प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८३
अविरल वर्षाको कारण डोल्पा जिल्लामा १ जना घाईते र १ जनाको मृत्यु
२०८३-०३-२१

डोल्पा,मिति २०८३।०३।२१ गते ०३:०० बजेको समयमा अविरल बर्षादको कारण जिल्ला डोल्पा जगदुल्ला गाउँपालीका ५ गैरीगाउँ स्थित धुलाखोलामा हिलोमाटो सहितको बाढी आएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी माझगाउ डोल्पाबाट प्र.स.नि. रघुनाथ पाण्डेको कमाण्डमा ५ जनाको टोली खटिगई स्थानिय र प्रहरीको सहयोगमा उक्त स्थान बस्ने लाक्षिमाने बि.क.को छोरी बर्ष अन्दाजी ५५/५६ कि आनन्दा बि.क. (अविवाहित, बोल्न नसक्ने) सुतिरहेको अबस्थामा पुरिएको र निज आनन्दी बि.क.लाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी तर्फ लैजाने क्रममा मृत्यु भएको । र उक्त घटना स्थलमा जि.प्र.का. डोल्पाबाट प्र.नि. पदम रावलको कमाण्डमा SOCO सहित ५ जनाको टोली, इ.प्र.का. काईगाउ डोल्पाबाट प्र.ना.नि. मन ब. थापाको कमाण्डमा ७ जना र अ.प्र.पो. हुरिकोट डोल्पाबाट प्र.ब.ह. नवराज खड्काको कमाण्डमा ३ जनाको टोली, सशस्त्र प्रहरी वल नेपाल नं. ४६ गुल्म हे.क्वा दुनै डोल्पाबाट स.प्र.नि. धिरेन्द्र ब. बडुवालको कमाण्डमा १० जनाको DM सहितको टोली, नेपाली सेनाको तैजुम पोष्ट जगदुल्ला १ बाट जमदार दिपेन्द्र कटुवालको कमाण्डमा ९ जनाको टोली खटिएको । १ घर पुर्ण क्षति भएको र ९ वटा घर आंशिक क्षति भएको ।                                                     क्षतिको विवरण:-१)    आनन्दा बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ६ जना मृत्यु १ जना र अन्य सबै सम्पर्कमा रहेको ।२)    ढोली कामीको घर आंशिक क्षति भएको, परिवार संख्या २ जना घाईते १ जना अन्य सम्पर्कमा रहेको ।३)    नविन बि.क.को घर पुर्ण क्षति भएको, परिवार संख्या ४ जना घाईते कोही नभएको, सबै सम्पर्कमा रहेको ।४)    सेतु बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ७ जना घाईते कोही नभएको, सबै सम्पर्कमा रहेको ।५)    राजेन्द्र बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ५ जना घाईते कोही नभएको, सबै सम्पर्कमा रहेको ।६)    मिनराज बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ४ जना घाईते कोही नभएको, सबै सम्पर्कमा रहेको ।७)    नैन सिंह बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ३ जना घाईते कोही नभएको, सबै सम्पर्कमा रहेको ।८)    रातो बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ६ जना घाईते कोही नभएको, सबै सम्पर्कमा रहेको ।९)    रेउली बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ५ जना,  अन्य सबै सम्पर्कमा रहेको । १०)                      संगिता बुढाको घर आंशिक क्षति भएको, परिवार संख्या ३ जना घाईते नभएको, सबै सम्पर्कमा रहेको ।