प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेबारिसे लास फेला परे समबन्धी ।

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

हुम्ला, जिल्ला हुम्ला सर्केगार्ड गाउँपालिका-२ उनापानी स्थित कर्णाली नदिको किनारमा नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत शब फेला परेको भनि ऐ. खार्पुनाथ गाउँपालिका-४ नल्ला बस्ने बर्ष अ. २८ को सुरेन्द्र शाहीले टेलिफोन मार्फत जानकारी गराए पश्चात यस चौकी बाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा ५ जनाको टोली घटनास्थल तर्फ खटि गएको , थप अनुसन्धान जारी भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।