प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबि मृत्यु भएको ।

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

डोल्पा, जिल्ला पर्बत कुस्मा नगरपालिका-१० स्थायी घर भई हाल ठुलिभेरी नगरपालिका- ७ जुफाल बजारमा होटेल ब्यवसायी गरी बस्ने बर्ष ४५ को कृष्ण बहादुर जि.सी. को छोरा वर्ष ५ को किशोर जि.सी. घर देखी ५० मिटर  पुर्व तर्फ खेल्ने क्रममा बजारको ढल निकास भई पानि जम्मा भएको खाल्टोमा डुबी मृत्यु भएको भनि निजकै आफन्तले प्रहरीलाई जानकारी गराए पश्चात उक्त स्थानमा ८ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट SOCO अधिकृत सहितको टोलि खटिएको, घटना स्थल कार्य पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल डोल्पाको लास घरमा राखिएको ।  

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।