प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याकटर बाट खस्दा ट्याकटरले किचेर एकजनाको मृत्यु ।

२०७९-१०-२८

  • A
  • A-
  • A+
Share

जाजरकोट, जिल्ला जाजरकोट कुशे गाउपालिका-५ चैँक भन्ने स्थानमा जाजरकोट सदरमुकाम खलंगाबाट कुशे गाउपालिका-५ दम्दला तर्फ जाँदै गरेको चालक सोही ठाउँ बस्ने बर्ष अन्दाजी ३१ को जित बहादुर नेपालीले चलाएको भे.२त.३०९ न.को ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बर्ष अन्दाजी ६० को खड्क थापा (प्यारालाईसिसको बिरामी) चालक सँगैको सिटमा बसिरहेको अवस्थामा एक्कासी खस्न गई सोही ट्याक्टरको ट्रालीको बाँया तर्फको टायरले च्यापिएर मृत्यु भएको, ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान गरी रहेको छ ।  

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।