प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी भएको सवन्धमा ।

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

जिल्ला हुम्ला खार्पुनाथ गाउपालिका वडा नं. ५ डाँडाबाडा स्थित होइजन शाहीको घर नजिकै रहेको एक तले गोठमा एक्कासी आगोलागि हुदाँ उक्त गोठमा रहेको पराल र काठ समेत जलेर क्षती भएको भनि टेलिफोन मार्फत जानकारी भई उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट याङ्चु बजार, हुम्लाबाट ५ जनाको प्रहरी टोली खटि स्थानिय र प्रहरी को सहयोगमा आगो नियन्त्रणमा लिएको मानबिय तथा चौपाय क्षति नभएको र  काठ र पराल गरी अन्दाजि मुल्य रु १.००,०००/- ( रु एक लाख)  बराबरको क्षति भएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-२१

   सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्नराजमार्गमा अस्थायी प्रहरी पोष्ट बबई र लागूऔषध ब्यूरो कर्णाली प्रदेशबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख ४११४ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ वस्ने वर्ष २२ को मदन वादी लाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट लुकाइ छिपाइ राखेको नाप तौल नगरेको लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया फेला पारी नियन्त्रण लिई  थप अनुसन्धान भईरहेको ।