प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिला मृत अवस्थामा फेला परेको ।

२०८०-०४-२२

  • A
  • A-
  • A+
Share

मिति २०८०।०४।२२ गते १३:४० बजे जिल्ला कालिकोट खाडाचक्र नगरपालिका २ सुनार खोला बस्ने बर्ष अं.८१ की लाईशोभा जैसी ऐ.स्थित नैनामाण्डु कालमोड भन्ने स्थानमा गोरेटोबाटोबाट अं.२०० मिटर तल भिरमा अड्किएको अबस्थामा रहेको भनी ऐ.बस्ने बसन्त शाहीले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा (SOCO) सहित ५ जनाको टोली खटि गएको हेर्दा निज मृत अवस्थामा रहेको र मृतक महिला छोरी जवाई संग बस्दै आएको, छोराहरु नभएको । 

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।