प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुनै पनि बिल नभएको अवैध कपडा बरामद ।

२०७९-११-१८

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई प्रहरी चेक पोष्ट स्थित यस पोष्टमा खटिएको प्रहरी टोलीले दाङ देखि सुर्खेत तर्फ आउदै गरेको ना ६ ख ६२४२ नं. को ट्रक लाई लाई चेक जाँच गर्दा उक्त ट्रकमा कुनै पनि बिल नभएको कुर्ती प्लाजा ६० पिस र कुर्ता २४० पिस कपडा बरामद गरी ट्रक गन्तब्य तर्फ पठाएको र उक्त  बरामद कपडा प्रहरी टोलीको जिम्मा लगाई भन्सार कार्यालय बाँके पठाईएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।