प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक घाईते ।

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

सल्यान मिति २०८०।०२।०१ गते ।

जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ अम्रा स्थित छिन्चु जाजरकोट सडकखण्डमा नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको चालक जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ८ मार्के बस्ने वर्ष ३४ को खेमराज बुढाले चलाई ल्याएको भे.१ ख.३९१९ नं.को मालबाहक ट्रक र विपरित दिशाबाट आउँदै गरेको चालक ऐ.ऐ.बालुवासंग्रही बस्ने हरिराम शाहीको छोरा वर्ष २१ को सौरब शाहीले चलाई ल्याएको भे.१२ प.१९२ नं.को मोटरसाईकल एकआपसमा ठोक्किन जाँदा मोटरसाईकल चालक सौरब शाहीको अनुहार, हात र खुट्टामा चोट लागि घाईते  भई उपचारको लागि एम्बुलेन्सद्धारा नेपालगञ्जतर्फ पठाएको अवस्था सिरियस साथमा निजको बुवा हरिराम शाही रहेको ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा ट्रक र ट्रक चालकको कागजपत्र भएको दुबै ट्रक चालक प्रहरीको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।