प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद ।

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको जनाको प्रहरी टोलीले नेपालगञ्ज देखि सुर्खेत तर्फ जादै गरेको भे.१ ख.३०४४ न.को फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको निम्न सामानहरु फेला पारी  बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडी लाई गन्तव्य स्थान तर्फ छाडिएको

 निम्न सामानहरू:-

१) चिनि अन्दाजी १ क्विन्टल २० के.जी,

२) कोटपाईन्ट कपडा ९ पिस,

३) कुर्ता सुरुवाल सेट १० पिस, कुर्ता २० पिस

४) जाली वाला प्लाष्टिक बाटा २४ पिस । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।