प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुम्लामा बासोले टाउकोमा हानेर घाइते ,पिडक प्रहरीको नियन्त्रणमा ।

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

जुम्ला, जिल्ला जुम्ला पातारासि गाउपालिका-३ छुम बस्ने बर्ष ५७ को हस्तेबिर बोहरालाई सोही ठाउ बस्ने बर्ष २०/२२ को संकरे बोहराले बासो ले टाउकोमा हानेर घाइते बनाएको भन्ने खबर अस्थायी प्रहरी पोस्ट तल्फीमा खबर हुनासाथ त्यसतर्फ प्रहरी हवल्दारको  कमान्डमा ३ जनाको प्रहरी टोलि खटी गई निज संकरे बोहरालाई  नियन्त्रणमा लिईएको र घाइतेलाई स्वास्थ चौकी छुम मा उपचार पश्चात् थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्लामा पठाइएको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-१५

  सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि  आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।