प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कालिकोटमा माछा मार्ने क्रममा ढुङ्गा बाट चिप्लिई मानिस बेपत्ता ।

२०७९-१२-११

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालीकोट महावै गाउँपालिका-६ गणेशकोट बस्ने सुर्य शाहीको छोरा बर्ष अन्दाजी १३ को जितेन्द्र शाही पान्तडी रातोढुङगा स्थित तिला कर्णाली नदिमा माछा मार्ने जालो तान्ने क्रममा ढुङगाबाट चिप्लन गई नदिमा बेपत्ता भएको भन्ने खबर टेलिफोन मार्फत अस्थायी प्रहरि पोष्ट पिली कालिकोटमा जानकारी प्राप्‍त हुना साथ  ३ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको खोजतलास कार्य जारी । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।