प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिप दुर्घटना सम्बन्धी।

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

मिति २०८०।०२।११ गते अं.०७:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम बाँफिकोट गा.पा.वडा नं.८ दुली दुधार स्थित भित्री सडक खण्डमा दुलीबाट खलङ्गा तर्फ आउदै गरेको लु १ ज १७४७ नं.को मान्छे बोक्ने जिप अनियन्त्रित भई बाटो देखि अन्दाजी ४००/५०० मिटर तल खसी जिप दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली घट्नास्थलमा पुगि उद्दार गरि जिल्ला अस्पताल सल्लेमा पठाएकोमा अस्पतालले ५ जनाको मृत्यू घोषणा, ६ जना थप उपचारको लागी कोहलपुर शिक्षण अस्पतालमा पठाईएको , २ जना  जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको र २ जना जिल्ला अस्पताल सल्लेबाट डिस्चार्ज गरिएको ।

 

जिल्ला अस्पताल सल्ले चेक जाच गर्दा १३:५० बजे मृत्यु घोषण गरेको विवरण :

(१)   जिल्ला रुकुम पश्चि सानीभेरी गा.पा.५ बस्ने बर्ष ७० को कर्ण बाठा मगर ।

(२)   ऐ.सानिभेरी ५ बस्ने बर्ष ४८ को देउचन खत्री ।

(३)   ऐ.ऐ.बाँफिकोट गा.पा.८ बस्ने बर्ष २२ की रेखा खनाल  के.सी. ।

(४)   ऐ.ऐ. बस्ने बर्ष २२ की रेखा खनाल के.सी.को २२ दिने बच्चा रोशन के.सी.।

(५)   ऐ.सानिभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारी ।

कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचाररत घाईतेहरुको विवरण:-

१)              जिल्ला रुकुम पश्चिम सानीभेरी  ५ बस्ने बर्ष २३ को सितला कुसारीको छोरा बर्ष २ को प्रशिद्ध कुसारी ।

२)              ऐ.ऐ.बस्ने बर्ष २० की अनिता के.सि.।

३)              ऐ.ऐ.बस्ने बर्ष २२ को ललित बाठा मगर ।

४)              ऐ.ऐ. बस्ने  बर्ष ४० को प्रेम बाठा मगर ।

जिल्ला अस्पताल सल्ले बाट कोहलपुर शिक्षण अस्पताल बाँकेमा रिफर गरिएको घाइतेहरुको विवरण:-

१.               १.                 ऐ.ऐ.बर्ष १७ की रिता खत्री ।

२.                ऐ. सानिभेरी गा.पा.५ बस्ने ३५ को दिपक बाठा मगर खुट्टा  ।

जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईतेको विवरण:-

१)              ऐ.ऐ.बस्ने बर्ष १७ की मनिषा बस्नेत ।

२)              ऐ.ऐ.बस्ने बर्ष २१ की कल्पना के.सि ।

जिल्ला अस्पताल सल्लेमा उपचार पश्चात डिस्चार्ज गरिएको विवरण :-

१)                ऐ.ऐ.सानीभेरी गा.पा.५ बस्ने बर्ष ४६ को कर्णबिर पुन ।

२)               ऐ.ऐ.बस्ने बर्ष  ४६ को गम्भिर कुसारी ।

सम्बन्धित समाचार
श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतिको मृत्यु ।
२०८०-०८-२०

सल्यान, जिल्ला सल्यान सिद्द कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने बर्ष अन्दाजी ४० की सितला सार्कीलाई निजको श्रीमान बर्ष ४५ को डम्मर सार्कीले धारिलो हतियार बन्चरोले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनि स्थानियले प्रहरी चौकी ढोरचौर सल्यानमा खबर भए पश्चात उक्त प्रहरि चौकिबा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिई गएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट SOCO सहित ८ जनाको टोली खटिएको, मृतकको पति डम्मर सार्कीलाई अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०८-२०

सुर्खेत,जिल्ला सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१२ पदमपुर स्थित तालुक कर्णालि प्रदेश प्रहरी लागूऔषध ब्युरोबाट  खटिएको ५ जनाको प्रहरी टोलिले ऐ.बस्ने बर्ष २५ को ललित खत्रिको घरमा शंका लागी चेक जाँच गर्दा निज सुत्ने कोठाको खाट मुनि लुकाई छिपाई राखेको ४ पुरिया र सँगै रहेको ऐ.बस्ने बर्ष ३२ को बिकाश खड्काको साथबाट १ पुरिया गरी जम्मा ५ पुरिया (नापतौल गर्दा शुद्ध ७ ग्राम ६८० मिलिग्राम) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी माथि उल्लेखित २ जना ब्यक्ती सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको  बरामद ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०८-२०

जुम्ला,जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बिजयनगर स्थित नेपाल टेलिकमको कार्यालय पछाडी ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २८ को शिशिर महतले लागुऔषध सेवन गरी हो-हल्ला गरीरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालु जुम्लाबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलिले निज महतको घ रवतनमा गई निजको शरीर र घरमा रितपुर्वक खानतलासी गर्दा निजले धुने भनि राखेको खैरो रङको सटको बाँया तर्फको खल्ती ( गोजी ) मा लागु औषध (ब्राउन सुगर र गाँजा) जस्तो पदार्थ लुकाई छिपाई राखेको अबस्थामा १ पुडिया बरामद गरी मानिस सहित जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।