प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुनैपनि बिल नभएको अवैध सामान बरामद ।

२०८०-०१-१३

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको बा ४ ख ४५८२ नं.को हाईस र भे १ ज ९९० नं.को फोर्स गाडी लाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको निम्न सामानहरु बरामद गरी ईलाका  प्रहरी कार्यालय छिन्चु मा ल्याई राखिएको, गाडी गन्तव्य तर्फ पठाईएको,

बरामद गरेका निम्न सामानहरु :-

१) कुर्ता सुरुवाल- ४९ जोर अं.मुल्य रु - ७३,५००

२) तन्ना ९ पिस अं. मुल्य रु -१०,८००

३)चिनी २७५ के.जी. अं. मुल्य रु- २७,५००

४) सुपर पावर सुर्ती -२४५ पोका अं. मुल्य रु- ६६,१५० जम्मा रु -१,७७,९५० ( एक लाख सतहत्तर हजार नौ सय पचास ) उक्त बरामद भएको २४५ पोका सुपर पावर सुर्ती प्रहरीको जिम्मा लगाई राजश्व कार्यालय सुर्खेत तर्फ पठाईएको र अन्य सामानहरुलाई भन्सार कार्यालय बाँके तर्फ पठाउने पहल भईरहेको

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।