प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकै दिन ७ जना फरार अभियुक्तहरु पक्राउ ।

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटीएको प्रहरी टोलीले सवारी ज्यान,सम्बन्धबिछेद्द, नाता कायम,जबरजस्ती करणीको होस्टाईल मुद्धामा दोषी प्रमाणित भई फरार फरार रहेका  समेत ४ जनालाई पक्राउ गरीएको ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरी टोलीले गालि वेईज्यती र सार्वजनिक अपराधमा दोषी ठहरी फरार रहेका २ जना लाई पक्राउ गरीएको ।

जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटीएको प्रहरी टोलीले कृर्ते मुद्दामा दोषी ठहरी फरार रहेको १ जना लाई पक्राउ गरीएको ।  

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०२-१६

सुर्खेत, मिति २०८१।०२।१५ गते अन्दाजि २१:१० बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-४ खोर्के सडक खण्ड स्थित लागुऔषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष २४ को छोटे भन्ने छबिलाल गिरी लाई चेकजाँच गर्ने क्रममा निजको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल भएको) शुद्ध २१० मिलि ग्राम सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-०२-१३

मिति २०८१।०२।११ गते सल्यान जिल्ला अदालतको मिति २०६७।१२।१८ गतेको फैसला बमोजिम लगत नं. १९९ को दिपक बहादुर चलाउनेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पोखर सिं बलाल भन्ने पोकसर बपाल समेत भएको कुटपिट लुटपिट मुद्दामा रू. २००।– (दुई सय) जरिवाना तोकिएको अभियुक्त जिल्ला सल्यान साविक लक्ष्मीपुर गाउँ बिकाश समिति वडा नं. ५ हाल ऐ. जिल्लाको कालिमाटी गाउँ पालिका वडा नं. १ लक्ष्मीपुर बस्ने बर्ष ४९ को पोखर सिं बलाल भन्ने पोकसर बपाललाई  जिल्ला प्रहरी कार्यालय, सल्यानबाट खटिएको प्रहरी टोलिले निजको घर वतन बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सल्यानमा ल्याई सम्मानित सल्यान जिल्ला अदालतमा बुझाइएको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०२-०१

सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।