प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा लास फेला ।

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-६ स्थित भेरी नदीको किनारको ढुङ्गामा महिलाको मृतक लाश रहेको छ भनि स्थानियले टेलीफोनमार्फत प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी प्राप्त गराउन साथ उक्त स्थानमा यस चौकीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धानको लागि यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा  ५ जनाको प्रहरी टोलि खटि गई बुझ्दा उक्त लाश जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-४ बाहुने चौर बस्ने बर्ष ७२ की जैसरा भाट खत्री हो भनि मृतकको छोरा जीत ब. खत्रीले घटनास्थलमा गई सनाखत गरेको लिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।