प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

डोल्पा, सम्मानित मनाङ जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्वाको १० बर्ष कैद र रु ३,५०,००० (तिन लाख पचास हजार) रुपैयाँ जरीवाना तोकीएको फरार प्रतिवादी प्रेम छिरीङ गुरुङ भन्ने (पेम्बा बुढा)लाई अस्थायी प्रहरी पोष्ट कागकोटबाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला डोल्पा छार्का ताङसोङ गाउँपालिका-४ कागकोट स्थित निजकै घर वतनबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोल्पामा ल्याई हिरासतमा राखिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।