प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डबल क्याप हाईलेक्स गाडी दुर्घटना ४ जनाको उपचारको क्रममा मृत्यु ।

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०८ गते अं.०२:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वदा नं. ११ झुप्राखोला स्थित रत्न राजमार्गमा छिन्चु देखी सुर्खेत तर्फ आउँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को सुजुकी कम्पनीको डबल क्याप हाईलेक्स गाडी आफै अनियन्त्रित भई सडक देखी अं.७०/८० मिटर तल खस्न जाँदा उक्त गाडीमा सवार चालक सहित ५जना ब्यक्तिहरु घाईते भई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा ४ जनाको मृत्यु  भएको ।

मृत्युहुनेहरु  

1=  चालक जि.सुर्खेत वी.न.पा. ७ बस्ने बर्ष २७ को सागर शाही को शरीरको बिभिन्न भागमा भित्री चोट अबस्था सिरियस कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा  ऐ.०४:०० बजे मृत्यु भएको ।

2=  जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३१ को बबिन शाहीको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भऐको ।

3=  जिल्ल दैलेख डुङगेश्वर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भऐको ।

4= जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को राजेन्द्र बि.सी.को टाउको, शरीरको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भएको ।

घाईते:-

1= जिल्ला दैलेख भैरवी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २५/२६ को बिरेन्द्र राज शाही को छाति र बाँया हातमा चोट अबस्था मध्यम कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।