प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जाजरकोटमा भिरबाट लडी मृत्यु ।

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

जाजरकोट, जिल्ला  जाजरकोट नलगाड नगरपालिका-१ पाली बस्ने बर्ष अन्दाजी ६४/६५ को भद्र कामी मिति २०७९/११/०६ गते घोडा खच्चरमा सामान लिई नलगाड नगरपालिका-१जुरेली तर्फ जाँदै गर्दा ऐ.स्थित भिरबाट लडी मृत्यु भएको छ भनि निजको सालो नाता पर्ने अविलाल चनाराले यस  ईलाका प्रहरी कार्यालय दल्लीमा टेलिफोनमार्फत खबर गरे पश्चात यस कार्यालयबाट  प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टको कमाण्डमा ५ जनाको टोली खटिएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।