प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिजुलीको करेन्ट लागि मृत्यु ।

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२५ गते अ.२३०० बजेको समयमा रा.१ख.२६४३ न.को बस रुकुम पश्चिम  खलंगा देखि नदुवा आउदै गरेको अबस्थामा रुकुम बाफिकोट गाँउपालिका ७ नदुवा स्थित बसको छतबाट समान झार्ने क्रममा बसको सह चालक बाफिकोट गाँउपालिका वडा नं. ३ बस्ने बर्ष अ.२०।२१ को केसव बि.क.लाई बिजुलीको तारमा  करेन्ट लाग्नगई बसको छतबाट खसी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि  जिल्ला अस्पताल सल्ले ल्याई उपचारको क्रममा मिति२०७९।०९।२६ गते बिहान ०२:२५ बजे मृत्यु भएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।