प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुखुरा बोकेको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना ।

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

सुर्खेत,जिल्ला सुर्खेत बराहताल  गाउँपालिका-८ दमारे स्थित कर्णाली राजमार्गमा सुर्खेत बाट जुम्ला तर्फ बोईलर कुखुरा लिई जादै गरेको क.प्र. ०२००१ च ०६३१ नं. को बोलेरो जिप आफै अनियन्त्रित भई सडकको दाहिने साईटमा पल्टिन जाँदा उक्त जिपमा रहेको २६५ वटा ( २,,४ के.जी सम्मका ) बोईलर कुखुरा मध्ये अन्दाजी १६५ वटा कुखुरा मरेको र अन्दाजी १०० वटा कुखुरा जिबितै रहेको उक्त स्थानमा प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोलि खटि गएको जिप चालक ( बोईलर कुखुराको साहु ) जिल्ला जुम्ला चन्दनाथ नगरपालिका- ८ बस्ने बर्ष २४ को जगदिस महत ट्राफिकको सम्पर्कमा भएको मानविय क्षेती नभएको, कागजपत्र, भेटनरी कागजपत्र भएको उक्त जिपमा चालक, सहचालक रहेको जानकारी प्राप्त भएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।