प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१५ ग्राम ९ मिलि ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ ।

२०७९-१०-२४

  • A
  • A-
  • A+
Share

कर्णाली प्रदेश प्रहरी व्युरो, लागूऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले १५ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

मिति २०७९।१०।२४ गते जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ पाथिभरा मन्दिर नजिकबाट उक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बस्ने वर्ष २४ को प्रितम शाही ऐ. वडा नं. ४ बस्ने वर्ष १९ अविषेक बस्नेत, वर्ष २० को रोहन धौलाकोटी र वर्ष २६ को दिपेश थापा मगरहरुको साथबाट र प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर नगद रु. २१९४०।– (एक्काईस हजार नौ सय चालिस) फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।