प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउनसुगर सहित मानिस पक्राउ ।

२०७९-०९-३०

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।३० गते अं. १९:३० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. २ बस्ने कृष्ण कुमार श्रेष्ठको छोरा बर्ष अं.२५ को बिबेक श्रेष्ठ ऐ.ऐ. २ जोगदेउ खोला राप्ती राजमार्गमा हिडिरहेको अबस्थामा यस कार्यालयबाट सूचना संकलनको लागि खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा निजको साथ बाट खैरो रङको धुलो पदार्थ ब्राउन सुगर जस्तो देखीने लागु औषध ६ पुरिया फेला पारी निज लाई पक्राउ आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।