प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी पक्राउ ।

२०७९-१२-१९

  • A
  • A-
  • A+
Share

सल्यान, सम्मानित जिल्ला अदालत सल्यान बाट मिति २०६५।०५।२० गते फैसला कार्यान्वयन भई ५ बर्ष कैद सजाय तोकिएको ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी जिल्ला सल्यान कालिमाटि गाउँपालिका-१ लक्ष्मिपुर बस्ने बर्ष ६० को दिल बहादुर थापालाई घरमा लुकिछिपि बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ४ जनाको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा  ल्याई हिरासत कक्षमा राखीएको, भोली सम्मानित जिल्ला अदालतमा बुझाईने ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।