प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-११-०१

  • A
  • A-
  • A+
Share

सल्यान,

जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-१ खहरे बस्ने लागु औषध मुद्दाको लगत न. २८८ मिति २०६८।१२।०५ गते जिल्ला अदालत सल्यानको १ बर्ष ४ महिना ८ दिन फैसला भएको फरार प्रतिबादी हस्ते बुढा को छोरा बर्ष ६८ को शेर बहादुर बुढालाई निजको घरबाट ईलाका प्रहरी कार्यालय देवस्थल  सल्यानबाट खटिएको प्रहरी टोली ले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानमा ल्याई राखिएको, सम्मानित अदालतमा पठाउने कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।