  बर्ष ४० को प्रेम बाठा मगर ।जिल्ला अस्पताल सल्ले बाट कोहलपुर शिक्षण अस्पताल बाँकेमा रिफर गरिएको घाइतेहरुको विवरण:-१.               १.                 ऐ.ऐ.बर्ष १७ की रिता खत्री । २.                ऐ. सानिभेरी गा.पा.५ बस्ने ३५ को दिपक बाठा मगर खुट्टा  ।जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईतेको विवरण:-१)              ऐ.ऐ.बस्ने बर्ष १७ की मनिषा बस्नेत । २)              ऐ.ऐ.बस्ने बर्ष २१ की कल्पना के.सि ।जिल्ला अस्पताल सल्लेमा उपचार पश्चात डिस्चार्ज गरिएको विवरण :-१)                ऐ.ऐ.सानीभेरी गा.पा.५ बस्ने बर्ष ४६ को कर्णबिर पुन । २)               ऐ.ऐ.बस्ने बर्ष  ४६ को गम्भिर कुसारी ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०२-०७

सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखा सुर्खेतबाट खटिएको ५ जना प्रहरीको टोलीले  वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित बर्ष २६ को नविन सोनीको घरबाट निम्न स्थान बस्ने व्यक्तिहरूलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नभएको ५१ पुडिया सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको छ । १)जिल्ला सुर्खेत बी.न.पा. १२ बस्ने बर्ष १८ को राजेश सोनी २) ऐ.‌ऐ. ११ बस्ने बर्ष ४० को अब्दुल बक्स ३) ऐ.ऐ. बस्ने बर्ष २७ को स्नान बक्स४) ऐ.ऐ.१० बस्ने बर्ष २७ को उमेश बस्नेत ।

ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक घाईते ।
२०८०-०२-०१

सल्यान मिति २०८०।०२।०१ गते । जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ अम्रा स्थित छिन्चु जाजरकोट सडकखण्डमा नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको चालक जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ८ मार्के बस्ने वर्ष ३४ को खेमराज बुढाले चलाई ल्याएको भे.१ ख.३९१९ नं.को मालबाहक ट्रक र विपरित दिशाबाट आउँदै गरेको चालक ऐ.ऐ.बालुवासंग्रही बस्ने हरिराम शाहीको छोरा वर्ष २१ को सौरब शाहीले चलाई ल्याएको भे.१२ प.१९२ नं.को मोटरसाईकल एकआपसमा ठोक्किन जाँदा मोटरसाईकल चालक सौरब शाहीको अनुहार, हात र खुट्टामा चोट लागि घाईते  भई उपचारको लागि एम्बुलेन्सद्धारा नेपालगञ्जतर्फ पठाएको अवस्था सिरियस साथमा निजको बुवा हरिराम शाही रहेको ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा ट्रक र ट्रक चालकको कागजपत्र भएको दुबै ट्रक चालक प्रहरीको । 

मिनी ट्रिक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना घाईते ।
२०८०-०१-३१

मिति २०८०।०१।३१ गते अ. ०८२० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ०२ सत्तरी स्थित रत्नराजमार्गमा नेपालगंज बाट सुर्खेत तर्फ जादै गरेको भे.१ह.२०६३ न.मिनी ट्रक र बिपरित दिशा तर्फ आउदै गरेको क.प्र.०२००२ प.१४६८ न.मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. ५ वस्ने वडा अध्यक्ष वर्ष ४० को कृष्ण बहादुर सलामीको टाउको, खुट्टामा चोट, पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष २७ को बल बहादुर सलामी टाउको, खुट्टामा चोट दुबै जनाको कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भईरहेको अवस्था सामान्य । ट्रक चालक जिल्ला जाजरकोट छेडागाड नगरपालिका वडा नं. १ बस्ने बर्ष २२ को महेन्द्र बुढा सामान्य, दुबै सवारी साधन ट्राफिकको नियन्त्रणमा ।

भरुवा बन्दुक सहित मानिस पक्राउ ।
२०८०-०१-२९

मिति २०८०।०१।२८ गते अं. १६:०० बजेको समयमा जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. १० बच्छी स्थित सिकारी टोलीले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सुचना प्राप्त हुन साथ अस्थायी प्रहरी पोष्ट तातापानी सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले ३ नाल भरुवा बन्दुक सहित जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. १० बस्ने बर्ष ४५ को जगत बहादुर खत्री, ऐ.ऐ. बस्ने बर्ष ५७ को हस्त बहादुर नेपाली र  ऐ.ऐ. बस्ने बर्ष ६० को टेक बहादुर बयकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई अनुसन्धान भईरहेको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०१-२८

मिति २०८०।०१।२८ गते अ.१४:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. ३ हिलेखाली स्थित लागूऔषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालय बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको  ।निम्न1=  जिल्ला सुर्खेत विरेन्द्रनगर न.पा. २ बस्ने बर्ष २३ को तपेन्द्र शाही ।2= ऐ. १० बस्ने बर्ष २१ को निरज राना मगर । 3=  ऐ.१ बस्ने बर्ष २९ को गणेश थापा । 

सामुदायिक बनमा आगलागि हुँदा मानिस जली घाईते ।
२०८०-०१-२७

मिति २०८०।०१।२७ गते अ.१४;४५ बजेको समयमा जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. ८ खिड्की ज्युला स्थित भाता सामुदायिक बनमा आगलागि भएको भनि स्थानियले जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटिगई ऐ.१५;३० बजे उक्त आगलागि भएको स्थानमा प्रहरी टोलि पुग्दा प्रधान मन्त्रि रोजगार कार्यक्रम अन्तरगत सडकमा काम गरिरहेका मानिसहरु आगलागिमा परी ११ जना घाईते भई निजहरुको उद्दार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र राकम कर्णालीमा उपचार भईरहेको  । 1=  जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. ६ बस्ने बर्ष अ.२० की जौकला बि.क. अवस्था सिरियस । 2=  ऐ.ऐ.बस्ने बर्ष अ.३२ को नबिन बि.क.सिरियस । 3=  ऐ.ऐ.बस्ने बर्ष अ.५० को मोते बि.क.सिरियस । 4=  ऐ.ऐ.बस्ने बर्ष अ.३३ को भैरे बि.क. 5=  ऐ.ऐ. बस्ने बर्ष अ.४० की मैना बि.क. 6=  ऐ.ऐ.बस्ने बर्ष अ.३३ को प्रज बि.क. 7=  ऐ.ऐ.बस्ने बर्ष अ.२०को छत्र बि.क. ।

सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०१-२०

सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-३ खम्बागाड भन्ने स्थानमा सदरमुकाम देखी गुटु तर्फ आउदै गरेको भे १ ख २५२६ नं.को मिनि बसले एक्कासी ब्रेक हान्दा सोही बसमा सवार जिल्ला अछाम रामारोशन गाउँपालिका-३ बस्ने वर्ष ३८ को धन बहादुर बुढामगर ढोका बाट खस्न गई घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र सालकोट सुर्खेतमा उपचार भईरहेको, घाईतेको टाउको र कानमा चोट ,अवस्था सिरियस, मिनिबस र चालक-जिल्ला दैलेख नारायण नगरपालिका-८ बस्ने वर्ष २६ को रान रावल लाई नियन्त्रणमा लिई तालुक ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत तर्फ पठाईएको, ऐ.१६:५५ बजे निज घाईतेलाई क.प्र.००२-०१ झ ०१७९ नं. को एम्बुलेन्स द्धारा थप उपचारको लागी सदरमुकाम तर्फ पठाईएको साथमा भतिज ओम थापा उपचारमा संलग्न रहेको ।

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।
२०८०-०१-१७

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क स्थित रहेको राना होटलमा लागु औषध कारोबार भईरहेको अवस्थामा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो सुर्खेत बाट ५ जनाको प्रहरी टोलीले नापतौल नभएको ७(सात)पुरीया लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट ४ जनाको प्रहरी टोली खटिगएको ।नियन्त्रणमा लिएको ब्यक्तिहरू:१. जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० एकतानगर बस्ने जय बहादुर खत्रीको छोरा बर्ष १८ को लोक बहादुर खत्री । २. ऐ.ऐ.बस्ने टोप बहादुर शाहीको छोरा बर्ष १८ को भुपेन्द्र शाही ।३. ऐ.ऐ बस्ने बिनोद कार्की को छोरा बर्ष १९ को महेन्द्र कार्की । 

कुनैपनि बिल नभएको अवैध सामान बरामद ।
२०८०-०१-१५

सुर्खेत, जिल्ला सुर्खेत सिम्ता गाँउपालिका वडा नं.६ राकम स्थित प्रहरी चेक पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगंज देखी जाजरकोट तर्फ जाँदै गरेको भे १ख ४०३५ नं.को SML गाडी लाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको निम्न सामानहरु बरामद गरी ईलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतको नियन्त्रणमा  लिई प्रहरीको जिम्मा लगाई उक्त सामानहरु भन्सार कार्यालय नेपालगंज बाँके तर्फ पठाईएको ,गाडी गन्तव्य तर्फ पठाईएको , निम्न सामानहरू:- १) पाल्की चामल ११ बोरा – अन्दाजी रु २०,९००/- २) स्टार चामल ९ बोरा – अन्दाजी  रु १७,०१०/- ३) चिनी २५० के.जी. - अन्दाजी रु १७,५००/- ४) ड्यु र फेन्टा १२ बोतल - अन्दाजी रु १,८०० / ५) सुपर पावर सुर्ती ११६ पोका - अन्दाजी रु १५,०८०/- ६) पापड १ बोरा ( २० के.जी.) –अन्दाजी रु १०००/- अन्दाजी जम्मा रु -७३,२९० ( त्रिहत्तर हजार दुई सय नब्बे मात्र ) बराबरको सामान बरामद गरेको हो ।

कुनैपनि बिल नभएको अवैध सामान बरामद ।
२०८०-०१-१३

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको बा ४ ख ४५८२ नं.को हाईस र भे १ ज ९९० नं.को फोर्स गाडी लाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको निम्न सामानहरु बरामद गरी ईलाका  प्रहरी कार्यालय छिन्चु मा ल्याई राखिएको, गाडी गन्तव्य तर्फ पठाईएको,बरामद गरेका निम्न सामानहरु :- १) कुर्ता सुरुवाल- ४९ जोर अं.मुल्य रु - ७३,५०० २) तन्ना – ९ पिस अं. मुल्य रु -१०,८०० ३)चिनी – २७५ के.जी. – अं. मुल्य रु- २७,५०० ४) सुपर पावर सुर्ती -२४५ पोका – अं. मुल्य रु- ६६,१५० जम्मा रु -१,७७,९५० ( एक लाख सतहत्तर हजार नौ सय पचास ) उक्त बरामद भएको २४५ पोका सुपर पावर सुर्ती प्रहरीको जिम्मा लगाई राजश्व कार्यालय सुर्खेत तर्फ पठाईएको र अन्य सामानहरुलाई भन्सार कार्यालय बाँके तर्फ पठाउने पहल भईरहेको ।

डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किदा ५ जना घाईते ।
२०८०-०१-१२

सल्यान, जिल्ला सल्यान छत्रेश्‍वरी गाउँपालिका-६ राप्ती राजमार्गको कल्लेखोलाको मोडमा सल्यानको फलाबाङदेखी सल्यान श्रीनगर तर्फ आउदै गरेको चालक जिल्ला सल्यान शारदा नगरपालिका-१२ बस्ने बर्ष अ.३०।३२ को राजेश बोहोराले चलाई ल्याएको लु.१ज.९७२७ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किन गई उत्तानो अबस्थामा पल्टिन जाँदा उक्त जिपमा सवार ५ जना घाइते भई श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भई रहेको ।निम्न घाईतेहरू:- १) जिल्ला सल्यान शारदा न.पा.१२ अम्राईटाकुरा बस्ने बर्ष अं.५८ की गोमा बोहोराको टाउको बाँया भागमा चोट अबस्था सिरियस । २) ऐ.ऐ. बस्ने बर्ष २९ को सागर बोहोरा, बाँया हात,खुट्टामा चोट अबस्था सामान्य । ३) ऐ.ऐ. बस्ने बर्ष अं.३८ की कमला बुढाथोकी, हात खुट्टामा चोट अबस्था सामान्य । ४) ऐ.ऐ. बस्ने बर्ष अं.३३ को गोबिन्द बोहोरा, कुममा चोट अबस्था सामान्य । ५) ऐ.ऐ. बस्ने बर्ष अं.४३ को गोपिलाल बोहोरा, अबस्था सामान्य ।

बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिदा ७ जना घाईते ।
२०८०-०१-११

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ हर्रे देखि ४ कि.मी. अगाडि रत्न राजमार्गमा नेपालगंज देखि डोल्पा तर्फ आउदै गरेको बाग्मति ०१ ०२६ प २७९९ न. को बोलेरो जिप आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा जम्मा सवार ७ जना मध्ये निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट ३ जनाको प्रहरी टोली खटिगएको।घाईतेहरु:-१) जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-११ बस्ने बर्ष ३३ को गोरख बुढा बाया हातमा चोट अबस्था बोल्न सक्ने ।२) ऐ.ऐ.६ बस्ने बर्ष २७ कि दिलचन्द रोकाय बाँया हातमा चोट अबस्था बोल्न सक्ने ।३) ऐ.ऐ.१० बस्ने बर्ष ४७ की बेलमति गिरी बाँया हातमा चोट अबस्था सामान्य ।४) ऐ.ऐ.२ बस्ने बर्ष ९० की धनकली बोहरा बाँया हात र निधारमा चोट सामान्य ।५) ऐ.ऐ.१० बस्ने बर्ष ७६ की जसु गिरी निधारमा चोट सामान्य ।६) ऐ.ऐ.११ बस्ने बर्ष ३९ की देउरुपा पुन शरिरमा चोट सामान्य । ७) ऐ.ऐ.१ बस्ने बर्ष १९ की बिमला बुढा ढाडमा चोट ।

जुवातास खेलिरहेेको अवस्थामा ५ जना पक्राउ ।
२०८०-०१-१०

सुर्खेत, जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-६ बस्ने किशोर कुमार के.सी.को घरमा जुवा तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट  ७ जनाको प्रहरी टोली खटी गई निम्न स्थान बस्ने निम्न मानिसहरु लाई रु-२४,२८५ (चौबिस हजार दुई सय पचासी रुपैया ) र ३ गड्डी तास सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको। १) ऐ,ऐ-५ बस्ने वर्ष ४३ को धुव्र पुरी । २) ऐ,ऐ बस्ने वर्ष ५३ को प्रकाश गुरुङ । ३) ऐ,ऐबस्ने वर्ष ५७ को तप ब.राना । ४) ऐ,ऐ-६ बस्ने वर्ष ४६ को खड्क ब.रावत । ५) जि.दैलेख दुल्लु न.पा.११ घर भई हाल विरेन्द्रनगर नगरपालिका-३ बस्ने वर्ष ४६ को अमर भण्डारी ।

सवारी दुर्घटना सम्बन्धी ।
२०७९-१२-३०

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक नजिक मंगलगढी चोक बाट बाङ्गेसिमल तर्फ जाँदै गरेको क.प्र. ०२-००१ प ६८१४ नं. को मोटरसाईकलले एरिचोक बाट बजार तर्फ ल्याउदै गरेको फलफुलको ठेलालाई ठक्कर दिँदा ठेला वाला जिल्ला बाँके नेपालगन्ज घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन डेरा गरी बस्ने बर्ष अं. ३३ को हासिम ईद्रोसी लाई ठक्कर दिँदा दाहिने खुट्टा, टाउको, शरिरको विभिन्न भागमा चोट लागि घाईते भई सुर्खेत अस्पतालमा उपचार भईरेहेको अवस्था बोल्न सक्ने, घाईतेको साथमा निजको दाई र मोटरसाईकल चालक जिल्ला दैलेख दुल्लु नगरपालिका-२ बस्ने वर्ष अं.२१ को सन्देश थापा रहेको, प्रहरी सहायक हवल्दारको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटिएको, मोटरसाईकल ट्राफिकको नियन्त्रणमा, कागजपत्र साथमा नभएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-१२-२९

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ चोखेढुङगा स्थित खगिसरा खत्रीको ढुङ्गा र माटोले बनेको २ तले कच्चि घरको वाँया साईटको कोठा भित्र पुडिया बनाउदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षकको  कमाण्डमा ४ जनाको टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने बर्ष २५ को खेमराज खत्री, जिल्ला दैलेख नरायण नगरपालिका-८ बस्ने बर्ष १९ को सन्दिप गुरुङ, जिल्ला बाँके बैजनाथ गाउँपालिका-३ बस्ने बर्ष २४ को सागर राना सहित ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ वटा प्याकिङ्ग पुडिया र खुल्ला ११ वटा पुडिया बरामद गरी नियन्त्रणमा लिएको ।

अवैध काठ बरामद ।
२०७९-१२-२१

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ थौरी स्थित राजिगाउँ बस्ने बर्ष अन्दाजी ३४/३५ की छत्रकला राजीको घरमा काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट १० जनाको प्रहरी टोलि खटि गई हेर्दा छत्रकला राजीले आफ्नै घर अगाडी तरकारी लगाएको बारीमा खाल्डो खनि अबैध रुपमा राखेको सालजातको चिरान कडी र फेन्टा ( ४,५,६,७ फिट) गरी अं. ४५ वटा बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, निज महिला यस चौकीको नियन्त्रणमा वन कार्यालयलाई खबर भईसकेको । नियन्त्रणमा लिएको महिलाको नव जात शिशु भएको कारणले गर्दा निजको आफन्त अन्टि नाता पर्ने बर्ष अं. ३६ की शान्ती राजिको जिम्मा लगाई भोलि १०:०० बजे वन कार्यालयमा उपस्थित गराउने गरी जिम्मा जमानिमा छाडिएको ।

हुम्लामा आगलागि हुदा एकलाख पचार हजार बराबरको सामान को क्षती ।
२०७९-१२-१९

जिल्ला हुम्ला चंखेली गाउँपालिका वडा नं. २ दार्मा बस्ने जीवन शाहीको २ तले ६ कोठे कच्ची घरमा खाना पकाउने क्रममा एक्कासी आगो लागि भई घरको माथिल्लो तलाको २ वटा कोठा जलि पुर्ण रुपमा क्षेती भएको, मानवीय चौपाय क्षती नभएको र माथिल्लो कोठामा रहेको निम्नानुसारको समान समेत जलि क्षेती भएको, ऐ. १६:०० बजेको समयमा प्रहरी र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रण, घटनास्थलतर्फ प्रहरी चौकी मिमि हुम्लाबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ५ जनाको टोली खटि गएको क्षतीको बिवरण :- १. बल्यांकेट/कम्बल १५थान २. धान/कोदो ३/४ क्विन्टल ३. सल्लाको काठ  ४५ क्युफिट जम्मा अ. १,५०,०००( एक लाख पचास हजार ) रकम बराबरको क्षति भएको ।  

सल्यानमा भिरबाट लडी एक बृद्धको मृत्यु ।
२०७९-१२-१७

सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-३ सेताभिर स्थित भित्री कच्चि सडक खण्डको बाटोमा कुमाख गाउपालिका-६ बडागाँउ बस्ने दयाराम परीयारको श्रीमति बर्ष ७० कि पदमी परीयार मृत अवस्थामा छ भनि स्थानिय डिल्लि बहादुर के.सी.ले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय थामारे सल्यान जानकारी गराएपश्चात यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटिई गएको । हाल बागचौर नगरपालिका-२ लष्टम  बस्ने छोरी निर्मला दमाईको घरमा बस्दै आएकी, बेला बेलामा घर बाट आफुखुसि हिडने गरेको, निज मृतक सडक बाट बाटो बाट अं.८० मिटर तल तल्लो सडक बाटोमा खस्न गई लडेको जस्तो देखिएको । 

जबरजस्ती करणी सम्बन्धी फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-१५

 सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७९/०५/२३ गतेको फैसला आदेशले परिवर्तित नामथर वतन ६३ भक्तपुर २ को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी छोटु भन्ने समिर अहमद कबडिया भएको जबरजस्ती करणी मुद्दामा २ बर्ष ३ महिना कैद र रु २५,००० जरीवाना भई भागि फरार रहेका प्रतिबादी छोटु भन्ने समिर अहमद कबडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसंग समन्वय गर्दै खोजतलास गर्ने क्रममा मिति २०७९/१२/१२ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा दाखिला गरेको हुदा निज फरार प्रतिवादिलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात निजलाई आज मिति २०७९/१२/१४ गते सम्मानित जाजरकोट जिल्ला अदालतमा पेश गरीएकोमा निज प्रतिवादिलाई कारागार चलान गरीएको । 

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।
२०७९-१२-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारी वस्ने वर्ष २० को अर्जुन बादी र वर्ष २० को संकर बादी निज अर्जुन बादीको घरको बाहिर संकात्मक रुपमा बसिरएको अबस्थामा प्रहरी चौकी सुब्बाकुना बाट गस्तिमा खटिएका प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा भागी घर भित्र गएको हुदाँ के रै छ भनी हेर्न जादाँ आफ्नै सुत्ने कोठाको दराज भित्र लुकाई छिपाई राखेको लागूऔषध ब्राउण सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ३ पुडिया फेला पारी निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध सहित तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत  पठाईएको । 

मृत अवस्थामा लाश फेला ।
२०७९-१२-१३

दैलेख, जिल्ला दैलेख महाबु गाउँपालिका-५ गडिगाउ बस्ने सहबिर चुनाराको श्रीमति बर्ष अ.७३ कि लिलावती चुनारा मिति २०७९।१२।४ गते घर बाट हराई बेपत्ता भएकोमा निजका आफ्तहरुले खोजतलास गर्दै जादा आज मिति २०७९।१२।१२ गतेको अ.१८;४० बजेको समयमा जिल्ला दैलेख भैरवि गाउँपालिका-६ कुर्माकोट स्थित भुतेर खोलामा मृत अबस्थाम फेला परेको भनि सोहीठाउ बस्ने रबिलाल चुनाराले टेलीफोन मार्फत जानकारी गराउना साथ प्रहरी चौकि पानिपोखरी बाट ३ जनाको प्रहरी टोलि खटि गएको र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दुल्लु बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटि गएको ।

सुर्खेतमा टिप्परले च्यापिएर एकजनाको मृत्यु ।
२०७९-१२-१२

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ डम्पिङ् क्षेत्रमा भेरी नदिबाट ढुङ्गा लिएर जाँदै गरेको भे १ ख २२०५ नं. को टिप्पर डम्पिङ् क्षेत्र नजिकै अनियन्त्रित भई बाटो देखी अं. १० मिटर तल खस्न जाँदा टिप्पर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष ३२ को उमेश वि.क. सोही टिप्परको पछाडीको टायरले पुरै शरिर च्याप्पिएको भन्ने खबर प्राप्त हुन साथ तत्काल उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको प्रहरी टोलि र तालुक  जिल्ला प्रहरी कार्यालय  सुर्खेत बाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलि खटिगएको र निज चालक उमेश वि. क. को टिप्परले च्याप्पिएर मृत्यु भइसकेको र मृतक लाशलाई उद्धार गरी निकाली घटनास्थल कार्य भइरहेको ।

पेट्रोल छर्कि आगो लगाउन खोज्ने व्यक्ति पक्राउ ।
२०७९-१२-०९

रूकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.९ चौखाबाङ् घर भई मुसिकोट नगरपालिका-४ ठाराडुङ्गा मनिराम पुनको घरमा कोठा भाडा गरी बस्ने बर्ष ३० कि कृष्णा वली खड्का लाई जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-१० बेलुवा बस्ने बर्ष ३५ को प्रेम ब. के.सी. ले एक्कासी आई १ लिटर पेट्रोल शरिरमा छर्काई लाईटर बाली सल्काउन खोज्दा स्थानिय छिमेकी ले देखि समाउन खोज्दा भागी फरार भएको भन्ने टेलिफोन मार्फत  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटीगएको प्रहरी टोलीले निज लाई घट्ना स्थल देखि उत्तर तर्फ रहेको रबी बोहराको गँहु बारीमा लुकी रहेको अबस्थामा नियन्त्रणमा लिएको निज महिलाको अबस्था सामान्य रहेको । 

काठ बोकेको ट्याक्टर सहित मानिस नियन्त्रणमा ।
२०७९-१२-०९

मुगु, जिल्ला मुगु  खत्याड गाउँपालिका वडा नं. ०६ पन्सेरी बस्ने बर्ष अन्दाजी २१ को चालक तिलक राज बुडथापाले चलाई ल्याएको भे २ त ६८१ नं. को ट्याक्टरमा सल्ला प्रजातिको सुकेको तक्ता (फल्याक) र फेरेम गरी ८० (असि ) पिस काठ माझचौर बाट झुगाला तर्फ लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय रातापानी मुगुबाट खटिएको प्रहरी  टोलिले चेकजाँच गर्ने क्रममा फेला पारी ट्याक्टर चालक, काठ मालिक जिल्ला मुगु खत्याड गाउँपालिका-७ बस्ने बर्ष ४९ को दत्त प्रसाद सन्जेल, ट्याक्टर र काठ नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रातापानी मा राखीएको ।  

कर्णाली राजमार्गमा फोर्स गाडी र कार ठक्कर खाँदा मानिस घाईते ।
२०७९-१२-०८

सुर्खेत,  जिल्ला सुर्खेत बराहताल गाउँपालिका-५ अमलाखाली स्थित कर्णाली राजमार्गमा सुर्खेत देखि दैलेख तर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०५२० नं. को फोर्स गाडी र विपरित दिशा बाट आउँदै गरेको बा. प्र. ०१-०२६ च ७२०७ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न:- १) फोर्स गाडीको सवार जिल्ला दैलेख ठाँटिकाध गा.पा. ४ बस्ने बर्ष ६१ की कोपिला थापाको अनुहारमा चोट सामान्य उपचारको लागी सदरमुकाम तर्फ पठाईएको । २) फोर्स गाडीमा सवार जिल्ला सुर्खेत बराहताल गाउपालिका- ७ बस्ने बर्ष ५१ को धर्मे कामी निधारमा चोट अबस्था सामान्य स्थानिय मेडिकलमा उपचार भईरहेको । ३) कारमा सवार जिल्ला भक्तपुर चागुनारायण नगरपालिका- ९ बस्ने बर्ष ६० को मणी प्रसाद न्यौपाने वाया कुममा चोट ।  दुवै सवारी चालक नियन्त्रणमा । 

फरार प्रतिवादी प्रकाउ ।
२०७९-१२-०८

सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३२४७ कुटपिट मुद्वामा ३ महिना कैद र रु. ५,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १३ बस्ने बर्ष ४७ को बले दमाई र निजको श्रीमती बर्ष ४३ की खगिसरा दमाई लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय व्युरो शाखा बाट खटिएको प्रहरी टोली र प्रहरी चौकी  सुब्बाकुना बाट खटिएको ५ जनाको संयुक्त प्रहरी टोलिले निजको घर वतन बाट नियन्त्रणमा लिई यस जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई फैसला कार्यान्वयनको लागी सुर्खेत जिल्ला अदालतमा पठाउने कार्य भईरहेको । 

रुकुम पश्चिममा मृत अवस्थामा लास फेला ।
२०७९-१२-०७

रुकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं:३ छेडा बस्ने लोक बहादुर खत्री मिति २०७९।१२।०१ गतेका दिन गाई भैसीलाई घाँस काट्न जान्छु भनि बिहान ०८:०० बजेको समयमा घर बाट निस्केको र आफन्त गाउँ समाज लगाएत आफन्तजनहरुलाई समेत टेलीफोन गर्दा समेत सम्पर्कमा नआएको हुदाँ निज ब्यक्तिको खोज तलास गरी पाँउ भनी निजको भाई नाता पर्ने डिल्ली बहादुर खत्रीले मिति २०७९।११।०२ गते प्रहरी चौकी सोलबाङमा लिखित निबेदन पेश गरेको हुँदा मिति २०७९।१२।०७ गते १४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल प्रहरीको कुकुरको सहायताबाट खोजतलास गर्दै जाने क्रममा मुसिकोट ननगरपालिका-३ छेडा देखि माछमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडक देखि ५०/६० मिटर तल माटोमा मृत अवस्थामा फेला परेको ।  

सल्यानमा किराना पसलमा आगलागी हुदा मानिस घाईते ।
२०७९-१२-०७

सल्यान, जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोला स्थित शंकर रानाको ३ कोठे १ तले टिनले छायको कच्चि घरको किराना पसल रहेको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेको निम्न ब्यक्तिहरू जलि घाईते भई उपचारको लागी एम्बुलेन्स मार्फत मिशन अस्पताल चौरजहारी पश्चिम रूकुम लगेको,आगलागीको कारण खुल्न नआएको , किराना पसलको माल सामान जलिनष्ट भएको क्षेतिको बिवरण आउन बाँकी उक्त स्थानमा प्रहरी टोली खटिई गएको, घाईतेहरू:- १. जिल्ला सल्यान कुमाख गाउँपालिका-४ भण्डारखोला बस्ने बर्ष २४ को शंकर राना, २.बर्ष २६ को यज्ञ राना ,३.बर्ष २१ को जीवन राना, (सम्पुर्णको अवस्था सिरियस रहेको र) ४.क्षेत्रमणी राना, र संजिब शाह, बोल्न सक्ने । ऐ. २३:०० बजेको समयमा सम्पुर्ण घाईतेहरु थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बांकेको लागी रिफर भएको । 

मानिस मृत फेला परेको ।
२०७९-१२-०६

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ४ जनस्वास्थ्य कार्यालय अगाडि जुगार्ड खोलामा तातोपानी गाउँपालिका-५ लाम्रा घर भई मिति २०७९/१२/०४ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा दमको उपचारको लागि आएको बर्ष ७० को लालु नेपाली ५ गते राति अ.२४:०० वजेको समयमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बाहिर निस्केकोमा निजको कुरुवा बुहारी दुरपती नेपालीले खोज गर्दै जादा मृत अबस्थामा फेला परेको भनी जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोली खटि गएको  र थप अनुसन्धानको लागी प्रहरी निरीक्षकको  कमाण्डमा SOCO सहित ३ जनाको टोलि खटिएको । 

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा स्वत्रन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) को निर्वाचन सम्बन्धी
२०७९-१२-०५

कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) को निर्वाचन मिति २०७९।१२।०५ गते बिहान ०७:०० बजे देखि ४० वटा क्याम्पसहरु मध्ये १८ वटा क्पाम्पसहरुको सुरु भई  १७:०० बजे मतदान कार्य समापन भएको छ ।  उक्त क्याम्पसहरु मध्ये १६ वटा क्याम्पसहरुमा निर्विरोध भएको र ६ वटा क्याम्पसहरुमा विविध कारणले गर्दा निर्वाचन कार्य स्थगित भएको हो । निर्वाचन भएको १८ वटा क्याम्पसहरु मध्ये २ वटा क्याम्पसहरुको मतगणना कार्य समाप्‍त भएको छ र अन्य १६ वटा क्याम्पसको मतगणना कार्य जारी छ ।

धारिलो बस्तु प्रहार गरी मानिस घाईते प्रहार गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा।
२०७९-१२-०५

सल्यान,  जिल्ला सल्यान बागचौर नगरपालिका-३ पुतलीबास घर भई दार्मा गाउपालिका-४ मौलाहाले स्थित रहेको त्रिरत्न मेडिकल हलमा काम गर्ने बर्ष २३ को ओमकार डाँगीलाई दार्मा ४ नाउला बस्ने बर्ष २० को अम्मर रावत र निजकै भाई बर्ष १८ को बिबेक रावतले औषधी किन्ने बिषयमा बादबिवाद हुदा धारिलो बस्तुले टाउको ढाड र बाँया हातमा हानी घाईते भई सोही मेडिकलमा उपचार भई रहेकोमा थप उपचारको लागी बागचौर तर्फ पठाएको भनि आफन्तहरूले अस्थायी प्रहरी पोष्ट चौरपानी सल्यानमा  निबेदन दिएकोमा  तत्काल प्रहरी टोली खटि निज धारिलो बस्तु प्रहार गर्ने दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय थारमारे सल्यान तर्फ पठाएको । 

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।
२०७९-१२-०४

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलि शिब मन्दिर नजिक अस्थायि प्रहरी बिट लाटिकोईली बाट गस्तिमा खटिएका प्रहरी टोलीले गस्ती गर्दै जाँदा ऐ.ऐ.बस्ने बर्ष २६ को जिबन बहादुर के.सी. संकास्पद तरिकाले बसिरहेको अबस्थामा प्रहरीले देखि शंका लागी निजको शरिर खानतलासि गर्दा निजको साथ बाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ( ब्राउन सुगर ) ३ पुरीया (तौल गर्दा शुद्ध ९० मिलिग्राम) र निजको साथमा रहेको Oppo मोबाईल थान  १ र नेपाली रूपैयाँ रू ६१००/- बरामद गरी निजलाई नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको छ । 

सवारी दुर्घटना सस्बन्धी ।
२०७९-११-३०

सुर्खेत,  मिति २०७९।११।३० गते अं.०९:०० बजे जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका  ६ स्थित गोदाम लाईन नजिक मंगलगढी चोक नजिक मोटरसाकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ४ क्याम्पस रोड बस्ने कृष्ण राज बुढाको छोरा बर्ष ७ को दिपेन्द्र बुढालाई बाटोमा हिँडिरहेको अबस्थामा ठक्कर दिँदा टाउको, दाँहिने खुट्टामा चोट लागि घाईते भई माया नर्सिङ होम सुर्खेतमा लिई उपचार भईरहेको छ । चालक जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ६ बस्ने बर्ष १८ को समिर कुरेसीलाई नियन्त्रणमा लिदा कागजपत्र साथमा नभएको पाइएको छ । थप अनुसन्धानको लागि  ५ जनाको प्रहरी टोलि खटिको छ । 

भरुवा बन्दुकको गोलि लागि मानिसको मृत्यु भएको सम्बन्धमा।
२०७९-११-३०

सल्यान , मिति २०७९।११।२९ गते १७:३० बजे जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका ९ स्वारा बस्ने वर्ष अं.४० को आइते रावत , वर्ष अं. ४९ को दिले रावत र निज दिले रावतकै छोरा वर्ष अं. १५।१६ को चित्र बहादुर रावत घरदेखि २ किलोमिटर टाडा जंगलमा शिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किन गइ दिले रावतको छोरा चित्र बहादुर रावतको पेट र घाटिमा गोलि लागि घाइते भइ निजहरुलेनै औषधि उपचारको लागि गाडिद्वारा सुर्खेत तर्फ लग्दै गर्दा नगरपालिका ७ ओरघाट भन्ने स्थानमा मृत्यु भइ लास निजकै घरमा ल्याइ राखेको र निज आइते रावत फरार भएको भनि युवराज रावतले जिल्ला प्रहरी कार्यालय सल्यानमा २१:३५ बजेको समयमा जानकारी गराएपश्चात ३ जनाको प्रहरी टोलि खटिइ गएको र थप अनुसन्धानको लागि SOCO सहित ७ जनाको प्रहरी टोलि खटिइ गएको । 

पिङ खेल्ने क्रममा लडी मृत्यु ।
२०७९-११-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ स्थित जिरोड्याम नजिक रहेको काँक्रेबिहार फन पार्क एण्ड रिसोर्ट प्रा.लि. को फन पार्कमा रहेको फलामको पिङ खेल्ने क्रममा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-६ बस्ने बर्ष ५० की पविसरा सुनार  र  जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. ३ बस्ने बर्ष २६ की प्रतिमा गदाल निजको छोरा बर्ष २ को प्रनिल गदाल गरी जम्मा ३ जना उक्त पिङ भाँचिदा घाईते भई उपचारको लागि उक्त रिसोर्टका सञ्चालक कर्ण सुस्लिङ मगरले कर्णाली केयर अस्पताल सुर्खेतमा लिई उपचार गराउँदा उपचारको क्रममा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-६ बस्ने बर्ष ५० की पविसरा सुनारको मृत्यु भएको र प्रतिमा गदालको वाँया आँखामाथि, ओठ, टाउको, बाँया हातमा चोट बोल्न सक्ने अबस्था सामान्य निजको छोरा बर्ष २ को प्रनिल गदाल पनि सामान्य रहेको ।

कुनै पनि बिल नभएको अवैध सामान बरामद ।
२०७९-११-२५

सुर्खेत, सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित खटिएका प्रहरी टोलिले कोहलपुर देखि सल्लीबजार तर्फ जाँदै गरेको भे १ च ४२५२ नं. को बोलेरो जिप लाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका निम्न परिणामका सामानहरु बरामद गरी यस ई.प्र.का. छिन्चु सुर्खेतमा ल्याई राखिएको, गाडीलाई गन्तब्य तर्फ पठाईएको । निम्न:- 1) कुर्ता सुरुवाल – २८ पिस 2) साडी – १९ पिस 3) लेङ्गा – २ जोर 4) जेन्स रेडीमेड कुर्ता सुरुवाल – १ जोर 5) काचो कपडा सर्ट पाईन्ट – १/१ पिस 6) स्टकोटको कपडा – १ मिटर (थान १) 7) गरम मसला – २ प्याकेट मिक्स 8) किसमिस – २ प्याकेट 9) काजु – २ प्याकेट 10) बदाम – २ प्याकेट 11) नधुलो मसला – १ प्याकेट 12) कुरमुरे – २ प्याकेट 13) लेडिज सेन्डिल चप्पल – १ जोर 14) जेन्स जुत्ता – २ जोर 15) सानो बच्चाको लेडिज ब्याग -२ पिस । 

फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१७

सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.९९५ मा ९६,९४५।-(अक्षेरुपी छयानब्बे हजार नौ सय पैंतालिस) ९९७ मा ४३,४३२.५०।-(अक्षेरुपी त्रिचालिस हजार चार सय बत्तिस रुपैंया पचास पैंसा) र ९९८ मा २६,९३५।-(अक्षेरुपी छब्बिस बजार नौ सय पैंतिस) गरी जम्मा १,६७,३१२.५०।-(अक्षेरुपी एक लाख सरसठ्ठी हजार तीन सय बाह्र रुपैंया पचास पैंसा जरीवाना तोकिएका नकबजनी चोरी मुद्दाका (फरार प्रतिवादी) रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.७ बस्ने नरदल बुढाको छोरा बर्ष २५ को महेश बुढालाई जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा निजलाई निजकै घरमा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको र सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेश गर्ने कार्य भई रहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-११-१६

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ खोर्केलाई स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले  जिल्ला झापा दमक उप-महानगरपालिका ९ घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल स्थित भाडामा बस्ने बर्ष अन्दाजी २५ को सन्दिप बराइलीको कोठामा खानतलासी गर्दा कोठामा रहेको दराज भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निजको साथबाट पोको कम्पनीको मोबाईल थान १, सामसुङ् कम्पनीको मोबाईल थान १ गरी २ वटा मोबाईल र नगद रु. ३,६६५।- (अक्षेरुपी तिन हजार छ सय पैसट्ठी रुपैया मात्र) बरामद गरी  जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-११-१६

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ खोर्केलाई स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले  जिल्ला झापा दमक उप-महानगरपालिका ९ घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल स्थित भाडामा बस्ने बर्ष अन्दाजी २५ को सन्दिप बराइलीको कोठामा खानतलासी गर्दा कोठामा रहेको दराज भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निजको साथबाट पोको कम्पनीको मोबाईल थान १, सामसुङ् कम्पनीको मोबाईल थान १ गरी २ वटा मोबाईल र नगद रु. ३,६६५।- (अक्षेरुपी तिन हजार छ सय पैसट्ठी रुपैया मात्र) बरामद गरी  जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१५

रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.९०७ मा रहेका बहु बिबाह मुद्दामा१ बर्ष कैद र रु १०,०००। (अक्षेरुपी दश हजार) जरिवाना तोकिएको(फरार प्रतिवादी) जिल्ला रुकुम पश्चिम सानिभेरी गाउँपालीका-३ घर भई हाल सानिभेरी गाउँपालिका-९ बस्ने बर्ष ३१ को लोक ब.बि.क.लाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट  प्रहरी निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलीले मुसिकोट नगरपालिका-१ स्थित खलङ्गा बजारमा लुकी छिपि हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी निज लाई सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा पठाई सम्मानित जिल्ला अदालतबाट थुनामा राख्न आदेश भएकोले जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको छ । 

ट्रकले ठक्कर दिदा १ जनाको मृत्यु १ जना घाईते ।
२०७९-११-१५

जिल्ला सुर्खेत बीरेन्द्रनगर नगर पालिका वडा नं. १० घुस्रा स्थित बामेखोला बाट तिनकुने तर्फ खुद्रा सामान लोड गरी आउदै गरेको भे १ ख १५२८ नं. को मिनि ट्रकले ठक्कर दिई घाईते बनाएको जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा.११ बस्ने बर्ष अं. ४०/४२ को कृष्ण चौधरि बाँया खुट्टा र शरिरको बिभिन्ना भागमा चोट अबस्था सिरियस र जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा. १० बस्ने बर्ष अं.४९ को बुद्धिराम थारुलाई बाँया हातको औलामा चोट अबस्था सामान्य, बिजुलिको पोल भाँचिएको, दुबै जना घाईतेभई माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, ट्रक र ट्रक चालक जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ को रबि सार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा लिएको । ऐ. ११:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.११ बस्ने अं. बर्ष ४०/४२ को कृष्ण चौधरी बाँया खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था सिरियस माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको ।  बर्ष ४९ को बुद्धिराम थारुलाई माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-११-१४

सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने बर्ष १९ को श्याम बैगारको कोठामा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको कोठा खानतलासी गर्दा निजको साथ बाट नापतौल गरेको शुद्ध २२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ  लागूऔषध बरामद गरी निजलाई उक्त बरामद भएको लागूऔषध  सहित नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई आवश्यक अनुसन्धान भईरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा थप अनुसन्धान जारी ।
२०७९-११-१४

सुर्खेत,जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१० तोलीखोला स्थित रत्नराजमार्गमा चेकजाँचमा ईलाका प्रहरी कार्यालय सुर्खेत बाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बा. ४ ख ५३२८ नं.को फोर्स गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा सवार जिल्ला सुर्खेत सिम्ता गाउँपालिका-१ खनेटा घर भई हाल जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१० खजुरा डेरा गरी बस्ने बर्ष अं. २० को आर्यन रानालाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट नाप तौल नगरेको २ पुरिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा राखि थप अनुसन्धान भईरहेको र गाडीलाई गन्तब्य तर्फ पठाईएको छ । 

कालीकोटमा भिरबाट लडी मृत्यु ।
२०७९-११-१४

कालीकोट, जिल्ला कालीकोट पलाता गाउँपालिका-८ दाम्री बस्ने बर्ष अ. २७ को बल रोकाया घर नजिक भिरमा बाख्रा चराउन गएको अवस्थामा भिरबाट अ.२०/३० मिटर तल खस्न गई टाउकोमा चोट लागी उपचारको लागी पलाता अस्पताल थिर्पु कालीकोट ल्याएकोमा थप उपचारको लागी जिल्ला अस्पताल मान्म तर्फ ल्याउने क्रममा ऐ. नरहरीनाथ गाउँपालिका-१ लालिघाटमा मृत्यु भएको भनि निजको आफन्तहरुले घर तर्फ लैजाने क्रममा पचालझरना गाउँपालिका-९ फुगार्डमा रोकि राखेकोमा ईलाका प्रहरी कार्यालय पचालझरना कालीकोटबाट प्रहरी हवल्दार को कमाण्डमा २ जनाको टोली खटिएको, थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक को कमाण्डमा २ जनाको टोली खटिएको छ । 

रुकुम पश्चिममा बाटोबाट लडी एकजनाको मृत्यु ।
२०७९-११-११

रुकुम, जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउपालिका-६ बस्ने बर्ष ६० को भुपाल सिंह पुन र ऐ.बस्ने निजको भाई बर्ष ५५ को अम्मर ब.पुन झुल्नेटाबाट घर तर्फ जाँदै गरेको अवस्थामा सोही ठाउ धौलाबाङ स्थित गोरेटोबाटोबाट दुबै जना लडी घाईते भई उपचारको लागि झुल्नेटा बजार स्थित रहेको आकाश पोलिक्लिनिकमा ल्याई अम्मर बहादुर पुनको टाउकोको दाहिने भागमा गम्भिर चोट अवस्था बोल्न नसक्ने भएकोले सामान्य उपचार पश्चात थप उपचारको लागि अम्मर बहादुर पुनलाई रा १ ज १०६६ नं.को एम्बुलेन्सद्वारा नेपालगंज लैजाँदै गर्दा सल्यानको कपुरकोटमा मृत्यु भई निजलाई सोही एम्बुलेन्सद्वारा घर तर्फ ल्याउदै गरेको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी झुल्नेटाबाट  प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ७ जनाको प्रहरी टोली खटी गएको , भुपाल सिंह पुनको ऐ.पोलिक्लिनिकमा उपचार हुदै निधारमा सामान्य चोट अवस्था सामान्य रहेको । 

मृत अवस्थामा फेला ।
२०७९-११-१०

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ भैरबस्थान नजिक जिल्ला सल्यान शारदा नगरपालिका-१ सान्तिनगर घर भई हाल बीरेन्द्रनगर नगरपालिका-४ भैरबस्थान नजिक पदम बहादुर बनको घरमा कोठा भाडा गरी बस्ने सुनिल नेपालीको श्रीमती बर्ष अन्दाजी ३२ की दिपा थापा (नेपाली) मिति २०७९।११।०८ गते १६:०० बजे देखि कोठामा सुतेकोमा बिहान अबेर सम्म नउठेकोमा निजको छोरा बर्ष १७ को शुसान नेपालीले उठाउन खोज्दा मृत अबस्थामा छ भनि टेलफोन मार्फत अस्थायी प्रहरी बिट सहिदपार्कमा जानकारी गराए पश्चात उक्त स्थानमा तत्काल घटनास्थल सुरक्षार्थको लागी प्रहरी हव्लदारको कमाण्डमा २ जनाको प्रहरी टोली खटिएको र थप अनुसन्धानको लागी तालुक  जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट  प्रहरी निरीक्षक को कमाण्डमा ७ जनाको प्रहरी टोली खटिगएको,मृतकले अत्याधिक मा.प.से. गर्ने भन्ने बुझिएको,कोठामा ३(तिन) वटा छोरा रहेको मृतकको श्रीमान ४ दिन अगाडी गाडी लिएर जुम्ला गएको आज फिर्ता हुदै, माईति पक्षलाई खबर भईसकेको घटनास्थलमा मृतकको फुपु कृष्णा जि.सि. पुगिसकेको, १०:४० बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी लाश कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतको शब गृहमा राखिएको छ । 

सल्यान, ट्रक दुर्घटना हुँदा ४ जना घाईते ।
२०७९-११-०९

जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.१ कालाखेत टोट्के सल्ला स्थित राप्ती राजमार्गमा दाङ तुल्सीपुर देखी खाद्यान्न  बोकी रुकुम पश्चिम तर्फ जादै गरेको चालक जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दारिमजिउला बस्ने बर्ष २६ को धर्म बि.क. ले चलाई ल्याएको भे.१ख. २३९७ न.को ट्रक अनियन्त्रित भई सडक देखि अं. १०० मिटर तल खसी दुर्घटना हुंदा उक्त ट्रकमा सवार चालक, सह चालक सहित निम्न ४ जना घाईते भई उपचारको लागि जनप्रिय पोलिक्लिनिक थारमारे तर्फ पठाएको २ जनाको अबस्था सिरियस, २ जना समान्य रहेको उक्त स्थानमा यस का. देखी प्र.नि. कनक शाहीको कमाण्डमा १० जनाको टोली खटिई गएको ।निम्न घाईतेहरु :1=  चालक जि. सल्यान छत्रेश्वरी गाउँपालिका ३ दारिमजिउला बस्ने बर्ष २६ को धर्म बि.क. शरिरको बिभिन्न भाग र दुबै खुट्टामा चोट अबस्था बोल्न नसक्ने गम्भिर । सवार जिल्ला रोल्पा सुनसरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष १९ को प्रबिन घर्ती मगर, शरीरमा चोट , दाहिने खुट्टा भाचिएको, अबस्था बोल्न नसक्ने, गम्भीर ।2=  सह चालक ऐ.ऐ. ६ भोटेचौर बस्ने बर्ष २० को सुदन बि.क. समान्य ।3=  सवार ऐ. बागचौर नगरपालिका वडा नं. ०८ कोटमौला बस्ने बर्ष २७ को निशान चन्द, सामान्य । 4= 

फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०८

सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको लगत नम्बर ७०२/४४० मा बहु-बिवाह मुद्दामा ११ महिना १३ दिन कैद र रु ५,०००।- (अक्षेरुपी पाँच हजार रुपैया) जरिवाना तोकिएका फरार प्रतिबादि जिल्ला रुकुम साँख गा.बि.स.वडा नं.३ हाल जिल्ला रुकुम पश्‍चिम मुसिकोट नगरपालिका वडा नं. ७ बस्ने सुकलाल दमाईको श्रीमती सुष्मा बुढा भन्ने रिता पुनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी नायव निरीक्षक को कमाण्डमा खटिगएको टोलिले जिल्ला रुकुम पश्‍चिम मुसिकोट नगरपालिका वडा नं.१ पातुखोला स्थित फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पठाईएको छ ।

मृत अवस्थामा फेला ।
२०७९-११-०७

कालिकोट, जिल्ला कालीकोट महावै गाउपालिका ५ गेला बस्ने ऐ.स्थित रहेको कालिका मा.वि. गेला को विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वर्ष ६२ को चतुर्भुज शाही महावै.गा.पा.४ डिल्लीकोट स्थित रहेको त्रीवेणी मा.वि. डिल्लीकोटमा पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि आएको मा ऐ.बस्ने कमल रावतको घरमा बसिरहेको अवस्थामा एक्कासि वेहोस भई मृत्यु भएको भनि मिति २०७९।११।०६ गते ०५:५५ बजे टे.फो.मार्फत जानकारी गराए पश्चात प्रहरी चौकी पादमघाट कालिकोट बाट सुरक्षार्थ प्रहरी नायव निरीक्षक को कमाण्डमा-५ जनाको प्रहरी टोली घटनास्थलमा खटिगएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक को कमाण्डमा २ जनाको टोली खटि गएको छ। 

आफ्नै घरमा मृत अवस्थामा फेला ।
२०७९-११-०७

सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-१० बाङगेखर्क बस्ने बर्ष ३७ को रमेश खड्काको श्रीमती बर्ष अं.३३ को टिका खड्का आफ्नै घरको भान्सा कोठामा मृत्यु भएको भनि मृतको सहोदर दाई सल्यान छत्रेश्‍वरी गाउपालिका-२ दमाचौर घर भई हाल दाङ बस्ने बिरेन्द्र ओलिले यस कार्यायलयमा टेलिफोन मार्फत खबर गरे पश्चात उक्त स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा Soco सहित ७ जनाको प्रहरी टोली खटि गई बुझ्दा हिजो देखी पेट दुख्ने बिरामी रहेको भन्ने बुझिएको देखिने घाउ चोट पटक नदेखिएको , अं. २।३ बर्षको छोरा रहेको र लाश घटना स्थलमा रहेको र श्रीमान रमेश खड्का नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।  

लागुऔषध बरामद ।
२०७९-११-०७

जुम्ला, जिल्ला जुम्ला चन्दनाथ नगरपालिका-६ बसपार्क स्थित कर्णाली होटेलको कोठा बाट यस जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा खान तलासी गर्दा उक्त होटलको कोठामा बसेका जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा बस्ने बर्ष २८ को तिलक भण्डारीको बिस्तरा मुनि वाट २ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ र ऐ.१० गैह्रागाउ बस्ने बर्ष १९ की समिक्षा थापाको साथ वाट ५ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ,नाईट्रोभेट ट्याबलेट ३ पत्तामा ३४ वटा र नगद रु२०,५१०।– वरामद गरी बरामदी मुचुल्का सहित निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको छ 

सल्यानमा आगलागी हुदा आठ लाख बराबरको क्षती ।
२०७९-११-०५

सल्यान,  जिल्ला सल्यान कपुरकोट गाउँपालिका-५ सल्लेरी बस्ने बर्ष अन्दाजी ३४ को सोमराज रोकाको ढुङ्गामाटोले बनेको खरले छायको २ तले २ कोठे कच्चि घरमा अचानक आगलागी भएको भनि सोअ ठाउ बस्ने कर्तु बुढाथोकिलेले यस अस्थायी प्रहरी पोष्ट रिम सल्यान मा टेलिफोन  मार्फत जानकारी गराउना साथ तत्काल यस पोष्टबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटिई स्थानिय र प्रहरीको सहयोगमा उक्त आगो २२:३५ बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको, आगो निभाउने क्रममा निजकै श्रीमति बर्ष ३३ कि तोला कुमारी खड्का रोकाको बांया हातको औलामा फोका उठेको,घरको तल्लो तलामा बाँधेका २ जिउ गोरु समान्य जलि घाइते भएको,उक्त आगलागी बाट घर लगायत घरको माथिल्लो तलामा रहेको नगद रु.१,८०,०००(एक लाख असी हजार),सुन १तोला, चाँदी ३तोला,खाद्यान्न,लत्ताकपडा लगायत सम्पुर्ण मालसमान जलि नष्ट भई अन्दाजी ८,००,०००(आठ लाख) बराबरको क्षेति भएको अनुमान गरिएको छ । 

अवैध रुपमा ल्याएको काठ बरामद ।
२०७९-११-०५

मुगु, जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. ७ रामतडी बजार स्थितमा खत्याड गाउँपालिका वडा नं.३ बरातु बाट सोही गाउँपालिका वडा नं ७ रामतडी बजार तर्फ ल्याउँदै गरेको चालक. वडा नं.५ कबा बस्ने वर्ष अं.२० को पदम रोकायले चलाई ल्याएको ग.१ त. ५११२ नं. को ट्याक्टरमा अवैध रुपमा ल्याएको घरमा छाप्ने सरा ( बलो) १७ वटा प्रहरी चौकी माझचौर मुगु बाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ जनाको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई ट्याक्टर,काठ,चालक र सहचालक वडा  नं ५ कबा बस्ने वर्ष अन्दाजी २२ को भिम बहादुर रोकायलाई सब डिभिजन कार्यालय माझचौरमा बुझाएको  छ । 

सालको रुखबाट खसि एकजनाको मृत्यु ।
२०७९-११-०४

सुर्खेत,जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-५ राजिगाँउ बस्ने चन्द्र बहादुर खडकाको श्रीमती बर्ष ३६ कि शुसिला खडका घर नजिकै बारीको काल्नोमा रहेको सालको रुखमा घाँस काट्ने क्रममा उक्त रुखबाट लडी घाईते भई उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा ल्याऐकोमा डाक्टरले मृत घोषणा गरेको  छ । उक्त स्थानमा प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी हवल्दार गोपाल गुरुङको कमाण्डमा ३ जना प्रहरी टोली खटिगएको र थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा SOCO को टोली समेत ५जनाको टोली खटिगएको छ।

फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०४

रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमबाट फैसला भई जरीवाना तोकिएको लागत असुल गर्नुपर्ने बहुबिबाह मुद्दाको फरार प्रतिबादी फैसला मिति २०७३।१२।१० गते लगत नं.९२६ मा १०,००० रूपैयाँ जरीवाना र एक बर्ष कैद सजाय तोकिएका जिल्ला रुकुम आठबिसकोट नगरपालिका-१२ बस्ने बर्ष ३५ को शुसिल डाँगीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट सादा पोशाकमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलङ्गा बजारबाट फेला पारी पक्राउ गरी सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा पठाई सम्मानित जिल्ला अदालतबाट थुनामा राख्न आदेश भएकोले कारागार रुकुम पश्चिममा पठाईएको छ ।

कुखुरा बोकेको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना ।
२०७९-११-०४

सुर्खेत,जिल्ला सुर्खेत बराहताल  गाउँपालिका-८ दमारे स्थित कर्णाली राजमार्गमा सुर्खेत बाट जुम्ला तर्फ बोईलर कुखुरा लिई जादै गरेको क.प्र. ०२००१ च ०६३१ नं. को बोलेरो जिप आफै अनियन्त्रित भई सडकको दाहिने साईटमा पल्टिन जाँदा उक्त जिपमा रहेको २६५ वटा ( २,३,४ के.जी सम्मका ) बोईलर कुखुरा मध्ये अन्दाजी १६५ वटा कुखुरा मरेको र अन्दाजी १०० वटा कुखुरा जिबितै रहेको उक्त स्थानमा प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोलि खटि गएको जिप चालक ( बोईलर कुखुराको साहु ) जिल्ला जुम्ला चन्दनाथ नगरपालिका- ८ बस्ने बर्ष २४ को जगदिस महत ट्राफिकको सम्पर्कमा भएको मानविय क्षेती नभएको, कागजपत्र, भेटनरी कागजपत्र भएको उक्त जिपमा चालक, सहचालक रहेको जानकारी प्राप्त भएको छ । 

ट्याकटर दुर्घटना हुदा एकजनाको मृत्यु र ५ जना घाईते ।
२०७९-११-०४

जुम्ला, जिल्ला जुम्ला पातारासी गाउँपालिका-६ बडीखोली भन्ने स्थानमा खंलगाबाट लाछी बजार तर्फ जादै गरेको क.प्र.००२००१ त ०४२७ नं. को ट्याक्टर सकड देखि अन्दाजी  ५० मिटर तल खस्न गई उक्त ट्याक्टरमा सवार मध्ये पातारासी गाउँपालिका-२ तल्फि वस्ने अन्दाजी ५०/५५ को अमिर बोहोराको घटनास्थलमा नै मुत्यु भएको र अन्य ५ जना घाईते  भएको र घाईतेलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तर्फ पठाईएको  छ चालक फरार हुदा खोजतलास कार्य जारी रहेको छ ,उक्त दुर्घटना स्थलमा थप उनुसन्धानका लागी प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा SOCO सहित १० जनाको टोली खटिएको छ । 

गोरुलाई बचाउन खोज्दा पानीमा डुबी मृत अवस्थामा फेला ।
२०७९-११-०४

कालिकोट, जिल्ला कालीकोट रास्कोट नगरपालिका-६ बस्ने बिर दमाई को छोरा बर्ष अन्दाजी १५ को नमराज दर्जि गाई गोठालो बाट घर फर्कने क्रममा सोही ठाउ स्थित लहरे खोलाको तोला भन्ने स्थानको पाखोबाट अन्दाजी १० मिटर तल दहमा गोरु खसी दहमा परेकोमा गोरु बचाउन भनि निज नवराज दर्जि दहमा पस्दा दहको पानिमा डुबि बेपत्ता भएको भनि निजको साथि बर्ष १० को विकास दर्जिले देखि स्थानियलाई जानकारी गराए पश्चात स्थानियले अन्दाजी १८:१० बजेको समयमा यस ईलाका प्रहरी कार्यालय स्युना राष्कोटमा जानकारी गराउना साथ यस कार्यालयबाट मिति २०७९।११।०४ गते ०९:१५ बजेको समयमा स्थानिय र प्रहरीको टोलिले खोजतलालस गर्दै जाने क्रममा लाश मृत अवस्थामा फेला पारी पानी बाहिर निकाली घटनास्थल मा सुरक्षीत राखिएको छ । 

भेरी नदिको किनारामा वेवारिसे अवस्थामा लास फेला थप अनुसन्धन जारी ।
२०७९-११-०२

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० स्थित भेरी नदिको किनारमा नामथर वतन नखुलेको अन्दाजी बर्ष ३५/३६ को जस्तो देखीने पुरुषको लाश भेरी नदिको किनारमा छ भनि स्थानिय भेरीगंगा नगरपालिका-२ का वडा अध्यक्ष चिरञ्जिवी बुढाले  प्रहरी चौकी सुब्बाकुना मा टेलिफोन मार्फत जानकारी प्राप्त गराए पश्चात तत्काल यस चौकी बाट प्रहरी सहायक निरिक्षक को कमाण्डमा ४ जना र तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगएको र उक्त लाश भेरी नदिको किनारमा काठमा घोप्टो अबस्थामा अड्किएर रहेको, सडिगली गई अनुहार चिन्न नसकिने अबस्थामा रहेको र लाशलाई बाहिर निकाली थप अनुसन्धान कार्य भई रहेको छ ।

जाजरकोटमा भिरबाट लड्दा एकजनाको मृत्यु ।
२०७९-११-०२

जाजरकोट, जिल्ला जाजरकोट भेरी नगरपालिका-२ ज्यामिरे बस्ने तिले थापाको छोरा बर्ष अन्दाजी ३८/३९ को नर बहादुर थापा मिति २०७९/११/०१ गते घरायसि काम को लागि भेरी नगरपालिका-२ डिंगा गयको र घर नफर्किय पश्चात निजको आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आज मिति २०७९/११/०२ गते बिहान अन्दाजी ११:०० बजेको समयमा घर देखी अन्दाजी १५०० मिटर टाढा रहेको सानो छहरी खोला भिर बाट अन्दाजी २०० मिटर तल खस्न गइ घटना स्थलमा नै मृत अवस्थामा फेला पारि आफन्तले जानकारी गराय पश्चात प्रहरी चौकि पांचकटिया जाजरकोट बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोलि र जिल्ला प्रहरी कार्यलय जाजरकोट बाट प्रहरी निरिक्षक सुनिल थापा नेपालि को कमाण्डमा ०५ जनाको टोलि खटिएको छ । 

रुकुम पश्चिममा वेवारिसे लास फेला परे समबन्धमा ।
२०७९-११-०२

रुकुम पश्चिम,जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालकिका-१२ नयाँगाउ बस्ने बर्ष अन्दाजी ५५/५६ को धन बहादुर वली सोही ठाउ स्थित लहखोलामा मृत अबस्था छ भनि सोही वडाका वडा सचिव ले टेलिफोनबाट खबर गरे पश्चात प्रहरी चौकी सोलावाङ बाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना प्रहरी टोली खटिगई बुझ्दा निज धन बहादुर वली बैरागीठाटि देखि नयाँगाउ जाने बाटो बाट लडि लहखोला मृत अबस्थामा फेला परेको र निज ब्यक्ती को मानसिक अबस्था समेत ठिक नभई केही समय देखी घरमा नबसी जथाभाबि हिड्डुल गर्ने भन्ने बुझिएको छ,थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट प्रहरी निरीक्षकको कमाण्डमा SoCo सहित ७ जना प्रहरी टोली खटिएको छ ।

माथिबाट ढुङ्गा खस्न गई टाउकोमा लागि घटना स्थलमै मृत्यु ।
२०७९-११-०१

जाजरकोट,जिल्ला जाजरकोट नलगाड नगरपालिका-५ ग्रेनी भन्ने स्थानमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-११चौर घर भई हाल नलगाड नगरपालिका-५कालिमाटिमा ग्यारेज संचालन गरी बस्ने बर्ष ३२ को अशोक खड्काले चलाई ल्याएको भे.१०.प.९६७२ नम्बरको मोटरसाईकल बारेकोट गाउपालिका-८ लैखम बाट नलगाड नगरपालिका-५कालिमाटी तर्फ आउने क्रममा सडक माथिबाट ढुङ्गा खस्न गई टाउकोमा लागि घटना स्थलमै मृत्यु भएको भनि सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउ बस्ने बर्ष २१ को बम बहादुर खत्रीले टेलिफोन मार्फत यस ईलाका प्रहरी कार्यालय दल्लीमा जानकारी गराए पश्चात तत्काल यस कार्यालयबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा ४ जनाको टोली खटिएको छ , उक्त घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।

बसको ठक्करले घाईते भएकी महिलाको उपचारका क्रममा मृत्यु।
२०७९-११-०१

मिति २०७९।१०।२९ गते अं.१४:३० बजेको समयमा जिल्ला सुर्खे वीरेन्द्रनगर नगरपालिका वडा नं.  १० बसपार्कको दक्षिण तर्फको गेट नजिकै बसपार्क भित्र आउँदै गरेको कर्णाली प्रदेश पंचकोशी प्रा.लि. को बा. ४ ख. ८०६१ नं. को बसले जिल्ला जाजरकोट छेडागाड नगरपालिका वडा नं. ६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ बामे खोला बस्ने अं. बर्ष ६५/६६ की नदि रावतलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको र चालक जिल्ला दैलेख भैरवी गाउँपालिका वडा नं. ५ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को खगेन्द्र प्रसाद रिजाल लाई नियन्त्रणमा लिई आवश्वक अनुसन्धान भईरहेको ।   

१५ ग्राम ९ मिलि ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ ।
२०७९-१०-२४

कर्णाली प्रदेश प्रहरी व्युरो, लागूऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले १५ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।मिति २०७९।१०।२४ गते जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ पाथिभरा मन्दिर नजिकबाट उक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बस्ने वर्ष २४ को प्रितम शाही ऐ. वडा नं. ४ बस्ने वर्ष १९ अविषेक बस्नेत, वर्ष २० को रोहन धौलाकोटी र वर्ष २६ को दिपेश थापा मगरहरुको साथबाट र प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर नगद रु. २१९४०।– (एक्काईस हजार नौ सय चालिस) फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको ।

अवैध रुपमा ल्याएको सामान बरामद।
२०७९-१०-२२

सुर्खेत, माघ २१ गते । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० टोलीखोला स्थित रत्न राजमार्गमा हाईवे चेकिङमा खटिएका १३ जना प्रहरीको डग टोली समेतले नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ख४०९८ नं. को फोर्स गाडीलाई चेक जाच गर्दा कुनैपनी बिल नभएको कुर्ता सुरुवाल ठुलो पिस ५९ अङ्किल मुल्य (८८,५००/-), कुर्ता सुरुवाल सानो पिस अङ्कित मुल्य (७,०००/-), र अन्य  विभिन्न कस्मेटिक सामानहरू अङ्कित मुल्य (५०,०००/-) (जम्मा :- १,४५,५००/-) बराबरको अबैध रुपमा ल्याएको सामान बरामद गरी सामान ईलाका प्रहरी कार्यालय को नियन्त्रणमा राखी गाडी गन्तव्य तर्फ छाडिएको छ । 

सडकको अवस्था बारे जानकारी प्रदान गर्न टोल फ्री नम्बर १०३ संचालनमा ल्याईएको ।
२०७९-१०-२१

नेपाल  प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको सडकको अवस्था बारे जानकारी दिने  टोल फ्री नं. १०३ संचालनमा ल्याईएको छ  ।मिति २०७९।१०।२० गतेबाट कर्णाली प्रदेश १० (दश) जिल्लाहरुमा सडक अवरोध, चक्काजाम, बैकल्पिक रुटको प्रयोग लगायत ट्राफिक गतिविधि सम्बन्धि अन्य सूचना आदान प्रदानको लागि टोल फ्रि नम्बर १०३ संचालनमा ल्याईएको छ । सडक सुरक्षा थप प्रभावकारी बनाउन उक्त टोल फ्री १०३ नम्बर २४ (चौविसै) घण्टा उपलव्ध हुनका साथै पुर्णरुपमा नि:शुल्क रहेको छ ।

लागुऔषध सहित मानिस पक्राउ ।
२०७९-१०-२१

मिति २०७९।१०।२० गते अं. १९:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ फुलबारी टोल स्थित तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र लागूऔषध सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा ऐ. ७ बस्ने बर्ष २९ को प्रेम दमाई र ऐ.ऐ. बस्ने बर्ष २७ को सुनिल थापा लाई २२० मिलिग्राम झिलझिले कागज सहित ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. ८९,०००/- (अक्षरुपी उनानब्बे हजार मात्र) प्रेम दमाईको घरको दराजबाट र निजको साथबाट रु. १२,०००/- (अक्षरुपी बाह्र हजार मात्र) गरी जम्मा रु. १,०१,०००/- (अक्षेरुपी एक लाख एक हजार मात्र) नियन्त्रणमा लिई  नापतौल गर्दा ११० मिलिग्राम रहेको । 

पानीमा डुबेर मृत्यु ।
२०७९-१०-१९

सुर्खेत, सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं ६ स्थित खोलाको बिचभागमा पानीमा डुबेर सोही ठाउ बस्ने  पहलमान सुनारको अन्दाजी २२ वर्षको छोरा  दिपक सुनार मृत अवस्थामा भेटिनुभएको छ ,मृतकको लास १३:१५ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी लाश मेहलकुना अस्पताल मेहलकुना सुर्खेतको शब गृहमा राखिएको छ ,  मृतक दिपक   सुनार    खुट्टा अपाङ्ग, मृगीरोग भएको भन्ने बुझिएको  छ ।                                                                                                                                                                                                                                                                                                                                                                        

ट्याकटर दुर्घटना हुदा तिन जना घाईते ।
२०७९-१०-१८

जाजरकोट भेरी नगरपालिका-४ सान्तिचौथाराबाट ऐ.४ स्थित बोहोरा तर्फ जाँदै गरेको चालक ऐ. कुशे गाउपालिका-७ शमैला बस्ने अं.वर्ष २६ को नबराज जैशीले चलाएको भे.२.त.३८८ खाली ट्रयाक्टर ऐ.स्थित बोहोरा मोड नजिकै अनियन्त्रित भई सडकबाट अं.२०० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्रयाक्टमा सवार जिल्लला जाजरकोत कुशे गाउपालिका-७ शमैला बस्ने बर्ष २६ को चालक नबराज जैशी,सहचालक  ऐ.ऐ.बस्ने चालकको बर्ष १७ को लोकेश जैशी र ऐ. ५.बस्ने बर्ष २० को हरी चन्द्र सिंह गम्भिर घाईते भई उक्त घाईतेहरुलाई प्रहरी टोलिले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोटमा पठाई उपचार भईरहेको ।

प्रहरीको सक्रियता व्यापक फरार अभियुक्तहरु पक्राउ ।
२०७९-१०-१८

कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल  फरार अपराधीलाई पक्राउमा बिशेष सक्रियता बढाई उल्लेखनियरुपमा फरार अभियुक्तहरु पक्राउ गर्ने बताउनु भएको ।फरार अपराधी पक्राउको क्रममा बिगत ५ दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्धाका  ४ चेक अनाधर मुद्धाको १ जना  र पुरानो पेण्डिङ कर्तव्य ज्यान मुद्धाका ४ जना  गरी जम्मा ९ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी ६ बर्ष १ महिना २९ दिन कैद  रु ५४०००।– जरीवाना ३०००००।– बिगो असुल भएको ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सम्बन्ध बिक्षेद,लागु औषध, के.सा.अ., गाली बेईज्यती, जालसाछी  र कुटपिट मुद्धाका ७  जना फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष ७ महिना १४ दिन कैद रु१८१६०।– जरीवाना असुल भएको ।जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्भपतन र बहुबिबाह मुद्दाका २ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष १० महिना २९ दिन कैद रु १०२५०।– जरीवाना असुल भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले १ जना सार्वजनिक अपराध र १ बैकिङ कसुर  गरी २ जना  फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष ६ महिना कैद रु ५६३२००।– जरीवाना र ५५६२०० बिगो असुल भएको  जिल्ला प्रहर कार्यालय डोल्पाले पुरातात्विक मुर्ती चोरी मुद्धाको १ जना फरार अभियुक्तलाई पक्राउ गरी ३ बर्ष कैद रु १०००००।– जरीवाना असुल भएको । जिल्ला प्रहरी कार्यालय जाजरकोटले जवरजस्ती करणी मुद्दाको १ जना फरार अभियुक्तलाई पक्राउ गरी ९ बर्ष ३ महिना १६ दिन कैद रु ५००००।– जरीवाना असुल भएको ।५ दिनको अबधीमा २२ जना फरार अभियुक्त पक्राउ  र २१ बर्ष ६ महिना २३ दिन कैद रु १३४८७७५।- जरीवाना र ८५६२०० बिगो असुल असुल भएको  फरार अभियुक्तहरुलाई पक्राउ गर्नकोलागी बिशेष अभियानलाई मातहत जिल्लाहरुमा कडाईका साथ लागु गरी उल्लेखनियरुपमा फरार अभियुक्तहरु पक्राउ गर्ने प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताउनु भयो ।

५ बर्ष सम्म श्रीमानको सव शौचालयको खाडलमा पुरी राखेको अवस्थामा फेला ।
२०७९-१०-१८

जिल्ला जाजरकोट भेरी नगरपालिकावडा नं ६ सिस्ने बस्ने बर्ष ४७ काले कामीलाई २०७४।९।३० गते राती आफ्नै श्रीमती भद्ररकला कामीले लाठ्ठीले निधारमा हानी कर्तव्य गरी मारी निज भद्रकला कामी र निजका छोराहरु गोबिन्द बि.क. तुल्सीराम बि.क.ले  शब घर नजिकै रहेको शैचालयको खाडलमा पुरेको गोप्य सुचना मिति २०७९।१०।१७ गते  जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्राप्त भएको ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटना स्थलमा पुगी शौचालयको खाडल खनी उत्खनन् गर्दा पुरै दात सहितको खप्पर (टाउको),प्लाष्टीकको डोरीले बाँधीएको ज्याकेट,पाईन्ट  सोही ज्याकेट पाईन्ट भित्र मानव कंगाल हड्डिहरु फेला परेको । आवश्यक अनुसन्धानका लागी भद्रकला कामी र तुल्सीराम बि.क.लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई थप अनुसन्धान भईरहेको ।  

दैलेख पाल्तडामा हाईस दुर्घटना हुदा १४ जना घाईते ।
२०७९-१०-१८

मिति २०७९।१०।१७ गते अ.१७:०० बजेको समयमा जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ रामाघाट स्थित कार्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जादै गरेको क.प्र.०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी सडक बाट अ.८० मिटर तल कर्णाली नदीको किनारमा खस्न गई घाईते भई  उपचारको लागि स्थानिय मेडिलकमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको । उक्त घटनास्थलमा प्रहरी टोलि खटिगएको चालक प्रहरीको नियन्त्रणमा ।   निम्न:-घाईतेहरुको विवरण 1=  जिल्ला अछाम तुर्माखाँद गा.पा.७ बस्ने बर्ष २३ को एकेन्द्र देवकोटा टाउको ढाड र खुट्टामा चोट । 2=  जिल्ला ईलाम मासेबुङ गा.पा.२ बस्ने बर्ष ३३ को समिर मुखीया ढाड छातिमा चोट । 3=  जिल्ला खोटाङ हलेसि तुम्बाङचुङ न.पा.७ बस्ने बर्ष ३० को देवान राई ढाड टाउको मा चोट, अवस्था सिरियस । 4=  जिल्ला दैलख भगवतींमाई गा.पा.२ बस्ने बर्ष २३ को जिबन बोहोराको टाउको खुट्टामा चोट ( सहचालक ) 5=  जिल्ला अछाम पंचदेवल बिनायक न.पा.९ बस्ने बर्ष ४३ को राम प्रशाद जैशि टाउको ढाड खुट्टामा चोट, अवस्था सिरियस । 6=  जिल्ला अछाम तुर्माखाद ७ बस्ने बर्ष ६५ को बद्री जैशी टाउको खुट्टामा चोट, अवस्था सिरियस। 7=  जिल्ला अछाम पंचदेवल बिनायक न.पा.५ बस्ने बर्ष २६ को हरि बि.क. टाउको खुट्टामा चोट, अवस्था सिरियस । 8=  जिल्ला दैलेख आठबिस न.पा. ५ बस्ने बर्ष ७० को कलम बि.क. टाउको ढाडमा चोट, अवस्था सिरियस। 9=  ऐ.६ बस्ने बर्ष २५ को जगत प्र.आचार्य टाउको खुट्टामा चोट, 10= ऐ.ऐ.४ बस्ने बर्ष २५ को गोरख ब. माझि टाउको खुट्टामा चोट, 11= पुर्ण ब. लामिछाने मगर ( चालक प्रहरी चौकि पाल्तडाको नियन्त्रणमा ) 12= जि.दैलेख आठबिस न.पा-७ बस्ने बर्ष १४ को प्रकाश बि.क, ढाडमा चोट, 13= जिल्ला धादिङ धुनेबेसि न.पा. १ बस्ने बर्ष ३८ को झिल्के तामाङ छाति खुट्टमा चोट । ( डिस्चार्ज भएको) 14=जिल्ला कालिकोट पन्चला झरना ४ बस्न बर्ष ३६ को अग्रलाल सिजुवाल टाउको खुट्टमा चोट । ( डिस्चार्ज भएको) 

खजुरामा एक हेयर कटिङ सेन्टरमा आगलागि हुदा दश लाख बराबरको क्षती ।
२०७९-१०-१७

मिति २०७९।१०।१७ गते अन्दाजी २२:४५ बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित जिल्ला जाजरकोट जुनिचाँदे गाउपालिका ६ बस्ने बर्ष ३३ को हरी बहादुर शाहीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित महेश आचार्यको घरमा सटर भाडा लिई बिहानी हेयर कटिङ सेन्टरमा संचानमा ल्याएकोमा उक्त हेयर कटिङ सेन्टरमा एक्कासी आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा १० जनाको प्रहरी टोली, बीरेन्द्रनगर नगरपालिका कार्यालयको दमकल, स्थानियको सहयोगमा आगो २३:१५ बजेको समयमा नियन्त्रणमा आएको र मानबिय क्षेति नभएको हेयर कटिङ भित्र रहेको सम्पुर्ण सामान जलि नष्ट भएको र  रु १०,००,०००/-(अक्षेरुपि दश लाख मात्र) बराबरको क्षेति भएको भन्ने बुझिएको छ । 

जंगली जनावर भालुको पित्त बरामद ।
२०७९-१०-१७

२०७९।१०।१७ गते १०:५० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ६ मंगलगढी चोकमा जिल्ला जुम्ला तिला गाउपालिका ५ बस्ने बर्ष ३६ को मान बहादुर शाहीले कस्तुरीको पित्त भनि बजारमा १ लाल को रु १००/- का दरले बिक्री गरिरहेको अबस्थामा फेला पारी निजलाई पक्राउ पारी  तालुक प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएका ४ जनाको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको, निजको साथबाट एउटा डल्लो ४८.५९ मिलिग्राम कस्तुरीको पित्त नाम उल्लेख गरेको भालुको पित्त भनि जानकारी गराएको, तौल गर्ने डिजिटल तराजु थान १, टच मोबाईल थान १, नगद रु ४६५/- (अक्षेरुपी चार सय पैसठ्ठि मात्र) बरामद गरीएको छ । 

लागू औषध सहित मानिस प्रकाउ ।
२०७९-१०-१५

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन स्थित हिरा बैगारको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरुले उक्त स्थानमा खटिगई ऐ.ऐ. माईती घरमा आएकी बर्ष २८ की मालती बैगारले प्रहरीलाई देख्नासाथ लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ पुडिया झ्यालबाट बाहिर फालेको भेटिएपछि घरमा खानतलासी गर्दा निजको भाई बर्ष २५ को अर्जुन बैगार सुत्ने कोठामा १ पुडिया, सोही कोठाको दराजमा नगद रु. ८४१००/- ( अक्षेरुपी चौरासी हजार एक सय मात्र ) र २ बटा टच मोबाईल, नापतौल नगरेको ७ पुडिया लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी सामान सहित ऐ.ऐ. बस्ने बर्ष २८ की मालती बैगारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।

फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-१५

मिति २०७९/१०/१५ गते अंन्दाजी ०७:०० बजेको समयमा जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ७१ को कालि बहादुर महतारा भएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत सुर्खेतबाट मिति २०७९/०४/३० गते निज प्रतिबादी काली बहादुर महतारालाई ९ बर्ष कैद र रु.५०,००० (पचास हजार) जरीबाना हुने सजाय भएको र निज प्रतिबादी मिति २०७७/०६/१४ गतेदेखी मिति २०७८/०३/२७ गते सम्म न्यायीक हिरासत बसेको र बाँकी कैद ८ बर्ष २ महिना १७ दिन र ५०,००० (पचास हजार) जरीवाना बाँकी रही निजको नाममा लगत रहेको र निजको कैद तथा जरीवाना बेरुजु गरी फरार रहेको र निज प्रतिवादी लुकिछिपि आफ्नै घरमा बसेको अवस्थामा प्रहरी चौकी सक्ला बाट  ५ जनाको टोलिले पक्राउ गरी   निज प्रतिवादिलाई जिल्ला प्रहरी कार्याल जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालतमा पेश गरीएको छ । 

मृत अवस्थामा लाश फेला ।
२०७९-१०-१४

 मिति २०७९।१०।१४ गते अं. ०८:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका १४ सालडाँडा बस्ने बर्ष ७१ को देबराज भट्टराई मिति २०७९।१०।१३ गते दिउसो घर बाट कोही कसैलाई नसोधी निस्किएकोमा खोजतलास गर्दै जाँदा आज बिहान ०७:३० बजेको समयमा आफ्नै घर देखि अं. २००/२५० मिटर दक्षिण तर्फको दुरीमा मृत अबस्थामा छ भनि स्थानियले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी गराए पश्चात उक्त स्थानमा तत्काल घटनास्थल सुरुक्षाको लागि टोली खटिगई घटनास्थलको प्रारम्भिक कार्य पुरा गरी लाश पोष्टमार्टम पश्वात मृतकको भतिजोले विष्णु भट्टराईले बुझि गगिएको ।

रासायनिक मल सहित जिप नियन्त्रणमा
२०७९-१०-१३

मिति २०७९।१०।१२ गतेको अंदाजी २२:४५ बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका-१,श्रीनगर स्थित रुकुम चोक चेकपोष्टमा चालक जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने अतिराम ओलीले चलाई ल्याएको भे.१ च.३८३८ नं पिकअप जिपमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका ११ रामघाटमा रहेको भेरी पशु तथा कृषी उत्पादन सहकारी संस्था र ऐ.जहरे स्थित रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था बाट डि.ए.पि.मल-१५बोरा,पोटास मल-९ बोरा,युरीया मल-४ बोरा गरी जम्मा २८ बोरा रासायनिक मल जिल्ला सल्यान बागचौर नगरपालिका ११ बाफुखोला बस्ने लाल बहादुर खड्काले मगाई लादै गरेको अबस्थामा फेला पारी सोधपुछ गर्दा कुनै बिल नभएकोले अनुसन्धानको लागी चालक,मल सहित जिपलाई नियन्त्रणमा लिई उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सितलपाटी सल्यान बाट  ३ जनाको प्रहरी  टोली खटिएको छ  । 

कार र मोटरसाईकल एक आपसमा ठोकिदा २ जना घाईते
२०७९-१०-१०

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्न राजमार्गमा सुर्खेतबाट कोहलपुर तर्फ जाँदै गरेको बा. २१ च. ३७१० नं. को कार र विपरित दिशाबाट आउँदै गरेको जिल्ला जाजरकोट छेडागाड नगरपालिका-१ का वडा अध्यक्ष बर्ष ३९ को राम बहादुर बुढाले चलाई ल्याएको सरकारी नम्बर प्लेटको क.प्र. ०२००१ ब. ०३१६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको दाहिने खुट्टामा चोट अबस्था बोल्न सक्ने उपचारको लागी नेपालगञ्ज तर्फ पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटिएको दुबै सवारी साधन र कार चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ बस्ने बर्ष ३७ को चक्र प्रसाद पाण्डे नियन्त्रणमा लिईएको डेकेन्द्र दाहाललाई उपचारको लागी ग १ च ३३१८ न.को ब्लेरो गाडिमा नेपालगंज तर्फ लगी गएको ।

डबल क्याप हाईलेक्स गाडी दुर्घटना ४ जनाको उपचारको क्रममा मृत्यु ।
२०७९-१०-०८

मिति २०७९।१०।०८ गते अं.०२:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वदा नं. ११ झुप्राखोला स्थित रत्न राजमार्गमा छिन्चु देखी सुर्खेत तर्फ आउँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को सुजुकी कम्पनीको डबल क्याप हाईलेक्स गाडी आफै अनियन्त्रित भई सडक देखी अं.७०/८० मिटर तल खस्न जाँदा उक्त गाडीमा सवार चालक सहित ५जना ब्यक्तिहरु घाईते भई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा ४ जनाको मृत्यु  भएको ।मृत्युहुनेहरु  1=  चालक जि.सुर्खेत वी.न.पा. ७ बस्ने बर्ष २७ को सागर शाही को शरीरको बिभिन्न भागमा भित्री चोट अबस्था सिरियस कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा  ऐ.०४:०० बजे मृत्यु भएको । 2=  जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३१ को बबिन शाहीको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भऐको । 3=  जिल्ल दैलेख डुङगेश्वर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भऐको । 4= जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को राजेन्द्र बि.सी.को टाउको, शरीरको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भएको ।घाईते:- 1= जिल्ला दैलेख भैरवी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २५/२६ को बिरेन्द्र राज शाही को छाति र बाँया हातमा चोट अबस्था मध्यम कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको । 

ठुलो परिणाममा मल बरामद।
२०७९-१०-०५

मिति २०७९।१०।०५ गते अं. १३:३० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  ११ पानीखोला बस्ने शेर बहादुर खड्का र ऐ. बस्ने दिनेश ओलीले जिल्ला दाङ तुलसिपुर उपमहानगर पालिका वडा नं. ८ बस्ने बर्ष ३६ को दल बहादुर कुवरले चालई ल्याएको रा.१ क.१३६३ नंम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसिपुर दाङ शाखा बाट डि.ए.पि. पोटास ३० बोरा , युरिया ७९ बोरा र पोटास ५० बोरा ल्याई शेर बहादुर खड्काको घरमा गोदाम गरी राखी बेच्न लागेको भन्ने सुचनाको आधारमा प्रहरी टोली र खटि गई बरामदी मुचुल्का कार्य गरि उक्त रासायनिक मल , ट्रक र दिनेश ओली लाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी इलाका प्रहरी थारमारे सल्यानमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । 

करेन्ट लागि २ जना घाईते ।
२०७९-१०-०३

प्रहरी चौकी जुफाल डोल्पा मिति २०७९।१०।०३ गते अ.१४:३० बजेको बजेको समयमा जिल्ला डोल्पा ठुलिभेरी नगरपालिका वडा नं. ०९ बस्ने डांगिवाडा बस्ने तुलाराम डांगीको छोरा बर्ष १८ को गोकर्ण डांगी र ऐ.ऐ. बस्ने लालिमान डांगीको छोरी बर्ष २१ की रुपा डांगी आफ्नै घर देखी अ.५०/६० मिटर दक्षिण तर्फ सिमा भन्ने स्थानमा दुबैले (दाया/बाया) हात समातेर गईरहेको अवस्थामा निज गोकर्ण डांगीले दाहिने हातले उफ्रीएर आफु भन्दा माथी रहेको लत्रिएको बिजुलिको नाङ्गो तार छुदा करेन्ट लागि दुबै जना घाईते भएका, घाईते दुबै जनाको अवस्था मध्यम रहेको बोल्न सक्ने उपचारका लागि क.प्र.०२-००१ झ ०१७० नम्बरको एम्बुलेन्समा जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भईरहेको ।  

मिनि ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते १६:०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका २ कुवाखोला स्थित कर्णाली राजमार्गमा कालिकोटबाट सुर्खेत तर्फ जादै गरेको भे.६प.५४८८ नम्बरको मोटरसाईकललाई सोही दिशा बाट आउदै गरेको क.प्र.०२००१ ख.०२४४ नम्बरको मिनि ट्रकले ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला कालिकोट पंचलाझरना गाउँपालिका वडा नं. ८ बस्ने बर्ष अ.३० को कुशल शाहीको देब्रे खुट्टामा चोट र ऐ.ऐ.बस्ने मोटरसाईकल पछाडी सवार बर्ष अ.३५ को अम्मर शाहीको देब्रे खुट्टामा चोट लागि घाईते भई दुबै घाईतेलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको मिनि ट्रक, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा ।

अटो रिक्सा र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा १ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते अं २०:३० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ९ पातिहाल्ने नजिक भित्री सडक खण्डमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौर बाट गुर्भाकोट नगरपालिका वडा नं. ५ पोख्रे तर्फ जाँदै गरेको क.प्र.०२ ०० १ प ५४३९ नं. को मोटरसाईकल र बिपरीत दिशा बाट आउदै गरेको क.प्र.२००१ ह ०३३६ नं. को अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष ६३ की डम्मर कुमारी वलीको वाँया खुट्टामा चोट मेहेलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको मोटरसाईकल प्रहरीको नियन्त्रणमा अटो घटनास्थलमा नै रहेको ।

जीप दुर्घटना हुँदा १ जना घटनास्थलमा नै मृत्यु १५ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते १६:०० बजेको जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. ६ कोट भिर भन्ने स्थानमा सदरमुकाम देखि ऐ.४ लाछी बजार तर्फ जादै गरेको ग १ ज ४०३५ नं. जिप ब्याक गर्ने क्रममा सडक बाट अं. ५० मिटर तल तिला नदीको किनारमा खस्न गई  दुर्घटना हुँदा उक्त जिपमा सवार मानिसहरु घाईते भई उपचारको लागि एम्बुलेसनद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको । प्रहरी टोली खटि गएको ऐ. पातारासी गाउपालिका वडा नं. १ खालढिक वस्ने वर्ष अं. ४२ कि छोदेन लामाको घटनास्थमा नै मृत्यु भएको । घट्ना स्थलको कार्य पुरागरी लास पोष्टमार्टमको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याई राखिएको । उक्त जिपमा सवार घाईतेको नामावली विवरण :- 1=   जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. १ बस्ने बर्ष ७७ को कार्मा लामा टाउँकोमा चोट सिरियस । 2=   ऐ.ऐ.बस्ने बर्ष १८ सोनाम लामा सामान्य ।3=   ऐ.ऐ.बस्ने बर्ष ८ कि पेमाटोमा लामा टाउँकोमा चोट अवस्था सिरियस । 4=  ऐ.ऐ.बस्ने बर्ष बर्ष २३ को मिनासाङ्वो लामा सामान्य। 5=   ऐ.ऐ.बस्ने बर्ष २४ को पाल्जोक लामा सामान्य । 6=   ऐ.ऐ.बस्ने बर्ष २८ को छिरिङ प्रतिक लामा सरिर कोतरियको सामान्य । 7=   ऐ.ऐ.बस्ने बर्ष १८ को कुसाङ छिरिङ लामा सामान्य ।8=  ऐ.ऐ.बस्ने बर्ष २८ को घिसिङ आङरास लामा सामान्य । 9=   ऐ.ऐ.बस्ने बर्ष २७ कि छिरिङ पुटिङ लामा सामान्य । 10= ऐ.ऐ.बस्ने नर्ष ४३ को टोजिङ लामा सामान्य । 11=  ऐ.ऐ.बस्ने बर्ष २८ को उर्गेन लामा सामान्य ।12=  ऐ.ऐ.बस्ने बर्ष १९ पेमा कासाङ तामाङ सामान्य । 13=  ऐ.ऐ.बस्ने बर्ष १३ को उर्गेन लामा सामान्य । 14= ऐ.ऐ.बस्ने बर्ष १२ को रिजन लामा सामान्य । 15=  ऐ.ऐ.बस्ने बर्ष ६३ कि मेनजाम लामा सामान्य । 16=  ऐ.तिला गाउपालिका वडा नं. ४ वस्ने वर्ष २३/२४ को लोकेन्द्र चौलागाई (चालक फरार)

बलेरो जीप अनियन्त्रित भई पल्टिन जाँदा चालक घाईते ।
२०७९-१०-०१

मिति २०७९।१०।०१ गते अं. ०५:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ स्थित हर्रे देखी अं. ३ कि.मि. बबई तर्फ रत्न राजमार्गमा नेपालगञ्ज देखी छिन्चु तर्फ तरकारी ( टमाटर,प्याज, आलु ) बोकी आउँदै गरेको भे.१ च. ३२०९ नं. को सिङ्गल क्याप बोलेरो जीप आफै अनियन्त्रीत भई रोड बाट अं. ५/६ मिटर वाँया साईड बाट तल खस्न गएको छ भनी ऐ. ०६:०० बजे यस पोष्टमा जानकारी हुनसाथ उक्त प्रहरी टोली खटि गई हेर्दा जीप चालक ( साहु) जिल्ला सुर्खेत गुर्भाकोट न.पा. ९ बस्ने बर्ष अं. २७/२८ को हेमराज खड्काको दुबै खुट्टमा चोट अबस्था बोल्न सक्ने घाईतेलाई उपचारको लागी कोहलपुर मेडिकल कलेज तर्फ पठाईएको, उक्त जीपको सहचालक ऐ.ऐ. ९ बस्ने बर्ष २५/२६ को महेन्द्र खड्का सकुशल  रहेको ।

मोटरसाकलबाट खस्न गई १ जना गम्भिर घाईते ।
२०७९-१०-०१

मिति २०७९/०९/३० गते १८:०० बजेको समयमा जिल्ला जुम्ला चन्दनाथ न.पा. ३ राजिकोट स्थित पातारासी बाट सदरमुकाम  तर्फ आउदै गरेको जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. ५ घर भई हाल नेपाली सेनाको २४ न. बाहिनि जुम्लामा कार्यरत प्युठ जंग बहादुर सुनारले चलाएको क १ प १९४५ न. को मोटरसाईकलको पछाडि सवार जिल्ला जुम्ला चन्दनाथ नगरपालिका वडा नं. १ आचार्यबाडा घर भई ऐ. बाहिनिमा कार्यरत प्युठ रामसिंह सार्की मोटरसाईकलमाबाट खस्न जाँदा घाईते भई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको, मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना गम्भिर घाईते ।
२०७९-०९-३०

मिति २०७९।०९।३० गते बिहान अं.०७:४० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ कल्लेखोला स्थित राप्ति राजमार्गमा दाङ बाट सल्यान थारमारे तर्फ आउदै गरेको जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ बेलुवा बस्ने बर्ष २५ को घनश्याम के.सी.ले चलाएको रा.१ क.१०८९ नं.को ट्रकले बिपरीत दिशाबाट लुहाम तर्फ गादै गरेको रा.२ प.५१२४ नं.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ लोटाउने बस्ने बर्ष २३ को सन्तोष बुढाथोकी (सिरीयस) मोटरसाईकल पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष १९ को राम बहादुर बुढाथोकी (सिरीयस)  दुबै जना घाईतेलाई उपचारको लागी नेपालगंज नर्सिङहोम बाँकेमा उपचार भईरहेको । ट्रक र ट्रक चालक,मोटरसाईकल प्रहरीको  नियन्त्रणमा ।

करेन्ट लागि घाईते ।
२०७९-०९-२९

मिति २०७९।०९।०२९ गते २१;४५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ सानोजात्री स्थित ऐ. बस्ने बर्ष २६ को धन बहादुर बोहरा जहरे बाट आफ्नै घर तर्फ जाँदै गर्दा ऐ. स्थित बिजुलीको पोलमा रहेको ट्रान्समिटरको तारबाट करेन्ट लागि सोही नजिकै घाईते अबस्थामा रहेको भन्ने स्थानियले देखी खबर गरे पश्चात तत्काल प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागि मेहेलकुना अस्पताल सुर्खेत पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २३:४५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाईएको छाति तथा शरीरको बिभिन्न भागमा चोट लागेको, अबस्था मध्यम ।

ट्याक्टर दुर्घटना हुँदा १ जना गम्भिर घाईते ।
२०७९-०९-२८

मिति २०७९।०९।२८ गते अ.१८:२० बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. १ चिउरी स्थित चालक ऐ.ऐ बस्ने बर्ष २२ को रेशम वि.क.ले चलाई ल्याएको भे.१.त ९२४९ न.ट्याक्टर पार्किङ गर्ने क्रममा सडक बाट २ मिटर तल पल्टिन जादा ट्याक्टरमा सवार ऐ.बस्ने साहु सुरेश बि.क.को छोरा बर्ष १९ को नबराज बि.क.लाई ट्याक्टरको अगाडिको भागले कम्मर मुनि च्यापिदा घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको,  ट्याक्टर चालक फरार, ट्याक्टर घटना स्थलमा रहेको फरार चालकको प्रहरीद्धारा खोजी कार्य भईरहेको ।  

स्कुटिले ठक्कर दिंदा पैदल यात्री घाईते ।
२०७९-०९-२८

मिति २०७९।०९।२८ गते अं. १९:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ गोकुल कटेज नजिक एरिचोकबाट बाङ्गेसिमल तर्फ जाँदै गरेको क.प्र.०२-००२ प ४०१९ नं. को स्कुटिले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मसुरिखेत बस्ने बर्ष २७ की गिता शाहीलाई ठक्कर दिँदा दाहिने खुट्टाको हड्डी भाँचिएको, टाउको, शरिरको बिभिन्न भागमा चोट अबस्था हल्का बोल्न सक्ने र स्कुटी चालक जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका वडा नं. १ बस्ने बर्ष १८ को सुजल गुरुङ्को वाँया खुट्टा, कुम र शरिरको बिभिन्न भागमा चोट अबस्था सामान्य दुबै जनाको उपचार कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भईरहेको, प्रहरी टोलि खटिगई, स्कुटी ट्राफिकको नियन्त्रणमा । 

भरुवा बन्दुकको गोली लागि घाईते ।
२०७९-०९-२७

मिति २०७९।०९।२७ गते अं. १७:०० बजेको समयमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिका वडा नं. १ तलिकाँडा बस्ने हरी थापाको छोरा बर्ष २३ को घनश्याम थापा लगाएत अन्य ३ जना केटहरु  ऐ.ऐ. स्थित रहेको डम्म जंगलबाट घर फर्कने क्रममा जंगली जनावर मार्न थापेको भरुवा बन्दुकको पासो पड्किन गई निज घनश्याम थापाको दाँया खुट्टाको घुँडामुनि गोलि लागि घाईते भई  उपचारको लागि आज बिहान ०७:३० बजे प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा ल्याई उपचार भईरहेको भनि ऐ.२८ गते  ०७:५० बजेको समयमा   खबर प्राप्त हुना साथ प्रहरी चौकी सालकोट बाट प्रहरी टोलि खटिगएको घाईतेको साथमा अन्य ३ जना पनि रहेको अन्य ३ जनालाई केही नभएको थप अनुसन्धानको लागि  ६ जनाको प्रहरी टोलि खटि गएको ।

स्कार्पियो अनियन्त्रित भई पल्टिन जाँदा ३ जना घाईते।
२०७९-०९-२६

मिति २०७९।०९।२६ गते अं. १८:२५ बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  २ बागचौर बाट थारमारे तर्फ आउदै गरेको लु. ३ च. ७८४ नं. को स्कारपियो जिप बागचौर बसपार्क नजिकै सडकमा अनियन्त्रित भई पल्टिन जाँदा उक्त जिपमा सवार ३ जना  घाईते भई स्थानिय जनप्रिय पोलिक्लिनिक थारमारे सल्यानमा उपचार भईरहेको । 1=  जिल्ला सल्यान बागचौर न.पा. ४ सिमखोली बस्ने बर्ष २५ को दिपेन्द्र बस्नेत , भित्री चोट अबस्था मध्यम । 2=  ऐ.३ ठाडाचौर बस्ने बर्ष २३ को प्रेम बि.सी. भित्री चोट अबस्था सामान्य । 3=  ऐ.९ कुईया पानी बस्ने बर्ष २४ को प्रभाकर ओली , अबस्था सामान्य । 

बलेरो जीप एकआपसमा ठोकिन गई दुर्घटना।
२०७९-०९-२६

मिति २०७९।०९।२५गते १६:३० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका ३ स्याला स्थित कर्णाली राजमार्गमा सुर्खैत बाट चामुण्डा बिन्द्रासैनी तर्फ आउदै गरेको चालक एकेन्द्र शर्माले चलाएको क.प्र.००१ च.०४६४ नम्बरको जिप र बिपरित दिशा बाट आउदै गरेको चालक बृज नारायण चौधरीले चलाएको ६१-०-१४८ नम्बरको जिप मोडमा अनियन्त्रित भई एक आपसमा ठोकिदा बलेरो जिपको दाहिने पट्टिको हेड लाईट फुटको,टायर पंन्चर भएको र ६१-‍०-१४८ नम्बर जिपको अगाडीको सोको भागमा क्षति भएको,मानबिय क्षति नभएको, बाटो अवरोध नभएको उक्त स्थानमा ट्राफिक प्रहरी सहितको टोलि खटिगएको । 

अवैध काठ बरामद ।
२०७९-०९-२५

मिति २०७९।०९।२४ गते अ.००:३० बजेको समयमा जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं.१ बबितडा स्थित बेस्तडा सडक खण्डमा चालक कृष्ण सिजाली मगरले चलाएको भे.१ त.८६००नम्बरको ट्याक्टरलाई गस्तीमा रहेको प्रहरी  टोलिले चेक जाँच गर्दा  साल जातको काठ फेला पारी उक्त ‍ट्याक्टर र  चालक सहित ५ जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याई आवश्यक अनुसन्धान भईरहेको  निम्न परिमाणको साल जातको  काठहरु अ.६ फिट लम्बाई गोलिया थान १, अ.४ फिट लम्बाई भएको गोलिया थान १, अ.७ फिट लम्बाई भएको गोलिया थान १, अ.५ फिट लम्बाई भएको गोलिया थान २ जम्मा गोलिया साल जातको  थान ५ र चिरान कडी अ.७ फिट लम्बाई भएको थान ९ र अ.६ फिट लम्बाई भएको थान ४ गरी जम्मा १३ थान चिरान कडी ।  

आगजनी गरी मृत्यु ।
२०७९-०९-२३

मिति २०७९।०९।२३ गते अ.१९:३० बजेको समयमा जिल्ला दैलेख भैरबी गाउँपालिका वडा नं.४ रिङगाटे बस्ने नरेश बि.क.ले आफ्नै २ तले ३ कोठे कच्चि घरमा आगो लगाएको छ भनि स्थानियले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोलि खटि गई प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र ऐ.२४ गते अ. ०९:०० बजेको समयमा उक्त जलेको घरमा अन्य केही क्षति भएको छ कि भनि हेर्दै जादाँ घरको छानोले पुरि जलेर मृत रहेको अवस्थामा निज आगो लगाउने ब्यक्ति बर्ष अ. ४० को नरेश बि.क. फेला परेको, थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय  दुल्लु बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटि गएको ।

मोटरसाईकलले पैदल यात्रीलाइ ठक्कर दिंदा घाईते ।
२०७९-०९-१५

मिति २०७९।०९।१५ गते अं. १७:२५ बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ मंगलगढी चोक नजिकै ऐरी चोक बाट मंगलगढी चोक तर्फ आउदै गरेको क.प्र.०२-००२ प १०३६ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्नगर नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को दिपेन्द्र मगरलाई ठक्कर दिदा ओठ,दाँत,वाँया खुट्टामा चोट लागि घाईते भई कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भई रहेको बोल्न सक्ने मोटरसाईकल र मोटरसाईकल चालक भारतको मोतियारी जिल्ला नगरदेही पंचायत ६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सनिहल लाईन स्थित नमस्ते स्टिल एण्ड आल्मुनियम को मिस्त्री काम गरी बस्ने बर्ष १९ को निकेश खान र मोटरसाईकल  ट्राफिकको नियन्त्रणमा कागजपत्र साथमा नभएको । 

मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक घाईते ।
२०७९-०९-१५

मिति २०७९।०९।१५ गते अ.१५:३० बजेको समयमा जिल्ला दैलेख नारायण नगरपालिका ६ काडाचौर स्थित मध्यपहाडी लोकमार्ग सडक निर्माणको काममा प्रयोग भईरहेको SML 4000 लेखेको मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक भारत बिहार मोतिहारी जिल्ला बस्ने बर्ष अ.२० को टनबिर आलमको दाहिने खुट्टा फ्याक्चर भई जिल्ला अस्पताल दैलेख उपचार भईरहेको अवस्था मध्यम,मिक्चर मेसिन घटना स्थलमा नै रहेको र नजिकै रहेको बले कामीको ट्वालेटमा मिक्चर मेसिन ठोकिन गई ट्वालेट आशंक्षिक क्षति भएको प्रहरी टोलि खटिईएको ऐ १७:०० बजे थप उपचारको लागी प्रदेश अस्पताल सुर्खेतको लागि रिफर भएको ।

चोरी ।
२०७९-०९-१४

मिति २०७९।०९।१४ गते रातिको समयमा जिल्ला दैलेख चामुन्डा बिन्द्रसैनि नगरपालिका वडा नं. ४ बुढेली स्थित रहेको जनकल्याण आधारभुत बिद्यालयको अपिस कोठाको ताला फोडि चोरि भएको भनि आज मिति २०७९।०९।१५ गते बिहान ०९;०० बजे खबर प्राप्त हुना साथ यस चौकि बाट प्रहरी टोलि खटि गई बुझ्दा बिद्यालयबाट निम्नानुसारको सामानहरु चोरि भएको र चोरि गर्ने हरु फरार रहेको खोजी कार्य भईरहेको  १. Dell कम्पनीको कम्प्युटर :- ४ थान (डेस्टप,CPU किबोर्ड माउस ) २.EPSON कम्पनिको प्रोजेक्टर:- थान १ ३. EPSON कम्पनिको प्रिन्टर:-थान ३ ४.DELL कम्पनिको डेस्टप I3:- थान १ ५. DELL कम्पनिको ल्याप्टप:-थान १ ६.LCD प्रोजेक्टर :- थान १ ७.साउण्ड बक्स :- थान १जम्मा ३ लाख ७७हजार १७१ रुपैया बराबरको जिन्सी सामान चोरि भएको ।थप बिबरण:- माथि उल्लेखित घटनामा संलग्न भनिने जिल्ला दैलेख चा.बि.न.पा.४ बस्ने बर्ष अ.२३ को भुवन भन्ने सौगात शाहीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा राखिएको र निजको घर बाट ३ बटा मनिटर,३ वटा CPU,३ वटा VGA केवल , १ वटा चार्जर ,५ वटा पावर केवल र २ वटा किबोर्ड बरामद गरि थप अनुसन्धान कार्य भईरहेको ।

सवारी चालक अनुमती पत्रको नक्कली प्रबेश पत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ ।
२०७९-०५-०६

मिति २०७९।०५।०६ गते १४:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतमा जिल्ला दैलेख गुराँस गाउपालिका -०४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत बर्ष ३० को सशस्त्र प्रहरी जवान भक्त बहादुर शाहीले मिति २०७९।०४।११ गते दिएको मोटरसाईकलको सवारी चालक अनुमती पत्र को परिक्षाको ( लिखित र मौखिक ) प्रवेश पत्रमा यातायात ब्यवस्था कार्याल सुर्खेतका २ जना कर्मचारीहरुको कृते सही छाप र कार्यालयको कृते छाप लगाई उतिर्ण ( पास ) भएको बनाई सवारी चालक अनुमती पत्र लिन आएको अबस्थामा यातायात ब्यबस्था कार्यालयका कर्मचारीलाई शंका लागि जिल्ला प्रहरी कार्यालयमा खबर गरे पश्चात प्रहरी टोली खटिगई निज भक्त बहादुर शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

लागूऔषध ब्राउनसुगर सहित मानिस पक्राउ ।
२०७९-०५-०६

मिति २०७९।०५।०६ गते १२:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा स्थित देउती बज्यै मन्दिर नजिक तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश ब्युरो, लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकका संयुक्त प्रहरी टोलीले ऐ. बस्ने बर्ष १९ को प्रतिक के.सी. आफ्नै घरमा बसिरहेको अबस्थामा शंका लागि चेक जाँच गर्दा निज सुत्ने कोठामा रहेको बाकसमा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको १ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

फरार प्रतिबादी पक्राउ ।
२०७९-०५-०६

 मिति २०७९।०५।०४ गते फरार रहेका जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका १३ भल्म बस्ने बर्ष २४ को अनन्त खत्रीलाई खोजतलास गर्ने क्रममा आज मिति २०७९।०५।०६ गते अ. १४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय  जाजरकोट बाट खटिगएका प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय आठबिसकोट रुकुम (पश्चिम) संग समन्वय गरी जिल्ला रुकुम (पश्चिम) आटबिसकोट नगरपालिका १३ भल्ममा आफन्त गोविन्द चन्दको घरमा लुकीछिपि रहेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई थप अनुसन्धान भईरहेको र जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका १३ भल्म बस्ने बर्ष २४ को रमेश मल्ल को खोजी कार्य भईरहेको 

एसिड प्रहार गरी घाईते बनाउने मानिस पक्राउ ।
२०७९-०४-३०

२०७९।०४।३० गते १९:३० बजेको समयमा जिल्ला सल्यान दार्मा गाउपालिका-३ चम्फुटाकुरा बस्ने दिलबिर रावतको छोरा बेचे रावतले माधक पदार्थ सेवनगरी लेनदेनको विषयलाई लिएर एभरेष्ट लिसा कम्पनीले खोटो संकलन गर्न भनी निजको घरमा राख्न दिएको एसिड ल्याई आफ्नै पसलमा बसीरहेको निजको भाई भिम बहादुर रावत,निजकी श्रीमती दिपा रावतलाई एसिड छ्याप्ने क्रममा सोही पसलको ढोकामा उभिएको गेदे रावतको छोरा वर्ष ३२ को भिम बहादुर रावतको शरीरमा समेत पर्न गई घाईते भएको भनी २१:०० बजे टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय दार्मा,सल्यानमा जानकारी गराए पश्चात उक्त स्थानमा प्रहरी टोली खटिई गई निज एसिड छ्याप्ने बेचे रावतलाई नियण्त्रणमा लिई निजको घरमा राखेको अन्दाजी २०।२२ लिटर एसिड समेत बरामद गरेको र घाईतेहरुलाई उपचारको लागी सु.प.०१०१००१ च.३२५८ नं.को जिप मार्फत श्रीनगर सल्यानतर्फ पठाएको । तिनै जनाको अनुहार लगायत शरीरको विभिन्न भागमा पोलिएको अवस्था सिरियस थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय थारमारे सल्यानबाट Soco सहित प्रहरी टोली खटिई गएको ।

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु ।
२०७९-०४-२९

मिति २०७९।०४।२९ गते अं.०८:०० बजेको समयमा जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका ५ गेरवानी राम बहादुर चन्द र कबि वली आफ्नो घर देखि ३००/४०० मिटर पुर्ब तर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरिया (जङ्गलमा) घाँस काटन गएकोमा अबेर सम्म नफर्किएको भनी आफन्तहरुले १६:२० बजेको समयमा यस अस्थाई प्रहरी पोष्ट बबईमा खबर गरे पश्चात तत्काल प्रहरी टोली , बर्दिया राष्ट्रिय निकुञ्ज देब दत्त गण चिसापानी सुरक्षा चेक प्वाईन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना,बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानिय मानिसहरुले खोजतलास गर्दै जाँदा दुबै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अबस्थामा फेला पारेको निज राम बहादुर चन्दको पेटको भागमा खाएको र कबि वलीको घाँटिको भाग खाएको उक्त स्थानमा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी टोली खटिएको ।

लागूऔषध सहित मानिष पक्राउ ।
२०७९-०४-२८

मिति २०७९।०४।२७ गते अं.१३:०० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडा स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखा सुर्खेत, जिल्ला प्रही कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष ३१ को भिम बहादुर रोकायलाई चेकजाँच गर्दा निजको साथमा लुकाई छिपाई राखेको १ पुरिया,ऐ. ९ बस्ने बर्ष १८ की मनिषा घिमिरेको घर एरीयाबाट ६ पुरिया र ऐ.ऐ. बस्ने बर्ष २५ की जीबनकली थापा घिमिरेलाई लागूऔषध सहित पक्राउ गरी निजहरूको साथबाट  नाप तौल गर्दा शुद्ध ३८० (तीन सय असि) मिलिग्राम लागूऔषध  सहित नियन्त्रणमा लिई अवश्यक अनुसन्धान भई रहेको ।

जंगली च्याउ खाँदा गम्भिर घाईते भएको ।
२०७९-०४-२१

मिति २०७९।०४।२० गते अं.१८:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका -०४ साईलाकम्द बस्ने दिर्घ बस्नेतको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ४ जना विरामी भई उपचारको लगि  मिती २०७९।०४।२१ गते अ.०६:०० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भईरहेको श्रीमती वर्ष ४० की मिना बस्नेत, निजकी छोरी पबित्रा बस्नेत, ऐ.ऐ.बस्ने केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेत अवस्था सामान्य रहेको  र केशर बस्नेतकै छोरी वर्ष अ. ४ की जोशना बस्नेत अवस्था गम्भिर रहेको ।मिति २०७९।०४।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -०९ जैतपानी बस्ने भुप बहादुर वलीको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ५ जना विरामी भई उपचारको लागि ऐ. २१:१५ बजेको समयमा जिल्ला अस्पताल सल्यान ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २१: ३० बजेको समयमा प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको अवस्था सुधार भईरहेको ।  

कुटपिट गरी घाईते ।
२०७९-०४-२१

मिति २०७९।०४।२०गते अं.१९:४५ बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका -०७ पटाङगिनि स्थित स्थानिय हरुले लाखे नाच नाच्दै दुल्लु बजार तर्फ जाने क्रममा ऐ बस्ने बर्ष २० को रोसन भण्डारी, सागर भण्डारी बर्ष र धुर्ब सार्की लगायतका ब्यक्ती हरुले बिद्युत प्राधिकणका कर्मचारीहरु संग मोटरसाईकल रोकी पैसा माग्दा रु २० रुपैया दिएकोमा रु १०० रुपैया दिनु पर्छ भनि लाखे नाच समुहका ब्यक्ती हरुले बिद्युतका कर्मचारीलाई  कुटपिट गरी घाईते बनाएको घाईतेहरुको स्थानीय मेडीकलमा उपचार भईरहेको । कुटपिटमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको । 

मृतलाश फेला ।
२०७९-०४-२१

मिति २०७९।०४।२० गते अं.१६:०० बजेको समयमा जिल्ला रुकुम पुर्ब सिस्ने गाउपालिका -०३ बस्ने बर्ष ५५ को जोखे कामी पानी घट्टको चक्की बेच्नको लागि जिल्ला रुकुम पश्चिम बाफिकोट तर्फ आई उक्त चक्की बेची घर तर्फ जाने क्रममा बाफिकोट गाउपालिका वडा नं.१ खेतखोला भन्ने स्थानमा पुर्बि रुकुम जाने कच्ची सडकको कुनामा मृत अवस्थामा रहेको भनि बाफिकोट गाउपालिका वडा नं.१ का वडा अध्यक्ष धन बहादुर खड्काले देखि टेलिफोन मार्फत यस चौकीमा जानकारी गराए पश्चात प्रहरी टोली घट्नास्थल सुरक्षार्थ खटी गएको । साथै जिल्ला प्रहरी कार्याय रुकुम पश्चिमबाट थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजिव श्रेष्ठको कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गएको ।