प्रहरी कार्यालय
सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा.१ च.१०२५ नं.को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष अन्दाजी ३५ को नारायण योगी सिरियस घाईते भएको, उक्त स्थानमा प्रहरी चौकी सल्यानबाट ८ जनाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय लुहामबाट ८ जनाको प्रहरी टोली खटिई गएको । मृतकहरुको नामावलीः-१)चालक जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका-१८ बस्ने बर्ष अन्दाजी २५।२६ को भक्त बहादुर घर्ती ।२) साहु ऐ.ऐ. बस्ने बर्ष अं.५१ को गणेश बुढा ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबई बाट खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको बा. ५ ख. ३६३५ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको २ क्वीन्टल चामल र गाडि धुने स्प्रे १४० पिस , अन्दाजी मुल्य रू ५३,८६०/- ( त्रिपन्न हजार आठ सय साठि ) बराबरको सामान बरामद गरी उक्त पोष्टमा ल्याई राखिएको गाडिलाई गन्तव्य स्थानतर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सानो ब्युरेनी स्थित नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख. ००६३ न. को फोर्स गाडिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा कुनै पनि बिल नभएको २ क्विन्टल २५ के.जि.चामल र १ क्विन्टल ५० के.जि. चिनि (अन्दाजी मुल्य रु ४१,५००/-) बराबरको सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखीएको गाडिलाई गनतव्य स्थान तर्फ छाडिएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने बर्ष ३६ को झगेन्द्र भण्डारीको घरमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको ११ जनाको प्रहरी टोलीले सम्बन्धीत व्यक्तिको घरमा पुगी खानतलासी गर्दा निजले आफ्नै घरको माथिल्लो तलाको पुर्व पट्टिको कोठामा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक, पुरानो नाल थान १, नाल बनाउन प्रयोग हुने पाईप थान १, सट्गनको कार्टिज ५ राउण्ड, मध्ये २ वटा प्रयोग गरेको ,३ राउण्ड प्रयोग नगरेको, बारुद बनाउन प्रयोग हुने गन्धक अन्दाजी १ मुठि, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोलि जस्तो बनाएको फलामको टुक्रा १५ वटा क्यापमा प्रयोग हुने पट्का २० रोल र बारुद २ डिब्बा मध्ये (१ डिब्बाको आधा डिब्बा प्रयोग गरेको र अर्को डिब्वा मध्ये ४ भागको १ भाग बाँकी रहेको) बारुद रित पुर्बक बरामद गरी निज झगेन्द्र भण्डारी लाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० टोलीखोला स्थित तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको ७ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको बा. ४ ख. ६४२६ नं. को फोर्सगाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको चामल २ क्विन्टल, चिनी ५ क्विन्टल, ललिपप २० पाकेट, महेश दालमोठ ५९ पाकेट (अन्दाजी मुल्य रु. ७०,०००/-) को सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडिलाई गनतव्य स्थान तर्फ छाडिएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नं.५ बस्ने सवारी ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजी बर्ष ३३ को देवराज शाही र जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ९ बस्ने बर्ष अन्दाजी ३५ को टेकेन्द्र परियार मुसिकोट नगरपालिका वडा नं. १ खलंगा बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद, सजाय र जरिवाना अशुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा कारागार कार्यालय रुकुम पश्चिममा चलान गरेको ।
दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।