प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिजुलीको तार सर्ट भई उप -मेयरको कार्यकक्षमा आगलागी ।

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२५ गते अं. ०३:३० बजेको समयमा  बीरेन्द्रनगर नगरपालिका ७ स्थित नगरपालिको भवनको दोस्रो तलामा रहेको उप -मेयरको कार्यकक्षमा बिजुलिको तार सर्ट हुन गइ आगलागि हुँदा उक्त कोठामा रहेका काठाको टेबल थान २,कुर्सी थान ३,घुम्ने कुर्सी थान २ प्लाष्टिको कुर्सी थान ४, आइरन थान १, कार्पेट, झ्यालको पर्दा, ढोका, कागजपत्र लगायत अन्य सामानहरु जली अ.३ लाख बराबरको क्षती भएको उक्त स्थानमा यस कार्यालयबाट प्रहरी टोलि खटी गई सोही कार्यालयका कर्मचारी र दमकलको सहायताले आगो ऐ.०४:०० बजे पुर्णरुपमा नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।