प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ सम्बन्धी ।

२०७९-११-१९

  • A
  • A-
  • A+
Share

सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतको ज्यान मार्ने उद्योग मुद्धामा ५ महिना १४ दिन कैद १०,०००/- ( दश हजार मात्र ) जरिवाना तोकिएको जिल्ला दैलेख आठबिसकोट नगरपालिका वडा नं. ८ बस्ने बर्ष २८ को सुदिप शाही फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेत बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले राकम दैलेख बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई राखेको र सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा पेश गर्ने कार्य भई रहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।