प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरको बार्दलिबाट लडि मृत्यु ।

२०८०-०२-२५

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालिका-१३ बखरिया बस्ने भिम बहादुर बुढाथोकीको छोरी बर्ष १६ की कमला बुढाथोकी जिल्ला सल्यान बागचौर नगरपालिका-५ फुरफुरे स्थित आफ्नै दाजु भाउजु भेट्न भनि घरमा आएको अवस्थामा घरको माथिल्लो तलाको बार्दलीमा उभिएर फोन गर्ने क्रममा लडी तल खस्न गई सिरियस घाईते भई स्थानिय बागचौर मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी आज २०८०/०२/२५ गते अं.०४:२० बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा लगिएको र उपचारको क्रममा ऐ.०४:५० बजे मृत्यु भएको,लाश उक्त अस्पतालको शव गृहमा राखिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।